एड्स (en :Acquired immunedeficiency syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन एचआइभीले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् । तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अङ्गहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा 'एच‍‍.आइ.भी' पसेपछि सर्वप्रथम T-Lymphocyte कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरसले अन्य कोषहरूमा पनि प्रवेश गरी शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै विभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।1

एड्स
विभाग:Infectious diseases Edit this on Wikidata

शब्द बयानसम्पादन

  • अक्वायर्ड (Acquired) भनेको स्वास्थय व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्तिसँग बिमारी प्राप्त गरेको भन्ने बुझाउँछ ।
  • इम्मयुन वा इम्मयुनो (Immune or Immuno) प्रतिरक्षा प्रणालीसँग सम्बन्धित छ। प्रतिरक्षा प्रणाली शरीरको संक्रामक रोगसँग लड्ने हिस्सा हो ।
  • डिफिसेन्सी (Deficiency)को मतलब कमी हुन्छ। इम्मयुन डिफिसेन्सी (immunedeficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरूसँग लडन नसक्ने भन्नु हो जसका कारण विभिन्न थरीका रोगहरू लाग्न थाल्छन् ।
  • सिन्ड्रम (Syndrome) भनेको रोगहरूको लक्षण देखिने अवस्था हो ।

सङ्ख्यासम्पादन

 
विश्वभरीका एच आइ पनि संक्रमितहरूको संख्या (१९७९ देखि १९९५ सम्म)

सन् २००४ सम्म लगभग ३,०००,००० मानिसहरू एड्सले गर्दा मृत्यु भइसकेको छ । यी मानिसहरूमा लगभग ५००,०००को संख्या बालबालिकाहरूको थियो। सन् २००४ सम्म विश्वभरीको लगभग ४०,०००,००० मानिसहरूमा एचआईभी संक्रमण थियो ।

विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरू अफ्रिकामा बसोबास गर्छन र एड्सबाट मृत्यु हुने बालबालिकाहरु धेरै जसो अफ्रिकामा बस्छन् ।

धेरै यस्ता एचआईभी संक्रमित व्यक्तिहरूलाई आफ्नो संक्पीरमण बारे ज्ञान हुदैँन । त्यसैले पनि एआईभी पिडित ब्यक्तिहरूको संख्या यकिनका साथ भन्न गाह्रो छ ।

लक्षणहरुसम्पादन

एड्सका लक्षणहरु निम्न प्रकारका छन्:-

  • ज्वरो आउनु
  • पखाला लाग्नु
  • वजन घट्नु
  • कुपोषणका लक्षणहरू देखिनु
  • छालाका विभिन्न समस्या आउनु
  • मुख तथा घाँटीमा काई (सेतो) आउनु
  • दाँत वा गिजाका समस्याहरू
  • खोकी वा स्वास फेर्न गाह्रो हुनु
  • चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि|

संक्रमणसम्पादन

  • असुरक्षित यौन सम्पर्क र एचआईभीको संक्रमण
  • एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
  • सुई तथा सिरिन्जको साझा प्रयोगबाट
  • संक्रमित आमाबाट बच्चामा

रोकथामसम्पादन

आजको दिनसम्म यसलाई पूर्णरूपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। हामीसँग भएका औषधीहरु(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी शुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरूको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।

बच्ने उपाय

  • सुरक्षित यौन व्यवहार अपनाउने
  • सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने
  • सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
  • एचआइभी संक्रमित महिला गर्भवती नहुने
  • यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
  • आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
  • अङ्ग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
  • रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने

समाजमा एड्ससम्पादन

एचआईभी र एड्स: केही भ्रम, केही सत्यसम्पादन

साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाने गर्नाले एचआईभी संक्रमण सर्दैन। साधारणतया रगत लिँदादिँदा पनि यो रोग सर्दैन किनकी त्यस्तो बेला एचआईभी लगायत हेपाटाइटिस बी जस्ता सर्नसक्ने रोगहरूको परीक्षण गरिएको हुन्छ। तर असुरक्षित यौनसम्पर्क, एउटै सई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।

एचआइभी सर्ने माध्यम

  • असुरक्षित यौनसम्पर्कबाट
  • एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
  • सुई तथा सिरिन्जको साझा प्रयोगबाट
  • संक्रमित आमाबाट बच्चामा

यसरी सर्दैन

  • लामखुट्टेले टोकेर
  • एउटै भाँडामा खाना खाँदा
  • हाछ्यूँ गर्दा, खोक्दा
  • एउटै चर्पी प्रयोग गर्दा
  • एउटै लुगाफाटो प्रयोग गर्दा
  • चुम्बन गर्दा
  • सँगै पौडी खेल्दा
  • बिरामीको स्याहार-सुसार गर्दा
  • परिवारमा सँगै बस्दा

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भसम्पादन