सियालकोट
सियालकोट (पञ्जाबी र उर्दु: سيالكوٹ) पाकिस्तानको पञ्जाब प्रान्तको उत्तर-पर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर हो । सियालकोट शहर पाकिस्तानको १३औं ठूलो शहर हो भने पाकिस्तानका सबैभन्दा उधोग र कलकारखाना भएको शहर मध्य एक हो । यो नजिकका शहरले गुजराणवाला र गुजरातसँग एक आयात र निर्यातमा सम्झौता गरेको छ जसलाई एक सुनैलो त्रिभुज पनि भन्ने गरिन्छ ।
सियालकोट
سیالکوٹ | |
---|---|
उपनाम: इकबलको शहर | |
देश | पाकिस्तान |
प्रदेश | पञ्जाब |
जिल्ला | सियालकोट |
तहसील | सियालकोट |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• मेयर | तोहेड अख्तर चौधरी |
• उप-मेयर | चौधरी बसीर अहमद |
• कार्यकारी अधिक्रित | महम्मद जाफर कुरोसी |
क्षेत्रफल | |
• जम्मा | १९ किमी२ (७ वर्ग माइल) |
उन्नतांश | २५६ मिटर (८४० फिट) |
जनसङ्ख्या (२०१७)[२] | |
• जम्मा | ६५५,८५२ |
• घनत्व | ३५०००/किमी२ (८९०००/वर्ग माइल) |
• | ५९१,६६८ |
• सियालकोट शहर | ६४,१८४ |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
हुलाक कोड | ५१३१० |
सम्पर्क कोड | ०५२ |
पुरानो नाम | सगला |
मानव विकास सुचकाङ्क | ८३४ (२०१४–२०१५ सम्मको) [३] |
विकास सुचक श्रेणी | अती उच्च |
सङ्घिय परिसरको सङ्ख्या | १५२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
सियालकोट पहिला सिगलाको राज्य थियो भन्ने विश्वास गरिन्छ जसलाई ई.पू ३२६ मा म्यासेडोनियाका राजा अलेक्जेन्डर द ग्रेटदे आक्रमण गरेर कब्जामा लिएका थिए त्यसपछि मिनन्दर प्रथमले दोस्रो शताब्दीमा यस शहरलाई इन्डो-ग्रिक राज्यको सदरमुकाम बनाएका थिए जुन समयमा शहर व्यापार र बौद्ध विचार को एक प्रमुख केन्द्र को रूपमा विकसित हुन थालेको थियो । सियालकोट एक प्रमुख राजनीतिक केन्द्र बन्ने क्रममा थियो र त्यसपछि ब्रिटिश युगको समयमा शहर फेरि पुनरुत्थान भयो र अहिले पाकिस्तानको सबैभन्दा महत्त्वपूर्ण औद्योगिक केन्द्र रूपमा रहेको छ ।
सियालकोट दक्षिण एसियाका प्रमुख ठूला शहरहरूसँग आर्थिक रूपमा सम्बन्धि छ जसले गर्दा शहरको प्रति व्यक्ति आयको बृद्धि गर्नमा एक महत्त्वपूर्ण भुमिका खेलेको छ । यो शहरले सन् २०१५ मा लगभग २ अर्ब डलरको सामानहरू निर्यात गरेको छ जुन पाकिस्तानको कुल निर्यातको १० प्रतिशत हुन पुग्छ । सियालकोटमा पहिलो निजी अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण गरिएको थियो ।
मौसम
सम्पादन गर्नुहोस्सियालकोट शहर कोपेन मौसम वर्गीकरणका अनुसार आर्द्र अर्ध-कटिबन्धीय जलवायुमा पर्दछ जसमा चार ऋतु हुन्छन् । वर्षा ऋतु मध्य सेप्टेम्बर महिनामा सुरु भएर मध्य नोभेम्बर सम्म हुन्छ जसमा दिउँसोको समयमा जर्मी हुने र रातको समयमा हल्का चिसो हुने गरेको छ र ओसिलोपन कम हुन्छ । हिउँद ऋतु मध्य नोभेम्बर देखि मार्च महिना सम्म हुन्छ जसमा कहिलेकाँही मौसम र बाह्य गडबडीका कारण भारी वर्षा हुन्छ । हिउँदमा यस शहरको तापक्रम न्युनतम शुन्य देखि ३२ डिग्री सम्म मापन गरिएको छ भने अधिकतम १५ डिग्री सम्म पुग्छ ।
यातायात
सम्पादन गर्नुहोस्मटरबाटो
सम्पादन गर्नुहोस्सियालकोट नजिकको वाजीरबाद शहरसँग दोहोरो बाटो भएको सडकबाट जोडिएको छ जसले पाकिस्तान राष्ट्रिय राजमार्ग-५ लाई पनि जोडेको छ । त्यसतैगरी सियालकोटबाट डास्का शहरपनि अर्को दोहोर बाटो भएको सडकले जोडेको छ जसले गुजरनवाला र लाहोरलाई पनि जोडेको छ । सियालकोट शहर हाल बन्दै गरेको राजमार्गसँग पनि जोडिऐको छ जहाँबाट लाहोर ८९ किलोमिटरको दुरीमा अवस्थित छ ।
रेलमार्ग
सम्पादन गर्नुहोस्सियालकोट सहरमा सियालकोट रेलवे स्टेसन रहको छ जुन शहरको मुख्य रेलमार्ग हो । यो रेलमार्ग पाकिस्तान सरकारको नियन्त्रणमा रहेको छ ।
हवाई
सम्पादन गर्नुहोस्सियालकोट अन्तर्राष्ट्रिय विमानस्थल सियालकोट शहरबाट ८.७ किलोमिटर पुर्वमा अवस्थित छ जुन साम्रियाल शहरमा पर्छ । यो पाकिस्तानको एकमात्रै निजी रूपको सार्वजनिक अन्तर्राष्ट्रिय विमानस्थल हो जसले घरेलु उडान सहित सिधै बहराइन, ओमन, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको पनि उडान भर्ने गर्छ ।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "सियालकोट विभाग", स्थानीय सरकार पञ्जाब, अन्तिम पहुँच २०१८-०४-२७। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२८ मिति
- ↑ "पाकिस्तानका जिल्लाहरूको जनसङ्ख्या: पञ्जाब, पाकिस्तान", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२७। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-१६ मिति
- ↑ "सन् २०१४-१५ को आर्थिक र सामाजिक विकास", सामाजिक विकास केन्द्र, २०१६, अन्तिम पहुँच २६ मार्च २०१७। वेब्याक मेसिन अभिलेखिकरण ५ अप्रिल २०२० मिति