जवाहरलाल नेहरू

भारतीय वकिल, राष्ट्रसेवक,लेखक र भारतको पहिलो प्रधानमन्त्री

जवाहरलाल नेहरू (नोभेम्बर १४, १८८९ - मे २७, १९६४) स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री हुन्। उनको जन्म उत्तर प्रदेशको इलाहाबादमा भएको थियो।

पण्डित जवाहरलाल नेहरू
Jnehru.jpg
सन् १९४७ मा नेहरू
भारतको प्रथम प्रधानमन्त्री
कार्यकाल
१५ अगस्ट १९४७ – २७ मे १९६४
राष्ट्रपतिराजेन्द्र प्रसादसर्वपल्ली राधाकृष्णन
गभर्नरलुइस माउन्टब्याटन
चक्रवर्ती राजागोपालाचारी
पूर्वाधिकारीछैन
उतराधिकारीगुलजारिलाल नन्दा (अन्तरिम)
प्रथम भारतीय विदेशमन्त्री
कार्यकाल
१५ अगस्ट १९४७ – २७ मे १९६४
पूर्वाधिकारीछैन
उतराधिकारीगुलजारिलाल नन्दा
भारतको अर्थमन्त्री
कार्यकाल
८ अक्टोबर १९५८ – १७ नोभेम्बर १९५९
पूर्वाधिकारीटिटी कृष्णमाचारी
उतराधिकारीमोरारजी देसाई
व्यक्तिगत विवरण
जन्म(१८८९-११-१४)१४ नोभेम्बर १८८९
इलाहावाद, (ब्रिटिस भारत)
मृत्युमे २७, १९६४(१९६४-०५-२७) (७४ वर्ष)
दिल्ली (भारत)
जीवन साथी(हरू)कमला नेहरू
सन्तान(हरू)इन्दिरा गान्धी
पेशाराजनीति

जीवनीसम्पादन

जवाहरलाल नेहरूको जन्म इलाहाबादमा एक धनाढ्य वकील मोतीलाल नेहरूको घरमा भएको थियो। उनकी आमाको नाम स्वरूप रानी नेहरू थियो। उनी बाहेक मोतीलाल नेहरूका तीन छोरीहरू पनि थिए। नेहरू कश्मीरी वंशका सारस्वत ब्राह्मण थिए।

जवाहरलाल नेहरूले विश्वको केही राम्रा स्कूलहरू र विश्वविद्यालयमा शिक्षा प्राप्त गरेका थिए। उनले आफ्नो माथिल्लो तहको शिक्षा ट्रिनिटी क्याम्पस, लन्डनबाट पूरा गरेका थिए। यस पछि उनले आफ्नो कानुनको स्नातकोत्तर क्याम्ब्रिज विश्वविद्यालयबाट पूरा गरेका थिए। बेलायतमा उनले सात वर्ष बिताए जसमा त्यहाँको फ्याबियन समाजवाद र आयरल्यान्डेेेेेली राष्ट्रवादको लागि एक तर्कसङ्गत दृष्टिकोण विकसित गरेका थिए।

जवाहरलाल नेहरू सन् १९१२ मा भारत फर्केर वकालत सुरु गरेका थिए। सन् १९१६ मा उनको विवाह कमला नेहरूसँग भएको थियो। सन् १९१७ मा जवाहरलाल नेहरू होम रूल लिगमा सामेल भएका थिए। राजनीतिमा उनको असली दीक्षा दुई वर्ष सन् १९१९ मा भयो जब उनी महात्मा गान्धीको सम्पर्कमा आएका थिए। त्यस समय महात्मा गान्धीले रोलेट अधिनियमको विरूद्ध एक अभियान सुरु गरेको थियो। नेहरू महात्मा गान्धीको सक्रिय तर शान्तिपूर्ण, सविनय अवज्ञा आन्दोलन प्रति आकर्षित भएका थिए। गान्धीले पनि युवा जवाहरलाल नेहरूमा भारतको भविष्य देख्दै उनलाई अगाडि बढ्न प्रेरित गरेका थिए।

नेहरूले महात्मा गान्धीको उपदेश अनुसार आफ्नो परिवारलाई पनि परिणत गरेका थिए। जवाहरलाल र मोतीलाल नेहरूले पश्चिमी कपडा र महँगो सम्पत्ति त्याग गरेका थिए। उनले त्यसपटि एक सादा कुर्ता र गाँधी टोपी लगाउन थालेका थिए। जवाहरलाल नेहरूले सन् १९२० देखि सन् १९२२ सम्म असहयोग आन्दोलनमा सक्रिय रूपले भाग लिँदै यसै क्रममा उनी पहिलो चोटी गिरफ्तार भएका थिए। केही महिना पछि उनलाई रिहा गरिएको थियो।

जवाहरलाल नेहरू सन् १९२४ मा इलाहाबाद नगर निगमको अध्यक्ष निर्वाचित हुँदै सहरको मुख्य कार्यकारी अधिकारीको रूपमा २ वर्ष सेवा गरेका थिए। यो उनको लागि एक मूल्यवान प्रशासनिक अनुभव थियो जुुुन उनलाई देशको प्रधानमन्त्री बनेपछि काम आएको थियो। उनले आफ्नो कार्यकालको प्रयोग सार्वजनिक शिक्षाको विस्तार, स्वास्थ्यको रेखदेख र स्वच्छताको लागि गरेका थिए। सन् १९२६ मा उनले ब्रिटिस अधिकारीहरूबाट सहयोगको कमी भएको भनेर राजीनामा दिएका थिए। सन् १९२६ बाट १९२८ सम्म जवाहरलालले अखिल भारतीय काङ्ग्रेस समितिको महासचिवको रूपमा सेवा गरेका थिए। सन् १९२८ देखि सन् १९२९ सम्म काङ्ग्रेसको वार्षिक अधिवेशनको आयोजन मोतीलाल नेहरूको अध्यक्षतामा भएको थियो। त्यस अधिवेशनमा जवाहरलाल नेहरू र सुवासचन्द्र बोसले पूर्ण राजनीतिक स्वतन्त्रताको मागको समर्थन गरे, जबकि मोतीलाल नेहरू र अन्य नेताहरूले ब्रिटिस साम्राज्यको भित्र नै प्रभुत्व सम्पन्न राज्यको दर्जा पाउनु पर्ने मागको समर्थन गरेका थिए। मुद्दाको हल गर्न गान्धीले बीचको बाटो निकालेर भने कि ब्रिटेनलाई भारतलाई राज्यको दर्जा दिनका लागि २ वर्षको समय दिइनेछ र यदि यस्तो नभएमा काङ्ग्रेस पूर्ण राजनीतिक स्वतन्त्रताको लागि एक राष्ट्रिय सङ्घर्ष सुरु गर्नेछ। ब्रिटिस सरकारले यसको कुनै जवाफ दिएन।

डिसेम्बर १९२९ मा काङ्ग्रेसको वार्षिक अधिवेशन लाहौरमा आयोजित गरे जसमा जवाहरलाल नेहरू काङ्ग्रेस पार्टीको अध्यक्ष निर्वाचित भएका थिए। यही सत्रमा एक प्रस्ताव पनि पारित भयो जसमा भारत स्वतन्त्रताको माग गरिएको थियो। २६ जनवरी १९३० मा लाहौरमा जवाहरलाल नेहरूले स्वतन्त्र भारतको झण्डा फहराएका थिए। गान्धीले पनि सन् १९३० मा सविनय अवज्ञा आन्दोलनको आह्वान गरेका थिए। आन्दोलन निकै सफल रह्यो र यसले बेलायत सरकारलाई प्रमुख राजनीतिक सुधारको आवश्यकता स्वीकार गर्न बाध्य बनाएको थियो।

जब ब्रिटिश सरकारले भारत अधिनियम १९३५ प्रख्यापित गरे तब काङ्ग्रेस पार्टीले चुनाव लडने फैसला गर्‍यो। नेहरू चुनाव भन्दा बाहिर रहे तर जोरका साथ पार्टीको लागि राष्ट्रव्यापी अभियान चलाए। कांग्रेसले लगभग हर प्रांतमा सरकार गठन गर्‍यो[ र केन्द्रीय असेंबलीमा सबैभन्दा बढी सीट जित्यो। नेहरू कांग्रेसको अध्यक्ष पदमा १९३६, १९३७ र १९४६ मा चुनिएका थिए र राष्ट्रवादी आन्दोलनमा गान्धी पछाडी द्वितीय स्थान हासिल गरे। उनलाई १९४२ मा भारत छोडो आन्दोलनमा गिरफ्तार पनि गरियो र १९४५ मा छोडियो। १९४७ मा भारतपाकिस्तानको मुक्तिको समय उनले अङ्ग्रेजी सरकारसँग भएको वार्तामा महत्त्वपूर्ण रूपमा भाग लिए।

१९४७ मा उनी स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री बने। अङ्ग्रेजले करीब ५०० राज्य रजौटालाई एक साथ स्वतन्त्र गरेको थियो र त्यसबेला सबैभन्दा ठूलो चुनौती ती राज्य रजौटाहरूलाई एउटा झण्डा मुनी ल्याउनु। उनले भारतको पुनर्गठनको मार्गमा आएको हर चुनौतीको समझदारी पूर्वक सामना गरे। जवाहरलाल नेहरूले आधुनिक भारतको निर्माणमा महत्त्वपूर्ण भूमिका निभाए। उनले योजना आयोगको गठन गरे, विज्ञान र औद्योगिक विकासलाई प्रोत्साहित गरे र तीन लगातार पञ्चवर्षीय योजना शुभारंभ गरे। उनको नैतिको कारण देशमा कृषि र उद्योगको एक नया युग शुरु भयो। नेहरूले भारतको विदेश नैतिको विकासमा एक प्रमुख भूमिका निभाए।

विदेश नीतिसम्पादन

जवाहर लाल नेहरूले जोसिप ब्रोज टिटोगमाल अब्देल नासेरको साथमा मिलेर एसिया र अफ्रिकामा उपनिवेशवादको अन्त्यका लागि एक असंलग्न आन्दोलनको सुरुवात गरे। उनी कोरियाली युद्धको अन्त्य गर्न, स्वेज नहर विवाद सुल्झाउन र कंगो समझौतालाई मूर्तरूप दिन जस्ता अन्य अन्तरराष्ट्रीय समस्या हरूको समाधानमा मध्यस्थको भूमिकामा रहे। पश्चिम बर्लिन, अस्ट्रिया, र लाओस लगायत अन्य विस्फोटक मुद्दाको समाधानमा पर्दा पछाडी बाटै उनको महत्त्वपूर्ण योगदान रह्यो। उनलाई वर्ष १९५५ मा भारत रत्नबाट सम्मनित गरियो।

तर नेहरूले पाकिस्तान र चीनसँग भारतको सम्बन्धमा सुधार ल्याउन सकेनन्। पाकिस्तान सँग एक सम्झौता सम्म पुग्नलाई कश्मीर मुद्दा र चीनको साथ मित्रतामा सीमा विवाद बाटाका काडा साबित भए। नेहरूले चीन सँग मित्रताको हात पनि बढाए, तर १९६२ मा चीनले आक्रमण गर्‍यो। नेहरूको लागि यो एक ठूलो झटका थियो र शायद उनको मृत्यु पनि यही कारण भयो। २७ मे, १९६४ मा जवाहरलाल नेहरू लाई हृदयघात भयो जसले उनको मृत्यु भयो।

आलोचनासम्पादन

धेरै मानिसहरूको विचार छ कि नेहरूले अन्य नेताको तुलनामा भारतको स्वतन्त्रता सङ्ग्राहमा कम योगदान दिएका थिए। तापनि गान्धीजीले उनलाई भारतको प्रथम प्रधानमन्त्री बनाए भारतका अरू विभिन्न समस्याहरूमा पनि नेहरूलाई जिम्मेवार मानिन्छ जसमध्ये केही तल उल्लेख गरिएको छ।

  • लेडी माउन्टबेटनको साथ नजीकको सम्बन्ध
  • काश्मीरको समस्या
  • चीनद्वारा भारत माथि हमला
  • मुस्लिम तुष्टीकरण (मुसलमानलाई सन्तुष्ट गराइरहने)
  • भारतद्वारा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा स्थायी सदस्यताको लागि चीनको समर्थन
  • हिन्दीलाई भारतको राष्ट्रभाषा बनाउनमा ढीलो गर्नु वा अन्तमा अनन्तकालका लागि स्थगन
  • भारतीय राजनीतिमा कुलीनतन्त्र कायम गर्नु
  • गान्धीवादी अर्थव्यवस्थाको हत्या एवम् ग्रामीण भारत लाई नदेख्नु
  • भारतीय इतिहास लेखनमा गैर-काङ्ग्रेसी तत्त्वको अवहेलना

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन