विकिपिडिया
विकिपिडिया (अङ्ग्रेजी: Wikipedia) बहुभाषी वेबमा आधारित स्वतन्त्र र खुला ज्ञानकोश हो। विकिपिडिया शब्द विकि, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) ज्ञानकोष जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन्। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्ड्याम र सउलमा छन्। विकिमिडिया फाउन्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपिडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा जिम्मी वेल्स र लारी स्याङ्गरले यसको सुरुवात गरेका थिए। हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकाल देखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ इन्टरनेट सञ्जाल मध्ये यो पनि एक हो।[१]
![]() ![]() विकिपिडियाको प्रतीक | |
साइटको प्रकार | इन्टरनेट ज्ञानकोष |
---|---|
उपलब्ध भाषा | २९० सक्रिय संस्करण (जम्मा २९९) |
मालिक | विकिमिडिया फाउन्डेसन |
सर्जक | जिम्मी वेल्स, ल्यारी स्याङ्गर |
युआरएल | wikipedia.org |
अलेक्सा क्रम | ![]() |
व्यवसायिक | हैन |
दर्ता | अतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरूलाई सम्पादन गर्न मिल्ने |
प्रयोगकर्ताहरू | २,९४,१०३ सक्रिय योगदानकर्ता (अगस्ट २०२०),[२] ५१,९३९ जम्मा खाता |
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपिडियाले अहिलेसम्म आफ्नो पृष्ठमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। विना विज्ञापनका सामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपिडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी हुन्। विकिपिडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको सङ्ख्या अहिले दशौँ लाख पुगेको छ।
नेपालमा विकिपिडिया
नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा ३१,७६८ वटा साना-ठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन्। नेपाली विकिमा हालसम्ममा ५१,९३९ प्रयोगकर्ताहरू दर्ता भएका छन् जसमध्ये सक्रिय प्रयोगकर्ताहरू सरदर ११० जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपिडियामा ३ जना प्रबन्धकहरू विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पृष्ठहरू उपलब्ध छन्। जस्तै नेपाल भाषा, भोजपुरी भाषा, मैथली भाषा पाली भाषा, डोट्याली भाषा।
विकिपिडिया लगायत विभिन्न विकी परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडिया फाउन्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाली संस्करणको रूपमा विकिमिडिया नेपाल नामक संस्था स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाइएको छ। यसले नेपालमा बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ। यस संस्थाले कुनैपनि लेखमा नेपाल सम्बन्धि विवाद आइपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्नेछ।
- विकिपिडिया जेरो
यो विकिपिडिया फाउन्डेसन र मोबाइल सेवा प्रदायकबीच सम्झैता भै इन्टरनेट उपभोक्तालाई नि:शुल्क रूपमा विकिपिडिया पहुँच गर्न दिने परियोजना।
विकिपिडियाका शाखाहरू
विकिपिडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी विक्सनरी, खुला पुस्तक विकिपुस्तक, विकि विश्वविद्यालय, विकिसमाचार (खुला समाचार), विकि प्रजाति, कमन्स, कथन(उक्ति सङ्ग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकिपुस्तक मात्र सञ्चालनमा रहेका छन्।
सन्दर्भ सामग्री
- ↑ १.० १.१ "अलेक्सा क्रम", अन्तिम पहुँच अक्टोबर २०१७।
- ↑ "विकिपिडिया तथ्याङ्क", अन्तिम पहुँच अगष्ट २०१७।
यो पनि हेर्नुस्
बाह्य श्रोत
विकिमिडिया कमन्समा विकिपिडिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |