पञ्जाब, पाकिस्तान

पाकिस्तानको एक प्रदेश।
(पञ्जाब (पाकिस्तान) बाट पठाईएको)

पञ्जाब (उर्दू र पञ्जाबी: پنجاب), यसका बारेमा सुन्नुहोस् ), पाकिस्तानको सर्वाधिक धेरै जनसङ्ख्या भएको प्रदेश हो जसको जनसङ्ख्या सन् २०१७ का अनुसार, ११०,०१२,४४२ रहेको छ। यस प्रदेश सिन्ध, बलुचिस्तान, र खयबर पख्तुनख्वा, इस्लामाबाद, र आजाद काश्मीरहरू जस्ता पाकिस्तानी प्रदेशहरूद्वारा घेरिएको छ। यसले भारतीय राज्य पञ्जाब, राजस्थान, र जम्मू-काश्मीरको भारतीय प्रशासित क्षेत्रसँग पनि सीमा साझेदारी गरेको छ। प्रदेश राजधानी तथा सबैभन्दा ठूलो सहर लाहोर हो जुन सहर पाकिस्तानको सांस्कृतिक, ऐतिहासिक, आर्थिक र विश्वव्यापी केन्द्र हो जहाँ देशको चलचित्र उद्योग, र यसको धेरै फेसन उद्योग पनि आधारित छन्। चीन वा भारत बाहिर सबैभन्दा धेरै जनसंख्या भएको यस प्रदेश विश्वको पाँचौँ सर्वाधिक जनसङ्ख्या भएको उपराष्ट्रिय इकाई समेत हो।

पञ्जाब

پنجاب
Night View of Badshahi Mosque (King’s Mosque).jpg
Front Elevation of Noor Mahal.jpg
Splendid Shrine of Hazrat Baha-ud-din Zakariya.jpg
Naulakha Pavilion in Lahore Fort.jpg
बादशाही मस्जिद
 • बहाउद्दिन जकरिया तिर्थ
नवलखा मण्डप 
नूर महल
पञ्जाबको झण्डा
झण्डा
पञ्जाबको आधिकारिक छाप
छाप
पाकिस्तानको नक्सामा पञ्जाबको अवस्थिति
पाकिस्तानको नक्सामा पञ्जाबको अवस्थिति
निर्देशाङ्क: ३१°N ७२°E / ३१°N ७२°E / 31; 72निर्देशाङ्कहरू: ३१°N ७२°E / ३१°N ७२°E / 31; 72
देशFlag of Pakistan.svg पाकिस्तान
स्थापना१ जुलाई १९७०
राजधानीलाहोर
सबैभन्दा ठूलो सहरलाहोर
सरकार
 • प्रकारस्वशासित प्रदेश, सङ्घीय सरकारको अधिनमा
 • अङ्गपञ्जाब सरकार
 • गभर्नरचौधरी मोहम्मद सरवार
 • मुख्यमन्त्रीसरदार रउस्मान बुज्दर
 • मुख्य सचिवजवद रफीक मलिक (पाकिस्तान प्रशासनिक सेवा)
 • व्यवस्थापिकाप्रदेश सभा
 • सर्वोच्च अदालतलाहोर सर्वोच्च अदालत
क्षेत्रफल
 • जम्मा२०५,३४४ किमी (७९,२८४ वर्ग माइल)
क्षेत्रफल क्रमदोस्रो
जनसङ्ख्या
 (सन् २०१७)
 • जम्मा११००१२४४२[१]
 • क्रमप्रथम
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तानी मानक साय)
भाषा
राष्ट्रिय सभामा सिटहरू१८३
मानव विकास सूचकाङ्क (सन् २०१८)०.५६७ Green Arrow Up Darker.svg[२]
मध्यम
प्रदेशिय विधानसभामा सीटहरू३७१[३]
विभाग
जिल्ला३६
तहसिल१४६
सङ्घीय परिषद७६०२
वेबसाइटwww.punjab.gov.pk

