बन्दिपुर गाउँपालिका

(बन्दीपुर गाउँपालिकाबाट अनुप्रेषित)

बन्दिपुर गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो। आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिँदा बन्दिपुरलाई नगरपालिका घोषणा गरिएको थियो।[] यसलाई नगरपालिका घोषणा गर्दा धरमपानी र बन्दिपुर गाउँ विकास समिति समावेश गरिएको थियो।[] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको बन्दिपुर नगरपालिकामा घाँसीकुवाका (१,९) वडाहरू, र केशवटारका (१,९) वडाहरूलाई समेटेर बन्दिपुर गाउँपालिका घोषणा गरिएको थियो।[][] बन्दिपुर गाउँपालिकाको केन्द्र साविक बन्दिपुर नगरपालिकाको कार्यालय रहेको छ।[] बन्दिपुर गाउँपालिकामा ६ वडाहरू रहेका छन । बन्दिपुरको कुल क्षेत्रफल १०२ वर्ग कि.मी. छ ।[] बन्दिपुर नेवारी कला र संस्कृतिको लागि पनि प्रसिद्ध छ।

बन्दिपुर गाउँपालिका
बन्दिपुरबाट देखिने पहाडी दृष्य
बन्दिपुरबाट देखिने पहाडी दृष्य
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • अध्यक्षसुरेन्द्रबहादुर थापा (नेकपा (एमाले))
 • उपाध्यक्षपञ्चमाया गुरुङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०२ किमी (३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,५३२
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको बन्दीपुर नगरपालिकाको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बन्दिपुर गाउँपालिकाको कुल जनसङ्ख्या १८,५३२ रहेको छ भने यहाँ ५,२०८ घरधुरी रहेका छन्।[]

बन्दिपुर तनहुँको पुरानो सदरमुकाम सहर हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमा रहेको थियो । तनहुँ, कास्की, लमजुङगोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको विकास भएको हो । तनहुँ जिल्लाको सदरमुकामको रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो ।

भुगोल तथा संस्कृति

सम्पादन गर्नुहोस्

नेवार संस्कृतिमा लिपिएको बन्दिपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दिपुरका विशेषता हुन् । बन्दिपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दिपुरको विशेषता हो । बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३०० कि.मी. फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन् ।

बन्दिपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित), अन्नपूर्ण, धौलागिरिकाञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन् । तलतिर मर्स्याङ्दी नदीले बनाएका उपत्यका हेर्दा लाग्छ, बन्दिपुर उपत्यका माथि झुण्डिइरहेको छ ! बन्दिपुरले प्राकृतिक भ्यु टावरको उपमा यसै पाएको होइन ।

बन्दिपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ । यहाँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दिपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दिपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङ चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडरहरू तल फाल हाल्ने गर्छन् । पोखराका कम्पनीहरूले यहाँको प्याराग्लाइडिङको व्यवस्थापन गरेका छन् । सेती नदीमा राफ्टिंग गर्न दमौली आउनेहरूले पनि बन्दिपुरमा एक दिन बास बस्ने गरेका छन् । मुग्लिनबाट आधा घण्टा जतिमा गाडीमा पृथ्वी राजमार्गको डुम्रेबजार पुगिन्छ । त्यहाँबाट दुई किमि पश्चिममा पिप्ले, जहाँबाट आधा घण्टा मोटर यात्राबाट पुरानो पहाडी सहर बन्दिपुर पुग्न सकिन्छ ।

पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दिपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दिपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । मध्यजेठदेखि मध्यअसारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन् । बन्दिपुरमा घुम्नको लागि बसोबासको समस्या छैन । टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ । यहाँका कतिपय घरहरूमा खाना र बिहानको खाजा खाने गरी सशुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ । बन्दिपुरका प्रमुख आकर्षणहरूमा खड्गदेवी माई मन्दिर पनि एक हो ।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
  4. "बन्दीपुर नगरपालिका", बन्दीपुर नगरपालिका  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-१८ मिति
  5. "तनहुँका दुई नगरपालिका गाउँपालिका निर्धारण", कारोबार, २४ पौष, २०७३, अन्तिम पहुँच २४ पौष, २०७३ [स्थायी मृत कडी]
  6. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
  7. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  8. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  9. संवाददाता, नागरिक (४ असोज, २०७१), "नेपालको घुम्नैपर्ने १३ गन्तब्य", नागरिक दैनिक, अन्तिम पहुँच ४ असोज, २०७१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-२८ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्