अहमदाबाद

भारतको गुजरात राज्यको सहर

अहमदाबाद वा अमदाभादको नामले पनि चिनिन्छ (/ˈɑːmɪdəbɑːd/; गुजराती उच्चारण: [ˈəmdɑːvɑːd]) गुजरात प्रदेशको सबैभन्दा ठूलो सहर हो । समस्त भारतमा यो नगर सातौ स्थानमा छ। ६३ लाखको जनसङ्ख्या भएको यो सहर, साबरमती नदीको किनारमा अवस्थित छ। पहिला गुजरातको राजधानी पनि यहिँ रहेको थियो, त्यस पछि राजधानी गान्धीनगरमा सारियो। अहमदाबादलाई कर्णावतीको नामबाट पनि जानिन्छ। यस सहरको आधारशिला सन १४११ मा हालिएको थियो। सहरको नाम सुलतान अहमद शाहको नाममा राखिएको छ।

अहमदाबाद

અમદાવાદ

अमदाभाद
अहमदाबादका प्रसिद्द स्थलहरू
अहमदाबादका प्रसिद्द स्थलहरू
देश भारत
राज्यगुजरात
जिल्लाअहमदाबाद
संस्थापकसुल्तान अहमद साह प्रथम
को नामबाट नामकरणअहमदसाह
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गअहमदाबाद नगरपालिका सङ्गठन
 • मेयरमिनाक्षी पटेल (बिजेपी)
 • कार्यकारी मेयरबिपिन सिक्का
 • नगर प्रमूखडि. थारा
क्षेत्रफल
 • महानगरीय क्षेत्र४६४.१६ किमी (१७९.२१ वर्ग माइल)
उन्नतांश५३ मिटर (१७४ फिट)
जनसङ्ख्या
 (२०११)[३]
 • महानगरीय क्षेत्र५,५७०,५८५
 • क्रम५औं
 • घनत्व१२,०००/किमी (३१,०००/वर्ग माइल)
 • महानगर६,३५२,२५४
वासिन्दा(हरू)अहमदाबादी/अमदाभादी
समय क्षेत्रयुटिसी+५:३० (आइएसटि)
पोस्टल कोड
३८० 0XX
क्षेत्रीय सङ्केत(हरू)०७९
सवारी दर्ताGJ-1,GJ-18,GJ-27,GJ-28
लैङ्गिक अनुपात१.११[५] /
साक्षरता दर८९.६२
बोलिने भाषाहरूगुजराती, हिन्दीअङ्ग्रेजी
श्रोत: भारतको जनगणना[६]

इतिहाससम्पादन

अहमदाबादको नाम सुल्तान अहमद शाहको नाममा राखिएको छ। सुल्तान अहमद शाहले यो सहरको स्थापना १४११ ईसवीमा गरेका थिए। यो सहरलाई भारतको मेनचेस्टर पनि मानिन्छ। वर्तमान समयमा, अहमदाबादलाई भारतको गुजरात प्रान्तको राजधानी हुनुको साथ साथ यसलाई एउटा प्रमुख औद्योगिक सहरको रूपमा जानीन्छ।

ऐतिहासिक रूपमा, भारतीय स्वतन्त्रता सङ्घर्षको समयमा अहमदाबाद प्रमुख शिविर आधार रहेकोछ। यसै सहरमा महात्मा गान्धीले साबरमती आश्रम पनि स्थापना गरे र स्‍वतन्त्रता सङ्घर्षमा जोडिएको थुप्रै आन्‍दोलनको शुरुवात पनि यहीबाट भएको थियो। अहमदाबाद बुनाईको लागि पनि धेरै प्रसिद्ध छ। यसको साथै यो सहर व्यापार र वाणिज्य केन्द्रको रूपमा धेरै नै विकसित भैरहेको छ। अङ्ग्रेजी शासनको अबधिमा,यो ठाउलाई फौजी रूपमा प्रयोग गरीन्थो। अहमदाबाद यस प्रदेशको सबैभन्दा प्रमुख सहर हो।

भूगोलसम्पादन

पश्चिम भारतमा बसेको यो सहर, समुद्रबाट १७४ फुटको ऊंचाईमा स्थित छ है। सहरमा दुईबटा तालहरू छन - कंकरिया र वस्त्रापुर तालाब. साबरमती नदी गर्मीको मौसममा सूक्ने कारण, नदीको ठाउमा सफा माटो रहन्छ। वर्षाको महिनाहरू बाहेक पूरै साल गर्मीको माहौल रहन्छ। सबभन्दा उच्च तापमान ४७ डिग्री सम्म पुग्दछ र कम से कम ५ डिग्री जाडोको समय।

प्रशासनसम्पादन

अहमदाबाद "नगरपालिका निगम" यस सहरलाई देख रेखको काम सम्भाल्दछ र केही भाग औडाले सम्भाल्दछ।

पर्यटनसम्पादन

काँकरिया तालसम्पादन

यो तालको निर्माण कुतुब-उद्-दीनले १४५१ ईसवीमा गराएका थिए। आजको समयमा अहमदाबादका निवासीहरूको बीच यो ठाउ सबैभन्दा धेरै प्रसिद्ध छ। यो तालको चारैतिर धेरै नै राम्रा बगैचा छ। तालको बिचमा धेरै नै सुन्दर सुंदर द्वीप महल छ। जहाँ मुगल कालको समय नूरजहां र जहांगीर प्रायजसो घुम्न आउने गर्दथे।

हाथीसिंह जैन मन्दिरसम्पादन

सजावटको साथ जटिल कला धातु वा काठमा कुदने कला यो मन्दिरको प्रमुख विशेषता हो। यो मन्दिरको निर्माण सफा संगमरमरमा गरीएको छ। हाथीसिंह जैन मन्दिर अहमदाबादको प्रमुख जैन मन्दिरहरूमा एक हो। यो मन्दिरको निर्माण १९ औ शताब्दीमा रिचजन मर्चेंटले गरेका थिए। यो मन्दिर उनले जैनहरूको १५ औ गुरू धर्मनाथलाई समर्पित गरेका थिए।

जामा मस्जिदसम्पादन

जामा मस्जिदको निर्माण १४२३ ईसवीमा गरीयो। पश्चिम भारतमा स्थित यो अत्यधिक राम्रो मस्जिद हो। यो मस्जिद राम्रो बनोटको उदाहरण प्रस्तुत गर्दछ।

रानी सिपरी मस्जिदसम्पादन

एक अर्को सुन्दर मस्जिद जो रानी सिपरीको नामले चिनिन्छ। यसको निर्माण महमूद शाह बेगडाकी रानीले १४१४ ईसवीमा गराएकी थिइन्। रानीको मृत्यु भए पछि उनको शवलाई यसै ठाउँमा गाडिएको थियो।

गान्धी आश्रमसम्पादन

यस आश्रमको स्थापना महात्मा गान्धीले १९१५ ईसवीमा गरेका थिए। यहीं बाट गान्धीले दांडी यात्राको शुरूआत गरेका थिए। यसका साथै यहाँ प्रमुख भारतीय स्वतन्त्रता आन्दोलनहरूको जग पनि राखिएको थियो।

केलिको संग्रहालयसम्पादन

यस संग्रहालयमा पुराना र आधुनिक ढंगका बुनाईका कारीगरी प्रदर्शित गरिएका छन्। यसका साथै यहाँ केही पुराना बुनाई मिसिन पनि राखीएका छन्। यस संग्रहालयमा संग्रहित सामान १७ औँ शताब्दी भन्दा पनि पहिलेका छन्। यसको अतिरिक्त यहाँ बुनाई सम्बन्धित एक पुस्तकालय पनि मौजूद छ।

आवागमनसम्पादन

यहाँ जानको लागि सबै भन्दा उत्तम समय अक्टोबर देखि फरबरी सम्मको छ। यसको साथै नौ दिन सम्म चल्ने नवरात्रि उत्सव (अक्टोबर-नोभेम्बर)मा पनि जान सकिन्छ।

हवाई मार्ग-

यहाँ सरदार वल्लभभाई पटेल एयरपोर्ट छ। यो प्रमुख भारतीय शहरहरूको साथै विदेशहरू जस्तै:- कोलंबो, मशकट, लन्डन र न्यूयार्कलाई पनि जोड्छ।

रेल मार्ग-

अहमदाबाद स्टेशन देशको लगभग सबै प्रमुख स्‍टेशहरू सँग सीधा जोडिएको छ।

सडक मार्ग-

अहमदाबादको दूरी मुम्‍बईबाट लगभग ५४५ किलोमीटर तथा दिल्‍ली बाट ८७३ किलोमीटर छ। यहाँ मुम्‍बईबाट बसद्वारा पनि जान सकिन्छ।

पर्यटन स्थलसम्पादन

अहमदाबादमा भ्रमण गर्न लायक धेरै स्थलहरू छन्। यिनीहरूमा केही आधुनिक छन् तथा केही पौराणिक पनि छन्।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Amdavad City Profile", egovamc.com, Ahmedabad Municipal Corporation, अन्तिम पहुँच ४ जुन २०१५ 
  2. mhupa.gov.in/ray/csmc_ppt/6th-csmc-Ahmedabad-AHP.pdf
  3. "Cities having population 1 lakh and above", The Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ जुलाई २०१४ 
  4. "Urban Agglomerations/Cities having population 1 lakh and above", The Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २६ जुलाई २०१४ 
  5. "Distribution of Population, Decadal Growth Rate, Sex-Ratio and Population Density", 2011 census of India, Government of India, अन्तिम पहुँच २१ मार्च २०१२ 
  6. "Ahmadabad (Ahmedabad) District : Census 2011 data", census2011, अन्तिम पहुँच २८ मे २०१४ 

बाह्य लिङ्कहरूसम्पादन