पुरातन कालदेखि नै पञ्जाबमा मानिसहरूको बसोबास रहेको थियो। सिन्धु उपत्यकाको सभ्यता, २६०० ईपुमा हडप्पामा पहिलो पटक फेला परेको थियो।  पञ्जाब हिन्दू महाकाव्य महाभारतमा भारी मात्रामा देखा परेको छ, र यहाँ तक्षशिलाका कुराहरू उल्लेख छ जसलाई धेरैले विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय मान्दछन्। ३२६ ईपुमा अलेक्ज्यान्डर द ग्रेटले राजा पोरसलाई पञ्जाबको मोङ नजिकै झेलमको युद्धमा पराजित गरेका थिए। उमायाद साम्राज्यले ८औँ शताब्दीमा पञ्जाबमाथि जित हासिल गरेको थियो। त्यसपछिका शताब्दीहरूमा, पञ्जाबले धजनभिआन, घुरिड, दिल्ली सल्तनत, मुघल, दुर्रानी र सिखले आक्रमण गर्दै  कब्जा गरेका थिए। मुघल साम्राज्यको शासनकालमा पञ्जाब आफ्नो वैभवको उचाईमा पुगेको थियो। १८औँ शताब्दीको बेला, नादर शाहको मुघल साम्राज्यको आक्रमणले पञ्जाबमा मुघलको अधिकार खस्किएको थियो र यो अराजकतामा परेको थियो। अहमद शाह दुर्रानीको अधीनमा रहेका दुर्रानी अफगानहरूले पञ्जाबको कब्जा गरेका थिए तर सफल विद्रोह पछि यसले सिखलाई पराजित गरेको थियो जसले सन् १७५९ मा सिख सेनालाई लाहोरको दावी गर्न अनुमति दिएको थियो। सिख साम्राज्य सन् १७९९ मा रणजित सिंहको शासनमा स्थापित भएको थियो र बेलायतीसँग पराजित हुनु अघि, यसको राजधानी लाहोर रहेको थियो। पञ्जाब, भारत र पाकिस्तान दुबैको स्वतन्त्रता आन्दोलनमा केन्द्रित थियो, लाहोरलाई भारतीय स्वतन्त्रताको घोषणापत्र र पाकिस्तानको स्थापनाको लागि प्रस्ताव गरिएको दुबैको स्थान थियो। बेलायती भारतको पञ्जाब प्रदेश सन् १९४७ मा विभाजित भएको थियो। राडक्लिफ रेखाद्वारा धार्मिक सीमा विभाजित भएको बेला यो प्रदेशको गठन भएको थियो।

पञ्जाब पाकिस्तानको सबैभन्दा औद्योगिक प्रदेश हो र औद्योगिक क्षेत्रले यस प्रदेशको कुल घरेलु उत्पादनको २२४% कायम गरेको छ।  पञ्जाब पाकिस्तानमा यसको सापेक्ष समृद्धिका लागि परिचित छ, र सबै पाकिस्तानी प्रदेशहरूमध्ये सबैभन्दा कम गरीबी दर भएको प्रदेश हो। प्रदेशको उत्तरी र दक्षिणी भागको बीचमा स्पष्ट विभाजन रहेको छ। पाकिस्तानको सबैभन्दा कम सम्पन्न उत्तरी पञ्जाबमा गरीबी दर बढी रहेको छ। पञ्जाब दक्षिण एसियाको सबैभन्दा ठूलो सहरी क्षेत्रहरू मध्ये एक हो जसमा करीव ४०% मानिसहरू सहरी क्षेत्रमा बस्दछन्।  पाकिस्तानको बाँकी देशको तुलनामा यसको मानव विकास सूचकाङ्कको स्तर उच्च छ।

यो प्रदेश सुफीवादबाट अत्यन्तै प्रभावित छ, धेरै सूफी तीर्थस्थलहरू पञ्जाबभरि फैलिएका छन जसले वर्षेनी लाखौँ श्रद्धालुहरूलाई आकर्षित गर्दछ। सिख धर्मका संस्थापक, गुरू नानकको जन्म लाहोर नजिकैको ननकाना साहिबमा भएको थियो। पञ्जाब कटासराज मन्दिरको क्षेत्र हो, जुन हिन्दू पौराणिक कथाका लागि प्रख्यात छ। धेरै संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक र सांस्कृतिक सङ्गठनको विश्व सम्पदा स्थलहरू पञ्जाबमा अवस्थित छन् जसमा शालीमार बगैँचा, लाहोर किल्ला, तक्षशिला पुरातात्विक उत्खनन, र रोहतास किल्ला समावेश छ।

शब्दको उत्पत्तिसम्पादन

रिग वेदमा पञ्जाबलाई सप्त सिन्धु भनेर चिनिन्थ्यो जसको अर्थ हो "सात नदीहरूको भूमि" हो। यो क्षेत्र पुरातन युनानीहरूलाई पेन्तापोतामिया भनेर चिनिन्थ्यो, जसको अर्थ हो "पाँच नदीको क्षेत्र", जबकि यस क्षेत्रको लागि संस्कृत नाम, रामायण र महाभारतमा उल्लेख गरिएको, पञ्चनदा थियो जसको अर्थ "पाँच नदीहरूको भूमि" हो। फारसीहरूले पछि यस क्षेत्रलाई मुस्लिम विजय पछि पञ्जाब भन्ने गर्दथे जसको पनि अर्थ" पाँच नदीहरूको भूमि "हो। पञ्जाब शब्द औपचारिक रूपमा इ.स. १७औँ शताब्दीको सुरुमा फारसी शब्दबाट पञ्च (पाँच) र आब (पानी), भएको थियो जसको अर्थ यस क्षेत्रको लागि संस्कृत र युनानी नामसँग मिल्दोजुल्दो छ। पाँच नदीहरू, जसमा चेनाब, झेलम, रवि, व्यास र सतलज, पञ्जनद खोलाबाट सिन्धु नदीमा र अरब सागरमा बग्दछ। पञ्जाबका पाँच ठूला नदीहरूमध्ये चारवटा पाकिस्तानको पञ्जाब प्रदेश हुँदै बग्दछ।

जनसङ्ख्या र समाजसम्पादन

जनशाङ्खिकिसम्पादन

ऐतिहासिक जनसङ्ख्या विवरण[४]
जनगणना जनसङ्ख्या सहरी ग्रामीण

सन् १९५१ २०,५४०,७६२ ३,५६८,०७६ १६,९७२,६८६
सन् १९६१ २५,४६३,९७४ ५,४७५,९२२ १९,९८८,०५२
सन् १९७२ ३७,६०७,४२३ ९,१८२,६९५ २८,४२४,७२८
सन् १९८१ ४७,२९२,४४१ १३,०५१,६४६ ३४,२४०,७९५
सन् १९९८ ७३,६२१,२९० २३,०१९,०२५ ५०,६०२,२६५
सन् २०१७ ११०,०१२,६१५ ७०,००८,४५१ ४०,४०१,१६४

यस प्रदेश पाकिस्तानको आधा भन्दा बढी जनसङ्ख्याको एकत्रित छ। यो विश्वको पाँचौँ धेरै जनसङ्ख्या भएको उप-राष्ट्रिय इकाई समेत हो। यो चीन वा भारत भन्दा बाहिर सबैभन्दा धेरै जनसङ्ख्यायुक्त प्रदेश हो। पञ्जाबीहरू विभिन्न जातजाति, कुल (उर्दू: برادری) र समुदायहरू सहितको एक विषेश समूह हो। पाकिस्तानी पञ्जाबमा, कडा सामाजिक स्तरीकरणको विपरीत गैर-आदिवासी सामाजिक भेदभाव मुख्यतया परम्परागत व्यवसायहरू जस्तै लोहार वा कारीगरहरूमा आधारित छ।

पञ्जाबमा पाकिस्तानमा सबैभन्दा कम गरीबी दर छ, यद्यपि यो प्रदेशको उत्तरी र दक्षिणी भागमा विभाजन रहेको छ। प्रदेशको समृद्ध उत्तरी भागको सियालकोट जिल्लामा गरीबी दर ५.६३% रहेको छ जबकि गरीब मध्येको एक दक्षिणमा रहेको राजनपुर जिल्लामा गरीबी दर ६०.०५% रहेको छ।

