मैथिल भारतीय उपमहाद्वीपका एक हिन्द-आर्य जातीय-भाषिक समूह हो, जसले मैथिली भाषालाई आफ्नो मातृभाषाको रूपमा बोल्छन्। मैथिलहरू मिथिला क्षेत्रमा बस्छन्,[] जसमा भारतको तिरहुत, दरभङ्गा, कोसी, पूर्णिया, मुङ्गेर, भागलपुर र सन्थाल परगना विभागहरू[] []नेपालको झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, र केही छेउछाउका जिल्लाहरू छन्।[] मैथिल क्षेत्र हिन्दू धर्मको एक महत्वपूर्ण भाग हो किनभने यसलाई रामकी पत्नी सीतालक्ष्मीको अवतारको जन्मस्थान भनिन्छ।[]

मैथिल
जम्मा जनसङ्ख्या
अन्दाजी ७ करोड ३० लाख
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
भारत७ करोड (सन् २०११)[][]
नेपाल३० लाख (वि.सं. २०६८[]
भाषाहरू
मैथिली
हिन्दीनेपाली[]
धर्महरू
बहुलता:
हिन्दु
अल्पसङ्ख्यक:
इसलाम · बौद्ध · अन्य
सम्बन्धित जातीय समूह
मगही मानिस · भोजपुरी · अवधि

मिथिलाले पहिलो पटक विदेह राज्य स्थापना गर्ने इन्डो-आर्य भाषी मानिसहरूद्वारा बसोबास गरेपछि प्रमुखता प्राप्त गरेको थियो। वैदिक कालको उत्तरार्ध (ईसापूर्व ११००-५००), कुरु र पान्चालसँगै विदेह दक्षिण एसियाको प्रमुख राजनीतिक र सांस्कृतिक केन्द्रहरू मध्ये एक बनेको थियो। विदेह राज्यका राजाहरूलाई जनक भनिन्थ्यो।[१०]

विदेह राज्यपछि मिथिलामा आधारित बज्जिका महाजनपदमा समाहित भएको थियो।[११]

मध्ययुगीन काल

सम्पादन गर्नुहोस्

११औँ शताब्दीदेखि २०औँ शताब्दीसम्म, मिथिलामा विभिन्न आदिवासी राजवंशहरूले शासन गरेका थिए। यी मध्ये पहिलो कर्नाटहरू थिए, जो मैथिल क्षत्रिय मूलका थिए। त्यसपछि मिथिलाका शासकहरू ओइनिवार वंशका थिए, जो मैथिल ब्राह्मण रहेका थिए। तेस्रो शासकहरू राज दरभङ्गाका खान्डवालहरू पनि मैथिल ब्राह्मण थिए।[१२] यो अवधिमा मिथिलाको राजधानी दरभङ्गा सारिएको थियो।[१३][१४]

मैथिली भाषी राजवंश र राज्यहरू

सम्पादन गर्नुहोस्

प्रायः जसो मैथिलहरू सामान्यतया गङ्गा नदीको उत्तरमा रहेको दरभङ्गा र बाँकी उत्तर बिहार वरपर आधारित क्षेत्रहरूमा बसोबास गर्छन्।[२०] स्थानीय मैथिली भाषीहरू पनि दिल्ली, कोलकाता, पटना, राँचीमुम्बईमा बस्छन्।[२१]

भारतीय मिथिलामा तिरहुत, दरभङ्गा, कोसी, पूर्णिया, मुङ्गेर, भागलपुरसन्थाल परगना विभागहरू पर्दछन्।[]

पूर्वी तराईका छेउछाउका जिल्लाहरूले नेपाली मिथिला बनाउँछन्। [२२] यो क्षेत्र विदेह राज्यको हिस्सा थियो।[२३] यो राज्य रामायणमा दर्शाइएको छा। धेरैले जनकपुरलाई देवी सीताको जन्मस्थल भएको दाबी गर्छन् तर धेरैले सीतामढीलाई उनको जन्मस्थल मान्ने गरेका छन्। नेपालमा मैथिलहरू "स्वतन्त्र मैथिल राज्य" को दिशामा काम गरिरहेका छन्।[२४]

जातीय समूह र जातिहरू

सम्पादन गर्नुहोस्

मिथिला क्षेत्रमा धेरै जातीय समूह र जातहरू बस्छन्, जसमा मैथिल ब्राह्मण, मैथिल राजपूत, मैथिल भूमिहार, मैथिल कायस्थ, मैथिल अहिर, मैथिल कुर्मी, मैथिल कोइरी, मैथिल बनिया, मैथिल मुस्लिम र अन्य धेरै छन्।[२५]

 
तिरहुता लिपि

मैथिली जनताको साझा भाषा मैथिली हो, जुन भारतको मान्यता प्राप्त क्षेत्रीय भाषाहरू मध्ये एक हो र भारतीय संविधाननेपालको संविधानको आठौँ अनुसूचीमा सूचीबद्ध नेपालको दोस्रो राष्ट्रिय भाषा हो। तिरहुता लिपि, जसलाई मिथिलाक्षर लिपि पनि भनिन्छ मैथिली भाषाको मौलिक लिपिको रूपमा प्रयोग गर्ने गरिन्छ। यद्यपि, २०औँ शताब्दीमा अधिकांश मैथिली लेखकहरूले क्रमशः मैथिलीका लागि देवनागरी लिपिलाई अपनाएपछि यो लिपिको प्रयोग घट्दै गएको छ।[२६] केही परम्परागत पण्डितहरूले अझै पनि 'पट' (विवाह जस्ता महत्त्वपूर्ण कार्यहरूसँग सम्बन्धित औपचारिक पत्रहरू) लेख्नको लागि तिरहुता लिपि प्रयोग गर्ने गर्छन्।

उल्लेखनीय व्यक्तिहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  • मिथिला क्षेत्रको इतिहास
  • मिथिला क्षेत्रको संस्कृति

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Kirti Azad demands a separate Mithila state", m.indiatoday.in, अन्तिम पहुँच १४ फेब्रुअरी २०१७ 
  2. Dr. Arun C. Mehta, "District-wise Population (Census) Data: 2001 Census, India", Educationforallinindia.com, मूलबाट १७ सेप्टेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुलाई २०१३ 
  3. Dr. Arun C. Mehta, "Maithil Population (Nepali Census) Data: 2011 Census, Nepal", Educationforallnepal.com, मूलबाट १७ सेप्टेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुलाई २०१३ 
  4. "Demographics of Maithil population of Nepal" 
  5. Social Science and Social Concern: Felicitation Volume in Honour of Professor B.K. Roy Burman, १९८८, पृ: ४११, अन्तिम पहुँच १४ फेब्रुअरी २०१७ 
  6. ६.० ६.१ Sushasan Ke Aaine Mein Naya Bihar, Bihar (India), २०१०। 
  7. The Politics of India Since Independence, ८ सेप्टेम्बर १९९४, अन्तिम पहुँच १५ फेब्रुअरी २०१७ 
  8. Nationalism and Ethnicity in a Hindu Kingdom: The Politics and Culture of Contemporary Nepal, २०१२, पृ: २५१, अन्तिम पहुँच १४ फेब्रुअरी २०१७ 
  9. Ethnic Groups of South Asia and the Pacific: An Encyclopedia: An Encyclopedia, २०१२, अन्तिम पहुँच १४ फेब्रुअरी २०१७ 
  10. Michael Witzel (1989), Tracing the Vedic dialects in Dialectes dans les litteratures Indo-Aryennes ed.
  11. Raychaudhuri Hemchandra (1972), Political History of Ancient India, Calcutta: University of Calcutta, pp. 85–86
  12. Anthropology of Ancient Hindu Kingdoms: A Study in Civilizational Perspective, अन्तिम पहुँच ११ डिसेम्बर २०१६ 
  13. Wetlands management in North Bihar, अन्तिम पहुँच १४ डिसेम्बर २०१६ 
  14. Anthropology of Ancient Hindu Kingdoms: A Study in Civilizational Perspective, अन्तिम पहुँच १४ डिसेम्बर २०१६ 
  15. Origin of the Karnatas of Mithila – A Fresh Appraisal, १९६९। 
  16. A Political History of Literature: Vidyapati and the Fifteenth Century, २० नोभेम्बर २०१८। 
  17. Mughal Administration and the Zamindars of Bihar, २० जुन २०१९। 
  18. The Descent of the Nepalese Malla Dynasty as Reflected by Local Chroniclers, १९९१। 
  19. Choudhary, Indra Kumar (१९८८), "Some Aspects of Social Life of Medieval Mithila, 1350–1750 A.D.: With a Special Reference to Contemporary Literatures", पृ: ७४, अन्तिम पहुँच ११ अप्रिल २०१७ 
  20. (India), Bihar; Choudhury, Pranab Chandra Roy (१९५७), "Bihar district gazetteers, Volume 17", पृ: 16, अन्तिम पहुँच १० डिसेम्बर २०१६ 
  21. मैथिल एथ्नोलोगमा (१६औं संसकरण, २००९)
  22. Supplemental Information 3: An excerpt from Data Downloads page, where users can download original datasets., १३ अगस्ट २०२०, अन्तिम पहुँच २०२१-११-०५ 
  23. Michael Witzel (1989), Tracing the Vedic dialects in Dialectes dans les litteratures Indo-Aryennes ed.
  24. Nationalism and Ethnicity in a Hindu Kingdom, ६ डिसेम्बर २०१२, अन्तिम पहुँच ८ डिसेम्बर २०१६ 
  25. Anthropology of Ancient Hindu Kingdoms: A Study in Civilizational Perspective, अन्तिम पहुँच ६ फेब्रुअरी २०१७ 
  26. Chaudhary, Pranava (मे २२, २०११), "US scholar's project of encoding Tirhuta script into digital media", The Times of India, मूलबाट अप्रिल ५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०५ मिति