बर्मेली भाषा

बर्मेली भाषा (बर्मेली भाषामा : မြန်မာဘာသာ / म्रन्माभासा) , स्वतन्त्र देश म्यानमार (बर्मा)को राष्ट्रिय भाषा हो। यो मुख्य रूपमा ब्रह्मदेश (बर्माको संस्कृत नाम)मा बोलिने गरेको छ। म्यानमारको सिमासँग जोडिएका भारतीय राज्य असम, मणिपुर तथा अन्डमान र निकोबार टापु समूहमा पनि यो भाषाको प्रयोग हुने गरेको छ।

बर्मेली भाषा बोलिने क्षेत्र

भाषा परिवारसम्पादन

बर्मेली भाषा तिब्बती-बर्मेली भाषा-परिवारमा आउने गर्छ जून आर्य तथा चीनी भाषा परिवारको बीचमा हो। तिब्बती-बर्मेली भाषापरिवारमा पनि बर्मी शाखा तथा तिब्बती शाखा भन्ने दुइ प्रकार छन्।

म्यानमारका भाषाहरूसम्पादन

 
म्यानमारको भाषा परिवार
  • 1 = बर्मेली भाषा बोलिने क्षेत्र
  • 2 = तिब्बती-बर्मी बोलिने क्षेत्र
  • 3 = तिब्बती-बर्मी बोलिने क्षेत्र: अराकानी तथा बर्मी
  • 4 = करेन (तिब्बती-बर्मेली भाषा परिवार)
  • अन्य भाषा-परिवार :
  • 5= शान प्रान्त थाई तथा दक्षिणी थाई
  • 7 = मोन प्रान्त - मोन भाषा (मोन-खमेर भाषाहरू)

बर्मेली भाषाको सामान्य विशेषताहरूसम्पादन

  • बर्मेली भाषाको अधिकांश शब्द एक वा दुइ अक्षरको हुन्छ तर त्यससँगै प्रत्यय जोडिएको कारण त्यसको एकाक्षरीपन लुकेको हुन्छ।
  • बर्मेली भाषा एक टोनल भाषा हो। यसमा तीनवटा टोन छन्- उच्च, मध्यम र तल्लो।
  • बर्मीमा ३३ व्यंजन र ७ स्वर छन्।
  • अन्य भाषाझैँ बर्मेली भाषाका दुइ रूप छन् - मौखिक तथा लिखित रूप र दुबै रूपमा केवल शब्दावलीको मात्र अन्तर नभएर व्याकरणमा पनि अन्तर हुन सक्छ।

लिपिसम्पादन

आजकालको बर्मी लिपिमा पालि भाषाको प्रभावका कारण ३३ व्यंजन र १२ स्वर भएको मानिन्छ।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन