हैदराबाद (सिन्धीउर्दु: حيدرآباد) पाकिस्तानको सिन्ध प्रान्तमा रहृको एक मुख्य शहर हो । यो शहर कराचीबाट १४० किलोमिटर पुर्वमा पर्छ , यो शहर सिन्ध प्रान्तको जनसङ्ख्याको आधारमा दोस्रो ठूलो शहर हो भने पाकिस्तान कै आठौँ ठूलो शहर हो । यो शहरलाई कालहोडा वङ्शका मियान शाह कालहोडा द्वरा १७६८ मा पत्ता लगाईएको थियो । यो शहर बेलायती साम्राज्यको शासन कालमा यस शहर सिन्ध प्रान्तको राजधानी थियो भने सन् १८४३ मा कराचीलाई प्रान्तको राजधानीमा सारिएको थियो ।

हैदराबाद
حیدر آباد
देश पाकिस्तान
प्रदेशसिन्ध
जिल्लाहैदराबाद
शहररूको सङ्ख्या
सङ्धिय परिसरको सङ्ख्या२०
सरकार
 • प्रकारनगरपालिकी निगम
 • मेयरतयाब हुसैन
 • उप-मेयरसोहाली महम्मद
क्षेत्रफल
 • जम्मा३१९ किमी (१२३ वर्ग माइल)
उन्नतांश
१३ मिटर (४३ फिट)
जनसङ्ख्या
 (२०१७)[२]
 • जम्मा१७३२६९३[१]
वासिन्दाहैदराबादी
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+६ (पाकिस्तानी समय)
क्षेत्रीय सङ्केत०२२

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार हैदराबाद शहरको जनसङ्ख्या ५६५,७९९ रहेको थियो भने सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या १,७३२,६९३ रहेको छ । पहिले र अहिलेको जनसङ्ख्या ब्रिद्धी ४८.५ % ले बढेको छ । यो शहर पाकिस्तानको ठूला शहर मध्यको सबैभन्दा थोरै जनसङ्ख्या ब्रिद्धी भएको तथ्याङकले जनाएको छ ।

धर्म सम्पादन गर्नुहोस्

हैदराबादको धर्महरू
धर्म प्रतिशत
इस्लाम
९४.४
हिन्दु
५.०
अन्य
१.०

हैदराबादमा मुख्यतय सिन्धी बासीहरू बसोबास गर्ने गर्छन् र उनिहरूको धर्म इस्लाम हो त्यसैगरी हिन्दु धर्म मान्येहरू पनि ५.० रहेका छन् र अन्य १ प्रतिशत रहेका छन् ।

भुगोल सम्पादन गर्नुहोस्

अवस्थिति सम्पादन गर्नुहोस्

हैदराबाद शहर २५.३६७ अक्षांश उत्तर ६८.३६७ देशान्तरण र १३ (४३ फिट) मिटरको उचाइका अवस्थित छ । यो शहर इन्दुस नदिको पुर्वी किनारका कराची शहरबाट १५० किलोमिटरको दुरीमा रहेको छ । पाकिस्तानकै सबैभन्दा ठूलो राजमार्ग इन्दुस राजमार्ग र पाकिस्तान राष्ट्रिय राजमार्ग हैदराबादमा आएर जोडिन्छ । हैदराबाद शहरलाई वरिपरी धेरै शहरहरूले धेरेका छन् जसमध्ये ६.७ किलोमिटर (४.२ माईल), जमशोरो ८.१ किलोमिटर (५.० माईल), हटिरीमा ५ किलोमिटर (३.१ माईल) र हसरी ७.५ किलोमिटर (४.७ माईल) को दुरीमा रहेका छन् ।

मौसम सम्पादन गर्नुहोस्

हैदराबाद शहरको मौसम मरुभूमि खालको छ जसमा ग्रिष्म ऋतुमा गर्मी र हिउँदमा न्यानो हुने गरेको छ । वर्षको मध्य अप्रिल देखि अन्तिम जन महिना सम्म यस शहरको तापक्रम सबैभन्दा धेरै हुन्छ जसमा तापक्रम ४१.४ डिग्री सम्म पुग्छ । मे को महिनामा भने सबैभन्दा तेज हावा चल्छ त्यसले धुलो र बादल पनि साथमा ल्याउछ । यस शहरमा हिउँद ऋतुमा तापक्रम अधिकतम २५ डिग्री भने न्यनतम १० डिग्री पुगेको तथ्याङ्कले देखाएको छ । यस शहरको अहिलेसम्मकै सबैभन्दा अत्याधिक तापक्रम ५० डिग्री पुगेको छ जुन २५ मे २०१८ मा मापन गरिएको थियो भने सबैभन्दा न्यून तापक्रम १ डिग्री पुगेको छ जुन ८ फेब्रुअरी २०१२ मा मापन गरिएको थियो ।

शिक्षा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "सन् २०१७ को प्रदेशीय जनगणना", पिबिएस डट जिओभी डट पिके, अन्तिम पहुँच २४ नोभेम्बर २०१७ 
  2. "सिन्धको जनाकरी", द न्युज, २ अप्रिल २०१२, अन्तिम पहुँच २१ अप्रिल २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्