रङ्गपुर (बङ्गाली: রংপুর) बङ्गलादेश र रङ्गपुर प्रदेशको एक प्रमुख शहर हो । रङ्गपुर १६ डिसेम्बर १७६९ मा एक जिल्ला मुख्यालय घोषित गरियो र १८६९ मा नगरपालिकाको रूपमा स्थापित भएको थियो। यो शहर बङ्गलादेशको सबैभन्दा पुरानो नगरपालिकाको रूपमा रहेको छ । यो शहरको प्रमुख कार्यलय सन् १८९२ मा राजा जनक बल्लभ सेनको आदेशमा निर्माण गरियको थियो । यो शहर बङ्गलादेश उत्तरपूर्वी भागमा स्थित छ । यसको दक्षिणी भागमा, भर्खरै स्थापित गरिएको सार्वजनिक विश्वविद्यालय बेगम रुक्या विश्वविद्यालय रङ्गपुर स्थापित गिरियको छ ।

रङ्गपुर
রংপুর
शहर
उपनाम(हरू): 
हरित शहर caption= वहयपभ
देशFlag of Bangladesh.svg बङ्गलादेश
प्रदेशरङ्गपुर
जिल्लारङ्गपुर
स्थापना१६ डिसेम्बर १७६९
नगरपालिका१८६९
शहर निगम१ जुलाई २०१२[१]
सरकार
 • प्रकारमेयर परिशद
 • अङ्गरङ्गपुर शहर निगम
 • मेयरमुस्तफिजुर रहामान मुस्ताफा[२]
क्षेत्रफल
 • महानगर
२८ किमी (११ वर्ग माइल)
उन्नतांश
३४ मिटर (११२ फिट)
जनसङ्ख्या
 (२०१७)
 • शहर१२०,०००
 • घनत्व९८०/किमी (२,५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेश समय)
हुलाक कोड
५४००[३]
सम्पर्क कोड+८८०
टेलिफोन कोड५२१
वेबसाइटrpcc.gov.bd

इतिहाससम्पादन

रङ्गपुरलाई मुगल बादसाह अकबरका सेनापती राजा मान सिंहले सन् १५७५ मा कब्जा गरेका थिय तर यो शहरलाई १८८६ सम्म पनि मुगल शासन पुण रूपमा लागू हुन सकेको थिएन । बेलायती इस्ट इन्डिया कम्पनी शासनमा एक 'उत्परिवार विद्रोह' युद्ध भयो र रङ्गपुर गोरघाट रियाज -ल-सलिटनको रूपमा उल्लेख गरिएको थियो । कम्पनीको सुरुवाती शासनको समयमा फकीर-संसारीको प्रतिरोध र किसान विद्रोही रङ्गपुरमा आयोजित गरियो ।

भुगोलसम्पादन

रङ्गपुर शहर एक प्रधेशीय सदरमुकाम हो । यस ठाउँको माटो उर्भर खालको छ । यहाँको तापमान ३२ डिग्री देखि ११ डिग्री सम्म रहेको छ र यहाँको अैसत बार्सिक वर्षा २९३१ मिलीमिटर रहेको छ । रङ्गपुर शहर लगभग २८ बर्ग किमीमा फैलिएको छ । सन् २००६ को जनगणना अनुसार यहाँको जजनसङ्ख्या २,५१६,९९ रहेको छ जसमा ५२ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला रहेका छन् । यस शहरको साक्षरता ५४.६ प्रतिशत रहेको छ ।

स्वास्थ सेवासम्पादन

उत्तर-बङ्गाली जिल्लाहरूको भन्दा स्वास्थ्य सेवामा रङ्गपुर सुविधा राम्रो रहेको छ । त्यहाँ सयौं अस्पताल, निजी क्लिनिकहरु शहरै भरि फैलिएका छन् । रङ्गपुर मेडिकल कलेज अस्पताल यस ठाउँको सबै भन्दा धेरै सैया एवं सिक्षणमो पनि सुविधा भएको एक मात्र सरकारी अस्पताल हो । रङ्गपुर मेडिकल कलेजको परिसर रङ्गपुरको को उत्तर-पश्चिम क्षेत्रमा अवस्थित छ । यो राजशीही जिल्लाबाट २१० किलोमिटर र ढाकाबाट ३३० किलोमिटरको दुरीमा रहेको छ । यो अस्पताल अन्तर-देशको राजमार्गको छेउमा अवस्थित छ जुन भारत र नेपालसँग जोडिएको छ । यस अस्पताल बाहेक प्राइम मेडिकल कलेज अस्पताल (७५० सैया), डाक्टर सामुदायिक अस्पताल (५०० सैया), उत्तरी निजी मेडिकल कलेज अस्पताल, ईसाई मिसनरी अस्पतालका आदी प्रसिद्ध निजी अस्पतालहरू हुन् ।