भाषाहरूसम्पादन

पञ्जाबका भाषाहरू
(सन् २०१७ को जनगणना)[५]
पञ्जाबी
  
६९.६७%
सराइकी
  
२०.६८%
उर्दू
  
४.८७%
पश्तो
  
१.९८%
बलूची
  
०.८३%
सिन्धी
  
०.१५%

पञ्जाबमा बोलिने मुख्य र मातृभाषा भनेको पञ्जाबी हो जुन सामान्यतया शाहमुखी लिपिमा लेखिने गरिन्छ छ जुन पञ्जाबी लेख्नको लागि प्रयोग हुने सबैभन्दा पुरानो लिपि हो। पञ्जाब देशकै सबैभन्दा ठूलो जातीय समूह हो। पञ्जाबी पञ्जाबको प्रदेश स्तरीय भाषा हो तर पाकिस्तानको संविधानमा राष्ट्रिय स्तरमा यसलाई आधिकारिक मान्यता प्रदान गरिएको छैन।

सराइकी वा पूर्व मुल्तानी भाषा प्रायः दक्षिण पञ्जाब, र पश्तो, उत्तर पश्चिम पञ्जाबका केही भागहरूमा, खास गरी अटक जिल्ला र खयबर पख्तुनख्वा प्रदेशको नजिकको मियाँवाली जिल्लामा बोल्ने गरिन्छ।

 
लाहोरमा पञ्जाबीहरूले पाकिस्तानको पञ्जाबमा पञ्जाबी भाषालाई विद्यालय शिक्षाको औपचारिक भाषा बनाउने माग गर्दै पाकिस्तानमा भएको एक प्रदर्शन।

पाकिस्तानमा पञ्जाबीलाई निम्न स्तरको भाषामा हस्तान्तरण गरिने र यस्तो वातावरणले यसलाई अस्विकार गरिरहेको चिन्ताको रूपमा प्रसारण सार्वजनिक क्षेत्र र औपचारिक शिक्षाको निकटको अन्य भाषाहरूका रूपमा उर्दू र अङ्ग्रेजीको प्रयोगले कसै-कसैलाई यस्तो डर पैदा गराएको छ। विभिन्न शैक्षिक नेता, अन्वेषकहरू र सामाजिक टिप्पणीकारहरूले उर्दूको जानाजानी पदोन्नति र पञ्जाबी भाषालाई आधिकारिक स्वीकृति वा मान्यता दिन अस्वीकार गर्नु भाषाको हानिकारक भएको धारणा व्यक्त गरेका छन्। अगस्ट २०१५ मा, पाकिस्तानी पत्राचार संस्था, अन्तर्राष्ट्रिय लेखक परिषद र विश्व पञ्जाबी काङ्ग्रेसले ख्वाजा फरीद नामक सम्मेलनको संयुक्त रूपमा आयोजना गरेको थियो र उनीहरूले पञ्जाबी भाषाको विश्वविद्यालय लाहोरमा स्थापना गरिनु पर्ने र पञ्जाबी भाषालाई प्राथमिक तहमा शिक्षाको माध्यमको रूपमा घोषणा गरिनु पर्ने माग राखेका थिए। यसले प्रदेशमा पञ्जाबी भाषा लागू गर्न कुनै कदम नचालेको भन्दै सेप्टेम्बर २०१५ मा, उनिहरूले पााकिस्तानको पञ्जाब सरकार विरूद्ध पाकिस्तानको सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। यसका अतिरिक्त, हरेक वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा हजारौँ पञ्जाबीहरू लाहोरमा भेला हुन्छन्।

धर्मसम्पादन

पञ्जाबमा धर्म[६]
धर्म प्रतिशत
इस्लाम धर्म
  
९७.२१%
इसाई
  
२.३%
अहमदी
  
०.२५%
हिन्दू
  
०.१६%
अन्य†
  
०.०७%
धर्मको वितरण
सिख, परासी समावेश।

पञ्जाब (पाकिस्तान)को जनसङ्ख्या मध्ये ९७.२१% मानिसहरूले इस्लाम धर्मको अनुसरण गर्दछन् जसमा सुन्नी र शियाको बाहुल्यता रहेको छ। सबैभन्दा ठूलो गैर मुस्लिम अल्पसङ्ख्यक इसाई धर्म हो जसको जनसङ्ख्या २.३% रहेको छ। अन्य अल्पसङ्ख्यकहरूले अहमदिया, हिन्दू, सिख, पारसी आदी समावेश छन्।

