मुल्तान (पञ्जाबी उर्दु: مُلتان पाकिस्तानको पञ्जाबमा रहेको एक प्रमुख सहर हो ।यो सहर चेनाब नदीको किनारमा अवस्थित छ । मुल्तान पाकिस्तानको पाँचौ ठूलो सहर हो भने यो देशकै सांस्कृतिक र आर्थिक रूपमा अग्रज सहरको रूपमा लिइएको छ ।[३]

मुल्तान
مُلتان
देश पाकिस्तान
क्षेत्रपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लामुल्तान
सहरहरूको सङ्ख्या
सङ्घिय परिसर
सरकार
 • मेयरचधरी नविद अरिन
 • उप-मेयर
  • मनावर इसान कुरैसी
  • सइद अहमद
क्षेत्रफल
 • जम्मा५१ वर्ग माइल (१३३ किमी)
उच्चतम उचाई
४२३ फीट फिट (१२९ मी मिटर)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा१८७१८४३[२]
 • घनत्व२३९६.७/वर्ग माइल (९२५.४/किमी)
 • मुलवासी नाम
मुल्तानी
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तानी समय)
क्षेत्रीय सङ्केत०६१

मुल्तान सहरक‍ इतिहासमै प्राचीन समय देखिनै फैलिएको छ । प्रचिन सहर प्रसिद्ध मलान सुर्य मन्दिर रहेको ठाउँ थियो र अलेक्जेन्डर द ग्रेटको शासनकालमा सहर माथि शासन चलाईएको थियो । मल्तान मध्ययुगीन इस्लामिक भारत को सबै भन्दा महत्त्वपूर्ण व्यापारिक केन्द्रहरु मध्ये एक थियो र नजिकैको सहर उच र मुल्तान मस्जिदहरूको सहरले पनि चिनिन्छ ।

उत्पत्ति सम्पादन गर्नुहोस्

मुल्तान सहरको नामको उत्पत्ति पुण रूपमा स्पष्ट छैन त्यहिपनी मुल्तान शव्द संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विशवास गरिन्छ जब मुल्तान सुर्य मन्दिरलाई मूलस्थान भन्ने गरिन्थ्यो । १९ सय दशकको बेला हुकम चन्दका अनुसार हिन्दु जनजाति मूलबाट यस सहरको नाम राखिएको हो भन्ने कुरा उल्लेखनिय छ ।

भुगोल सम्पादन गर्नुहोस्

अवस्थिति सम्पादन गर्नुहोस्

मुल्तान पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने एक सहर हो । यो सहरले १३३ किलोमिटर (५१ वर्ग माईल) को दूरीमा फैलिएको छ । डेरा गाजी खान र बहवालपुर यो सहरबाट नजिकैको दुई सहरहरू हुन् । मल्तान केन्द्रीय पाकिस्तान को पाँच नदिहरु द्वारा बनाईएको एक मोड मा अवस्थित छ । यो सहरलनई सतलज नदिले बहावलपुरबाट छुट्टायको छ भने चेनाब नदिले मुजाफरगढबाट छुट्टायको छ । यो सहरमा विषेश गरी आँप खेति हुने गरेको पाईन्छ ।

मौसम सम्पादन गर्नुहोस्

यस सहरमा ग्रिष्म ऋतुमा गर्मी र हिउँदमा मध्यम जाडो हुने गरेको छ । यो सहरमा बार्सिक १८६ मिलिमिटर पानी पर्ने गरेको छ । मुल्तान सहर पाकिस्तानमै सबैभन्दा बढी गर्मी हुने सहरको नामले चिनिन्छ । ग्रिष्म ऋतुमा तापमान ५२ डिग्री (१२६ डिग्री फरेनहाईट) पुगेको छ जुन अहिले सम्मकै अधिक तापमान हो भने हिउँदमा यहाँको तापमान -१ डिग्री (३० डिग्री फरेनहाईट) पुगेको थियो जुन अहिले सम्मकै न्युन तापक्रम हो । [४][५]

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् १९८८ राष्ट्रिय जनगणना अनुसार मुल्तान सहरको जनसङ्ख्या १,१९७,३८४ रहेको थियो भने सन् २०१७ को राष्ट्रिय जनगणना विभागका अनुसार मुल्तान सहरको जनसङ्ख्या १,८७१,८४३ पुगेको थियो । [६]

खेलकुद सम्पादन गर्नुहोस्

 
मुल्तान क्रिकेट रङ्गशाला

यो सहरको प्रमुख क्रिकेट रङ्गशाला मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हो जसले थुप्रै अन्तर्राष्ट्रिय खेलहरूको आयोजना गरेको छ । इबिन-इ-कसिक बाध रङ्गशाला पनि यहीँ सहरमा रहेको छ जुन फुटबल खेल खेल्नका लागि प्रयोग गरिन्छ । मुल्तान टाईगर्स यो सहरको घरेलु क्र क्रिकेट टोली हो जसले घरेलु प्रतिस्पर्धामा भाग लिँदै आएको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "मुल्तान सहर", मूलबाट १४ अप्रिल २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०९-१७  वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-१४ मिति
  2. "२०१७ छौटौँ राष्ट्रिय जनगणना", pbs.gov.pk, अन्तिम पहुँच २४ नोभेम्बर २०१७ 
  3. "२०१७ राष्ट्रिय जनगणना - प्रमुख सहरहरूको जनसङ्ख्या", राष्ट्रिय तथ्याङ्क विभाग। 
  4. "मैसम विभागका अनुसार मुल्तानको तापक्रम ५० डिग्री पुगेको छ", मूलबाट २६ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण २६ जुलाई २०१३ मिति
  5. "मुल्तान सहरको मैसमी जनाकारी", मूलबाट १० मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१३  वेब्याक मेसिन अभिलेखिकरण १० मार्च २०१३ मिति
  6. "जनसङ्ख्या आकार र प्रमुख सहरहरूको जनसाङ्खिक तथ्याङ्क-पाकिस्तान राष्ट्रिय जनगणना विभाग", अन्तिम पहुँच ३१ अगस्ट २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्