यातायातसम्पादन

राङ्पुर सहरमा हरेक दैनिक ५०,००० भन्दा बढी यातायातका साधनहरू चल्ने गर्दछ। यो सहरमा मुख्य गरी साइकल, बाइक, अटो रेक्सा, बस, ट्याक्सी, मिनीबस चल्ने गर्दछ।

सडकसम्पादन

राङ्पुर शहरको सडकका माध्यम द्वारा बङ्गलादेश दुई ठुला शहर चिट्ट्यागनङ र राजधानी ढाकासँग जोडिएको छ । राङ्पुरबाट ढाका शहर लगभग ६-७ घण्टामा राष्ट्रिय राजमार्ग ५ सडकका माध्यमबाट पुग्न सकिन्छ । यस्तै राङ्पुरदेखी भारत एसिएन राजमार्ग २बाट पुग्न सकिन्छ ।

रेलवेसम्पादन

यो राङ्पुर सहरमा बङ्गलादेश रेलवे को स्टेसनहरू रहेको छ। यस्तै यो सहरमा राङ्पुर एस्प्रेसका रेलहरू चल्द छन्।

हवाईसम्पादन

राङ्पुर सहरमा रहेको रहेको विमानस्थलको नाम शइदपु विमानस्थल हो। जुन राङ्पुर शहरको उत्तरी भागमा अवस्थित रहेको छ। यो विमानस्थल बङ्गलादेशको राष्ट्रिय उदान भर्ने विमानस्थल हो।

उप-भाषासम्पादन

राङ्पुर सहरका स्थानीयहरूले राङ्पुरी भाषा बोल्ने गर्दछन्। त्यसैले पनि राङ्पुरमा राङ्पुरी भाषा बोल्ने मानिसको अत्याधिक बहुल्यता छ भन्न सकिन्छ, लगभग १० मिलियन मानिसले यो भाषा बोल्ने गर्दछ। यस्तै त्यो सँगै राङ्पुर सहरमा लगभग ५ मिलियन मानिसहरू राजवंशी रहेका छन्। जुन बङ्गलादेश र भारतमा बसोबास गर्ने गर्द छन्।९

खेलकुदसम्पादन

रङ्गपुर शहरमा सबैभन्दा लोकप्रिय तथा चर्चित खेलका रूपमा क्रिकेटलाई लिइन्छ । भने दोस्रो महत्त्वपूर्ण खेलका रूपमा भने फुटबललाई लिइन्छ ।यो सहरमा १०००० भन्दा बढी दर्शक क्षमता भएको रङ्गपुर रङ्गशाला रहेको छ । जुन रङ्गशाला फुटबल तथा अन्य खेलकुदहरूका लागि प्रयोग गरिन्छ । यस्तै क्रिकेटका लागि प्रसिद्ध क्रिकेट मैदानबाट चर्चित रङ्गशाला पनि रहेको छ ।[४] जहाँ क्रिकेटका विभिन्न खेल तथा प्रतियोगिताहरू हुने गर्दछ । यसबाहे रङ्गपुर शहरमा अन्य थुप्रै खेलकुद सम्बन्धि तालिम दिने का हुने एकेडेमीहरू रहेको छ । यो बाहेक बङ्गलादेशको घरेलु क्रिकेट लिग बङ्गलादेश प्रिमियर लिगमा रङ्गपुर शहरको प्रतिनिधित्व गर्दै रङ्गपुर राइदर्सले आफ्नो सहभागीता जानउने गर्दछ ।

सन्दर्भ सामग्रीसम्पादन

  1. "रङ्गपुर नगरपालिका", द डेल्ली स्टार, २ जुलाई २०१२, अन्तिम पहुँच ११ जुन २०१३ 
  2. आधिकारिक वेबसाइट
  3. "रङ्गपुर नगरपालिकाको पुण तथ्याङ्क", जियो पोस्ट कोड, अन्तिम पहुँच ११ जुन २०१३ 
  4. क्रिकेट मैदान, रङ्गपुर, क्रिकेट।  अन्तिक पंहुच - २९ जुलाई २०१०.

बाह्य कडीहरूसम्पादन