चीनको ठूलो भोकमरी (चिनियाँ: 三年大饥荒, "तीन वर्षको भोकमरी") चीनमा १९५८ देखि १९६१ को भोकमरीको अवधि हो। अध्यक्ष माओको नीति नै यो भोकमरीको मुख्य कारक थियो। यस भोकमरीले गर्दा कुपोषणको कारणले ३ करोड मानिसहरूले ज्यान गुमाएको अनुमान गरिन्छ।