मिथिला जसलाई तिरहुत वा तिरभुक्ति को नामले समेत चिन्ने गरिन्छ, भारतको बिहारनेपालको दक्षिणपूर्वी भागमा अवस्थित एउटा भौगोलिक र सांस्कृतिक क्षेत्र हो। यो क्षेत्र पूर्वमा महानन्दा नदी, दक्षिणमा गङ्गा नदी, पश्चिममा गण्डकी नदीउत्तरमा हिमालयको तल्लो भागद्वारा घेरिएको छ।[१][२][३][४]

मिथिला
एसिया महादेशमा क्षेत्र
Mithila region of India.png
देशएसिया
राज्य
ठूलो सहर
जनसङ्ख्या
 (२०११)
 • जम्मा४,००,००,०००

मिथिला क्षेत्रको प्रमुख भाषा मैथिली हो र यो भाषा बोल्ने मानिसहरूलाई मैथिल भन्ने गरिन्छ।[१] मिथिला नाम सामान्यतया विदेह साम्राज्यलाई उल्लेख गर्नको लागि प्रयोग गर्ने गरिन्छ र सँगै आधुनिक-कालको क्षेत्रहरू समेत विदहको प्राचीन सीमाहरू भित्र पर्दछ।[४]१८औँ शताब्दीमा, जब मिथिला क्षेत्रलाई दरभङ्गा राजद्वारा शासित गरिएको थियो, ब्रिटिस राजले यसलाई एउटा रियासत राज्यको रूपमा पहिचान न दिइ यस क्षेत्रमाथि कब्जा गरेको थियो।[५][६] हिन्दू धार्मिक ग्रन्थहरूमा सबैभन्दा पहिले यसको उल्लेख रामायणमा पाइन्छ। मिथिलाको उल्लेख महाभारत, रामायण, पुराण तथा जैन र बौद्ध ग्रन्थहरूमा समेत रहेको छ।[७][८][९]वर्तमान समयमा मिथिला भारतको बिहार राज्यको पश्चिम चम्पारण, पूर्वी चम्पारण , शिवहर, सीतामढी, वैशाली, मुजफ्फरपुर, मधुबनी, दड़िभङ्गा, समस्तीपुर, बेगूसराय, मुङ्गेर, खगडिया, सहरसा, मधेपुरा, सुपौल, पूर्णिया, अररिया, कटिहार, किशनगञ्ज, बाँकाभागलपुर जिल्ला रहेको छ भने झारखण्ड राज्यको गोड्डा, देवघर, दुमका, साहिबगञ्ज, जामताडापाकुड जिल्ला रहेको छ। त्यस्तै नेपालको नयाँ प्रशासनिक विभाजन अनुसार प्रदेश नं. २ अन्तर्गत रहेको सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारापर्सा जिल्ला तथा प्रदेश नं. १ अन्तर्गत रहेको मोरङसुनसरी जिल्ला मिथिला क्षेत्रभित्र पर्दछ।[१][१०]

शब्दोत्पतिसम्पादन

पौराणिक मान्यता अनुसार मिथिला नाम पौराणिक राजा 'मिथि' को नामले नामकरण गरिएको हो। उनी आफ्नो पिता राजा निमीको शरीरबाट बनाइएको मान्यता रहेको छ। किनभने उनको उत्पति आफ्नो पिताको शरीरको मन्थन उपरान्त भएको थियो, जस कारण उनको नाम मिथि भनिएको हो। पौराणिक परम्परामा राजाको शासकीय क्षेत्रको नाम राजाको नामबाट राख्ने गरिएको थियो। त्यसै कारण मिथिको नामबाट यो क्षेत्रको नाम मिथिला हुन गएको हो। मिथिला जनकपुरीको राजधानी थियो र राजा मिथि जनकबाट उत्पन्न भएकोले स्वयं मिथि र उनी लगायत भएका शासकहरू समेत जनक भनिए। यस पछि मिथिलाका राजाहरूलाई जनक भन्न सुरु गरिएको थियो। सीताको पिता सीरध्वज जनक हुन् जुन वाल्मीकि रामायणको हिसाबले जनकपुरीको २५औँ राजा भएका थिए। देवी भागवत अनुसार निमिको १९औँ पुस्तामा राजर्षि जनक सीरध्वज भएका थिए। उनको विद्वताको चर्चा देवी भागवत, श्रीमद्भगवद्गीता, विष्णु पुराण, वृहद् विष्णुपुराण र अन्य पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।

यो क्षेत्रलाई 'तीरभुक्ति' नामले समेत चिन्ने गरिएको थियो। भारतीय लेखक तथा प्राध्यापक राधाकृष्ण चौधरीको 'मिथिलाक इतिहास' पुस्तकमा तीरभुक्ति नाम हुनका निम्नलिखित कारण बताइएको छ।

  1. कौशिकी, गङ्गागण्डकीसम्म यसको सीमा भएकोले यो क्षेत्रलाई तीरभुक्ति भनिएको हो।
  2. शाम्भकी, सुवर्ण र तपोवनद्वारा भुक्तमान भएको कारण यो क्षेत्रलाई तीरभुक्ति भनिएको हो।
  3. ऋक, यजु र साम तीनै वेदद्वारा आहुति दिने ब्राम्हणको निवास भएको कारण यो क्षेत्रलाई तीरभुक्ति भनिएको हो।

यो पछि आएर त्रि आहुतिको अर्थबाट तिरहुत रूपमा लोक प्रचारित भएको हो।[११]

इतिहाससम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ १.२ Jha, M. (१९९७), "Hindu Kingdoms at contextual level", Anthropology of Ancient Hindu Kingdoms: A Study in Civilizational Perspective, New Delhi: M.D. Publications Pvt. Ltd, पृ: 27–42। 
  2. Mishra, V. (१९७९), Cultural Heritage of Mithila, Allahabad: Mithila Prakasana, पृ: 13, अन्तिम पहुँच २८ डिसेम्बर २०१६ 
  3. Ishii, H. (१९९३), "Seasons, Rituals and Society: the culture and society of Mithila, the Parbate Hindus and the Newars as seen through a comparison of their annual rites", Senri Ethnological Studies 36: 35–84। 
  4. ४.० ४.१ Kumar, D. (२०००), "Mithila after the Janakas", The Proceedings of the Indian History Congress 60: 51–59। 
  5. Singh, U. N. (१९८६), "The Maithili Language Movement: Successes and Failures", Language Planning: Proceedings of an Institute: 174–201। 
  6. Jha, M. (१९९७), "Hindu Kingdoms at textual level", Anthropology of Ancient Hindu Kingdoms: A Study in Civilizational Perspective, New Delhi: M.D. Publications Pvt. Ltd। 
  7. "Anthropology of Ancient Hindu Kingdoms: A Study in Civilizational Prespective", पृ: 27, अन्तिम पहुँच ११ जनवरी २०१७ 
  8. Radhakrishna Choudhary, "A Survey of Maithili Literature", अन्तिम पहुँच २२ डिसेम्बर २०१६ 
  9. "Cultural Heritage of Mithila", पृ: 13, अन्तिम पहुँच २८ डिसेम्बर २०१६ 
  10. Kumāra, Braja Bihārī (१९९८), Small States Syndrome in India (अङ्ग्रेजीमा), Concept Publishing Company, आइएसबिएन 9788170226918 
  11. Cust, R.N. (१९०१), "The Indian Hero", Linguistic and oriental essays: written from the year 1840 to 1903, London: Trübner & Co., पृ: 144–158, अन्तिम पहुँच १२ जनवरी २०१७ 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन