जन मेनार्ड कीन्स[१] प्रसिद्ध अर्थशास्त्री जेम्स मेनार्ड कीन्सका पुत्र हुन् । कीन्स बेलायतको लर्ड परिवारमा जन्मेका हुन् । उनको जीवन अर्थशास्त्रको क्षेत्रमा महत्त्वपूर्ण दृष्टिकोण प्रदान गर्ने व्यक्तिको रूपमा आदर गरिन्छ ।जनरल थियरी अफ इन्कम इम्प्लोयमेन्ट एन्ड मनी उनको एक प्रसिद्ध कृति हो । उनले अर्थशास्त्रलाई म्याक्रो दृष्टिकोण प्रदान गरे ।[२] त्यसैले कीन्सलाई म्याक्रो अर्थशास्त्रका जन्मदाता पनि भनिन्छ ।[३] जान मेनार्ड कीन्स (सन् १८३३) को पुस्तक जनरल थ्योरी अफ इम्प्लोयमेन्ट, इन्ट्रेस्ट एन्ड मनी (सन् १९३६) अर्थशासत्रको महत्त्वपूर्ण पुस्तक हो । यसग्रन्थले पाश्चात्त्य अर्थशास्त्रीका विचारधारामा आमूल परिवर्तन गरेो छ । ह्यारोड डोमार मोडेल, लियोन्तीफको इन पुट आउट पुट मोडेल इत्यादि अनेक मोडेल यसै ग्रन्थमा आधारित छन् । पल सैमुअल्सनले भनेका छन्, कुनै पनि अर्थशास्त्री जसले कीन्सको विचार अध्ययन गरेको छ पुराना विचारधारामा फर्केको छैन । केन्सको प्रभावले गर्दा उनका आलोचक पूर्ववर्तीहरु पनि उनका समर्थक बनेका छन् । उनी ज्यादै स्पष्ट अर्थशास्त्री रहेका छन् । त्यसैले उनका आर्थिक विचार सरल र स्पष्ट छन् । व्यावहारिक अर्थशास्त्रका क्षेत्रमा पनि यिनको अतुलनीय योगदान छ, अमेरिकाको न्यू डील, अन्तर्राष्ट्रिय मुद्रा कोष, र अन्तर्राष्ट्रिय पुननिर्माण एवं विकास बैङ्क (विश्व बैङ्क), ब्रेटनवुडस सम्मेलनमा उनको सक्रिया योगदान रहेको छ ।[४] कीन्सलाइ ृसमष्टि अर्थशास्त्रको जन्मदाता पनि भनिन्छ । कीन्सलाइ समष्टि अर्थशास्त्रको जन्मदाता पनि भनिन्छ । उनले आफ्नो जनरल थ्योरी ग्रन्थमा समष्टि आर्थिक विश्लेषणलाई स्पष्ट गरेका छन् । कीन्सको सिद्धान्तका मुख्य भनाई यस प्रकार छ

  1. कुल उपभोग
  2. कुल लगानी
  3. गुणक
जन मेनार्ड कीन्स
जन्म(१८८३-०६-०५)५ जुन १८८३
क्यामरिज,, बेलायत
मृत्यु२१ अप्रिल १९४६(1946-04-21) (उमेर ६२)
टिल्टन, बेलायत

उनले अर्थशास्त्रमा कुल आय र प्रभावपूर्ण मागको अवधारणा प्रतिपादन गरेका छन् । यस अनुसार अर्थव्यवस्थामा कुल रोजगार प्रभावपूर्ण मागमा भर पर्दछ । प्रभाव पूर्ण माग कुल उपभोग र कुल लगानीबाट निर्धारित हुन्छ । उपभोगको निर्धारण आयको आकार र समाजको यपभोग प्रवृत्तिले गर्दछन् । त्यसैले रोजगार बढाउन उपभोग र लगानी दुवैमा वृद्धि गर्नु पर्दछ । उपभोग प्रवृत्तिका आारमा कीन्सले गुणकको अवधारणा पनि प्रतिपादन गरेका छन् । यस अनुसार यदि समाजले आफ्नो कुल आयको ७५ प्रतिशत खर्च गर्छ भने आयको तीन चौथाई खर्च गर्ने बानीले गर्दा राष्ट्रिय आयमा चार गुना वृद्धि हुन जान्छ । अर्थात् समाजमा रु. १०० आय वृद्धि गर्दा त्यसको रु. ४०० बराबरको उत्पादन र रोजगार हुन जान्छ ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Jenkins, Nicholas, "John Maynard Keynes 1st Baron Keynes (I7810)", W. H. Auden – 'Family Ghosts', Stanford University, अन्तिम पहुँच १८ अक्टोबर २०११  वेब्याक मेसिन अभिलेखिकरण २६ अक्टोबर २०१३ मिति
  2. http://www.amazon.com/Great-Economists-Joseph-Alois-Schumpeter/dp/1932512098
  3. ज्ञवाली, बाबु राम वि.सं.२०५३, समष्टि अर्थशास्त्रको परिचय, काठमाडौँ : कोसेली प्रकाशन ।
  4. वैश्य, एम सी, सन् १९९३, आर्थिक विचारोंका इतिहास, आगरा : विनोद प्रकाशन मन्दिर ।