भूगोलसम्पादन

पञ्जाब बलुचिस्तान पछिको पाकिस्तान सबैभन्दा दोस्रो ठूलो प्रदेश हो। यसको क्षेत्रफल २०५,३४४ वर्ग किलोमिटर (७९,२८४ वर्ग माइल) रहेको छ। यसले पाकिस्तानको कुल जमिनको २५.८% ओगट्छ। पञ्जाब प्रदेश दक्षिणमा सिन्ध, दक्षिण पश्चिममा बलुचिस्तान, पश्चिममा खयबर पख्तूनख्वा, र उत्तरमा इस्लामआबाद राजधानी क्षेत्र र आजाद काश्मीरसँग सिमानामा साझेदारी गरेको छ। पञ्जाबले उत्तरमा जम्मू र काश्मिरको, र पूर्वमा भारतीय राज्य पञ्जाब र राजस्थानसँग पनि सिमाना साझेदारी गरेको छ।

प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर लाहोर हो जुन व्यापक पञ्जाब क्षेत्रको ऐतिहासिक राजधानी थियो। अन्य महत्त्वपूर्ण सहरहरूमा फइसलआबाद, रावलपिन्डी, गुजरानवाला, सरगोधा, मुलतान, सियालकोट, बहावलपुर, गुजरात, शेखुपुरा, झेलम र साहीवाल पर्दछन्। अविभाजित पञ्जाब क्षेत्र छ वटा नदीहरूको गृह थियो, जसमध्ये पाँच पाकिस्तानको पञ्जाब प्रदेशका बग्दछ। पश्चिम देखि पूर्वसम्म, सिन्धु, झेलम, चेनाब, रवि र सतलज नदीहरू यस प्रदेशमा बग्दछन्। पाकिस्तानको सबै प्रदेशलाई छुने यो देशको एक मात्र प्रदेश हो 

भूआकृतिसम्पादन

 
पञ्जाबको मरी पर्वतीय क्षेत्र

पञ्जाबको परिदृश्यमा प्राय: सिन्धु नदीको उर्वर मैदान र पाकिस्तानका चार ठूला सहायक नदीहरू, झेलम, चेनाब, रावी र सतलज नदी समावेश छन् जसले पञ्जाबलाई उत्तरदेखि दक्षिणमा पार गर्दछ। पञ्जाबका नदीहरू मध्ये पाँचौं, ब्यास नदी (संस्कृत: विपाशा नदी) भारतको पञ्जाब राज्यमा मात्र पर्दछ। मैदान पृथ्वीमा सबैभन्दा धेरै सिंचाइ गरिएको क्षेत्रहरू मध्ये पर्दछ र नहरहरू सम्पूर्ण प्रदेशमा फेला पार्न सकिन्छ। पञ्जाबमा धेरै पहाडी क्षेत्रहरू पनि रहेका छन्। यस प्रदेशको दक्षिणपश्चिमी भूभागमा अवस्थित सुलेमान पर्वत, इस्लामाबादको नजिकै उत्तरको मार्गला पहाड र नमक हिम श्रृङ्खलाले पञ्जाबको उत्तरी भागलाई पोठोहार उच्चसमस्थलीबाट विभाजित गर्दछ। मरुभूमिहरू दक्षिणी पञ्जाबमा राजस्थानको सिमाना नजिक र सुलेमान हिम श्रृङ्खला नजिक फेला पार्न सकिन्छ।

मौसमसम्पादन

पञ्जाबका प्रायः भागहरूमा अत्यधिक चिसो र वर्षा हुने गर्दछ। फेब्रुअरी बीचमा तापमान बढ्न थाल्छ; वसन्तकालीन मौसम मध्य अप्रिल सम्म जारी रहन्छ। दक्षिण पश्चिम मानसुनको सुरुवात मे महिनामा पञ्जाब पुग्ने गरेको अनुमान गरिएको छ, तर सन् १९७० को दशकको सुरु देखि नै मौसम ढाँचा अनियमित रहेको छ। वसन्तमा पनि कुनै क्षेत्रमा कडा वर्षा भएको छ जसले बाढी पनि निम्त्याउने गरेको छ। जुन र जुलाई महिनामा अत्याधिक गर्मी हुन्छ। आधिकारिक अनुमानले गर्मीको मौसममा ४६ डिग्री सेल्सियस सम्मको तापक्रमको दावी गर्दछ भने केही अखबारका स्रोतहरूले तापक्रम ५१ डिग्री सेल्सियससम्म पुग्ने बताउने गरेका छन्। सन् १०९३ मा मुलुकमा तापक्रम अत्याधिक धेरै ५४ डिग्री सेल्सियस पार गरेको थियो।

हालसालै प्रदेशमा अत्याधिक चिसोको अनुभव गरिएको छ जुन विगत ७० वर्ष यताकै सर्वाधिक चिसो मौसम हो। पञ्जाब प्रदेको तापक्रम −२° देखि ४५ ° सेल्सियस सम्म पुग्दछ। तथापि, गृष्ममा तापक्रम ५० डिग्री सेल्सियस (११२ डिग्री फर्हेनहाइट) र हिउँदमा −१० डिग्री सेल्सियस सम्म पुग्छ।

मौसमको आधारमा, पञ्जाब प्रदेशमा सामान्यतया तीन मुख्य ऋतुहरू छन्।

१) ग्रीष्म ऋतु (अप्रिल देखि जुन) जहाँ तापक्रम ११० डिग्री फर्हेन्हाइट सम्म पुग्दछ।

२) वर्षा ऋतु (जुलाई देखि सेप्टेम्बर) प्रदेशको औसत वर्षा वार्षिक रूपमा ९६ सेमी उप-हिमाली क्षेत्र र मैदानमा ४६ सेन्टीमिटर बीचको दायरा भित्र सीमित छ।

३) जाडो/ हिउँद (अक्टोबर देखि मार्च) तापक्रम ४० डिग्री फर्हेनहाइट सम्म घट्दछ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. सन् २०१७ को जनगणना वेब्याक मेसिनमा अभिलेखिकरण १५ अक्टोबर २०१७ मिति
  2. "ذیلی قومی - ایریا ڈیٹا بیس - عالمی ڈیٹا لیب", عالمی تاریخ (उर्दूमा), अन्तिम पहुँच १४ मार्च २०२० 
  3. "صوبائی اسمبلی ۔پنجاب", मूलबाट १ फेब्रुअरी २००९-मा सङ्ग्रहित। 
  4. सन् १९९८ देखिको तथ्याङ्क प्रदेशका अनुसार जनसङ्ख्या – केन्द्रीय तथ्याङ्क विभाग सन् २०१२ देखिको अनुमानित जनसङ्ख्या سے آبادی میں فیصد اضافہ ہوا ہے वेब्याक मेसिनमा अभिलेखिकरण १ जुलाई २०१२ मिति। सङ्ग्रह मिति १२ जुलाई २०१३।
  5. "انتخابات تک مردم شماری کے نتائج کی منظوری کو سی سی آئی نے موخر کردیا"। सङ्ग्रह मिति २ अप्रिल २०२० 
  6. "مذہب کے لحاظ سے آبادی" (PDF)پاکستان। پاکستان بیورو برائے شماریات। 

बाह्य सूत्रहरूसम्पादन

पञ्जाब, पाकिस्तानको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

  परिभाषा विकिस्नरीबाट
  पाठ्यपुस्तक विकिपुस्तकबाट
  उद्धरण विकिकथनबाट
  स्रोत पदहरू विकिस्रोतबाट
  चित्र तथा मिडिया कमन्सबाट
  समाचार विकिसमाचारबाट
  सिक्ने स्रोतहरू विकिभर्सिटीबाट