पेशावर
पेशावर (पश्तो: پېښور;) उर्दू: پشاور) खैवर पख्तुनखवा प्रान्तको राजधानी सहर हो। यो सहर खैवर पास पुर्वी क्षेत्रमा पर्छ। पेशावरमा ५३९ बिसी भन्दा अगाडि सम्मका तथ्याङ्कहरू रेकर्ड गरिएको छ भन्ने भनाई छ। यो सहर पाकिस्तान र विश्वको सबैभन्दा पुरानो सहर मध्य एक हो भन्ने जनविश्वास रहेको छ। पेशावर प्राचीन खुसान राज्यको राजधानी सहर र विश्वका अग्ला धरोहर भएको सहर हो। पेशावर मुगल बादशाहको आगमन हुन भन्दा पहिले गोराहरूले शासन चलाएका थिए। यो सहर मुगल प्राचीन कालमा एक औद्योगिक क्षेत्र रहेको थियो ।
पेशावर
पुरुषपुर | |
---|---|
सहर | |
![]() | |
उपनाम(हरू): फुलहरूको सहर | |
![]() पाकिस्तानमा पेशावरको अवस्थिति | |
देश | ![]() |
प्रदेश | खैबर पख्तुनख्वा |
जिल्ला | पेशावर जिल्ला |
सङ्घीय परिषद | ९२ |
सरकार | |
• प्रकार | नगरपालिका सहर |
• मेयर | अराबाब असिम |
• उप-मेयर | सैद कसिम अलि शाह |
• उप-आयुक्त | सकिव रजा अस्लाम[१] |
• सहायक आयुक्त | महम्मद मुगिछ सानाउला[२] ref |
क्षेत्रफल | |
• सहर | १,२५७ किमी२ (४८५ वर्ग माइल) |
उन्नतांश | ३३१ मिटर (१,०८६ फिट) |
उच्चतम उचाई | ४५० मिटर (१,४८० फिट) |
जनसङ्ख्या (२०१७)[३] | |
• सहर | १,९७०,०४२ |
• क्रम | पहिलो खैवर पख्तुनखवा पेशावर पाकिस्तानमा छौँटौ |
• घनत्व | १,६००/किमी२ (४,१००/वर्ग माइल) |
• महानगर | ४,२६९,०७९ |
पेशावर नगरपालिका निगम: १,८९३,३६१ पेशावर सहर: ५,९४० पेशावर: ७०,७४१ | |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
क्षेत्रीय सङ्केत(हरू) | ०९१ |
आधिकारिक भाषा | पश्तो, हिन्दको, उर्दु |
सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार पेशावर सहरको कुल जनसङ्ख्या १९,७००,४२ भएको कारण यो पाकिस्तानकै छौटौँ र खैवर पख्तुनखवाको पहिलो धेरै जनसङ्ख्या भएको सहर हो भने पेशावर जिल्लामा कुल जनसङ्ख्या ४२,६९०,७१ रहेको छ ।
इतिहाससम्पादन
उत्पत्तिसम्पादन
पेशावर सहरको नाम संस्कृत सब्द (पुरुषपुरा)बाट उत्पत्ति भएको थियो। संस्कृतमा पुरुसपुरा भनेको पुरुषहरूको सहर हो भन्ने बुझिन्छ।
एक अरबी इतिहासविध र भुगोलविधका अल-मुसैदीका अनुसार १० औँ शताब्दीमा यो सहर पेशावरको नामले चिनिन थालेको थियो त्यसपछि अर्का भुगोलविधका अनुसार पनि यस सहरको नाम प्राचीनकाल देखिनै पेशावर रहेको थियो भन्ने कुरा पत्ता लगाएका थिय । यो सहर राजा अकवरको पाला देखिनै पेशावरको नामले चिनिन्थ्यो।
ग्रिस साम्राज्यसम्पादन
ईसापूर्व ३२७-२६ को हिउँदमा अलेक्जेन्डर द ग्रेटले भारतीय राज्यमा कब्जा गर्ने क्रममा बुनेर र स्वायत्त राज्य लगाएत पेशावर उपत्यकालाई पनि आफ्नो वशमा ल्याएका थिए। अलेक्जेन्डर द ग्रेटको जितपछि त्यसराज्यमा सेल्युकस प्रथम निकेटरले शासनमा आएको थियो ।
मौर्य साम्राज्यसम्पादन
भुगोल र मौसमसम्पादन
पेशावर सहर पेशावर उपत्यकामा अवस्थित छ जसलाई तिन तिरबाट अग्ला हिमालहरूले घेरेका छन् र एक तिर पञ्जाव क्षेत्रको प्रदेशद्वार रहेको छ। यो सहर समथल रहेको छ ।
यस सहरमा हिँउदको बेला जाडो हुने र ग्रिष्म ऋतुको बेला गर्मी हुने गरेको छ। पेशावरमा हिउँद नोभेम्बर महिनामा सुरु भएर अन्तिम मार्च समाप्त हुन्छ तर कहिलेकाहीँ मध्य अप्रिल सम्म पनि पुग्छ यस ऋतुमा सहरको न्युन तापक्रम औसत ४ डिग्री (३९ डिग्री फरेनहाइट) सम्म पुग्छ भने अधिकतम औसत तापक्रम १८.३ डिग्री (३९ डिग्री फरेनहाइट) सम्म पुग्छ। ग्रिष्म ऋतुको मध्य मे देखि मध्य सेप्टेम्बर सम्म चल्छ, यतिखेर सहरको तापक्रम अधिकतम ४० डिग्री (१०४ डिग्री फरेनहाइट) सम्म पुग्छ भने न्युनतम तापक्रम २५ डिग्री (७७ डिग्री फरेनहाइट) सम्म पुग्छ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "पेशावरमा नयाँ आयुक्त निर्वाचित भएका छन्", डाउन, डाउन मिडिया ग्रुप, १ मार्च २०१७, अन्तिम पहुँच १ जुन २०१७।
- ↑ "जिल्लाका आधिक्रित'विश्व सुर्तीजन्य सामाग्री मुक्त अभियान'", पाकिस्तान टुडे, अन्तिम पहुँच १ जुन २०१७।
- ↑ "जनसङ्ख्या र आवास विवरण: खैबर पख्तुनखवा", पाकिस्तान जनगणना आयोग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२३।
- ↑ "पाकिस्तानको मानक सुचक विकासाङ्क २०१४–१५", विकास आयोग, २०१६, अन्तिम पहुँच २६ मार्च २०१७।
बाह्य कडीहरूसम्पादन
Peshawarको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
परिभाषा विकिस्नरीबाट | |
पाठ्यपुस्तक विकिपुस्तकबाट | |
उद्धरण विकिकथनबाट | |
स्रोत पदहरू विकिस्रोतबाट | |
चित्र तथा मिडिया कमन्सबाट | |
समाचार विकिसमाचारबाट | |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
- पेशावर विकियात्रामा यात्रा सहयोगी