अर्नेस्तो "चे" गेभारा स्पेनी उच्चारण: [ˈtʃe ɣeˈβaɾa]) (जन्म:१४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टिनाका मार्क्सवादी क्रान्तिकारी थिए जसले क्युबाको क्रान्तिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रान्ति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरेका थिए। मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवम् वामपन्थी गतिविधिहरूको प्रतीक बनेको थियो।[१]


चे गेभारा
जन्म: १४ जुन १९२८
रोसारिओ, अर्जेन्टिना
मृत्यु:९ अक्टूबर १९६७ (३९ वर्षको उमेरमा)
ला इगुएरा, बोलिभिया
कार्यक्षेत्र: राजनीतिक क्रान्ति
माताको नाम:केलिया डि ला सर्ना लोसा
पिताको नाम:आर्नेस्तो गेभारा लिन्च
क्रान्तिको असर परेका देश:दक्षिणी अमेरिकाका प्रायः सबै राष्ट्रहरू
क्रान्तिको क्षेत्र(विषय):साम्यवादी
आन्दोलन:साम्यवादी
क्रान्तिको परिणाम:साम्यवादी सरकारको स्थापना
अन्य कार्य:लेखन
वेबपेज:-
हस्ताक्षर:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Casey 2009, p. 128.

बाहिरका कडीहरू सम्पादन गर्नुहोस्