माइक्रोसफ्ट
माइक्रोसफ्ट निगम एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो जसले कम्प्युटर सफ्टवेयर, उपभोक्ता इलेक्ट्रोनिक्स, व्यक्तिगत कम्प्युटर, र सम्बन्धित सेवाहरू उत्पादन गर्दछ। यसको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको रेडमन्ड, वासिङ्टनमा अवस्थित छ। यसको सबैभन्दा प्रसिद्ध सफ्टवेयर उत्पादनहरू सञ्चालन प्रणालीको विन्डोज शृङ्खला, माइक्रोसफ्ट अफिस सुइट, र इन्टरनेट एक्सप्लोरर र एज वेब ब्राउजरहरू हुन्। यसको प्रमुख हार्डवेयर उत्पादनहरूमा एक्सबक्स भिडियो गेम कन्सोल र टचस्क्रिन व्यक्तिगत कम्प्युटरहरूको माइक्रोसफ्ट सर्फेस शृङ्खला हुन्। माइक्रोसफ्टले सन् २०२० को फर्च्युन ५०० मा संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो प्रविधि कम्पनी मध्ये कुल राजस्वको आधारमा २१औँ स्थान प्राप्त गरेको थियो।[२] यो सन् २०१९ सम्ममा आयको आधारमा विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनी थियो। यो गुगल, अमेजन, एप्पल र मेटासँगै सबैभन्दा ठूलो ५ अमेरिकी सूचना प्रविधि कम्पनीहरू मध्ये एक हो।
माइक्रोसफ्ट | |
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | US5949181045 |
उद्योग | सूचना प्रविधि |
स्थापित | अप्रिल ४, १९७५ |
स्थापनाकर्ताहरू | |
केन्द्रीय कार्यालय | रेडमन्ड, वासिङ्टन, अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू | |
ब्रान्डहरू | |
सेवाहरू | |
आम्दानी | अमेरिकी डलर१९८.३ अर्ब (सन् २०२२) |
परिचालन आय | युएस$८३.४ अर्ब (सन् २०२२) |
युएस$७२.७ अर्ब (सन् २०२२) | |
कुल सम्पत्ति | युएस$३६४.८ अर्ब (सन् २०२२) |
कुल इक्विटी | युएस$१६६.५ अर्ब (सन् २०२२) |
कर्मचारी सङ्ख्या | २,२१,००० (सन् २०२२) |
मूल सङ्गठन | none |
विभाग | |
सहायक कम्पनीहरू | |
वेबसाइट | microsoft.com |
पद टिप्पणी / स्रोतहरू वित्त ३० जुन २०२२ अनुसार[उद्यतन][१] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Microsoft Corporation Form 10-K", U.S. Securities and Exchange Commission, जुलाई २८, २०२२, पृ: 8, 57, 59।
- ↑ "Fortune 500 list of companies 2020", Fortune (अङ्ग्रेजीमा), अन्तिम पहुँच अगस्ट १९, २०२०।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट
- वित्त सूत्रहरूका लागि व्यवसाय आँकडा
- माइक्रोसफ्ट ओपन कर्पोरेट्समा
निर्देशाङ्कहरू: ४७°३८′२३″उ॰ १२२°७′४२″प॰ / ४७.६३९७२°N १२२.१२८३३°W