पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । यसलाई सेती उपत्यका पनि भन्ने गरिन्छ । नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको पोखरा लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर उपत्यका बाहिर निस्कन्छन् । पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो । यहाँ फेवा ताल, बेगनास ताल, रूपा ताल खास्टे ताल लगायतका ठुला तथा मैदी दिपाङ, कमलपोखरी लगायतका साना तालहरू यो उपत्यका भित्रै रहेका छन् ।

पोखरा उपत्यका

वर्तमान नेपाल एकीकरण हुनु अगाडि पोखरा कास्की राज्य अन्तर्गत थियो । ऐतिहासिक कास्कीकोट उपत्यकाको उत्तरी छेउमा रहेको छ । पृथ्वी नारायण शाहका माहिला छोरा नायव बहादुर शाहको समयमा पोखरा उपत्यका बर्तमान नेपालमा मिलाईएको हो । पोखरा उपत्यकाको पोखरा उपमहानगरपालिका १८६,४१० र लेखनाथ नगरपालिका मा ४६,२२१ जनसङ्ख्या रहेको छ । साथै उपत्यकाका अन्य गांउहरूमा ३५०,००० जती जनसङ्ख्या रहेको छ । पोखरा तथा लेखनाथ को मुख्य व्यवसाय पर्यटन हो । यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन । फेवा ताल मा पर्ने माछापुछ्रे को छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्सिनसक्नुका छन । साथै अन्नपूर्ण पदयात्रामार्ग पनि यंहीबाट शुरू हुन्छ । साथ साथै पोखरा उपत्यका पश्चिमाञ्चल नेपालको प्रमुख शिक्षा तथा श्वास्थ केन्द्र पनि हो, नेपालकै प्रख्यात पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविद्यालय तथा अन्य क्यापस तथा विद्यालय रहेको पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, मणीपाल मेडिकल कलेज शिक्षण अस्पताल सहित थुप्रै श्वास्थ संस्था रहेका छन्।

पोखरा उपत्यका पूर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्य पहाडी क्षेत्र,काठमाण्डौ उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पूर्व र पश्चिम नेपालको तराइसँग जोडिएको छ भने सिद्धार्थ राजमार्गले पोखरालाई पश्चिम तराई, र केही पहाडी जिल्लासंग तथा धवलागिरी राजमार्गले पश्चिम उत्तरी पहाडी हिमाली क्षेत्रसँग जोडेका छन। पोखरा एकदमै रमणीय र रोचक सहर हो।

फेवा लके

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्