पाकिस्तानको संविधान सभा

पाकिस्तानको संविधानसभा (बङ्गाली: পাকিস্তান গণপরিষদ  ; उर्दु: آئین ساز اسمبلی), पाकिस्तानको संविधान लेख्न र त्यहाँको पहिलो संसदको रूपमा कार्य सञ्चालनका लागि बनाइएको थियो।

पाकिस्तानको संविधानसभा

آئین ساز اسمبلی,

পাকিস্তান গণপরিষদ
इतिहास
स्थापित११ अगस्ट १९४७ (1947-08-11)
अनुवर्तीइस्लामी गणतन्त्र पाकिस्तान
नेतृत्वकर्ता
अध्यक्ष
सिट९६
बैठक स्थल
कराची

६३. संविधान सभाको गठनः (१) नेपाली जनता आफैंले नयाँ संविधानको निर्माण गर्न यस संविधानको अधीनमा रही एक संविधान सभाको गठन हुनेछ ।

(२) यो संविधान प्रारम्भ भए पछि संविधान सभाको सदस्यको निर्वाचन नेपाल सरकारले तोकेको मितिमा हुनेछ ।

(३) संविधान सभामा समान जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा र मधेशमा जनसंख्या प्रतिशतको आधारमा कानूनमा व्यवस्था भए बमोजिम मिश्रित निर्वाचन प्रणाली अनुरुप देहाय बमोजिम निर्वाचित र मनोनयन हुने देहायका संख्याका सदस्यहरु

रहनेछन्ः–

(क) प्रशासकीय जिल्लालाई निर्वाचन जिल्ला कायम गरी संविधान सभाको निर्वाचन हुनुभन्दा अघिको राष्ट्रिय जनगणनाबाट निश्चित भएको जनसख्ंयाको आधारमा त्यस्ता जिल्ला र सदस्य संख्याबीचको अनुपात यथासम्भव समान हुने गरी धारा १५४क. बमोजिम व्यवस्था भएको निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्धारण भएबमोजिम दुईसयचालीस निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एकजनाका दरले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचितसदस्य,

(ख) सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानी राजनैतिक दललाई मत दिनेसमानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित हुने तीन सय पैत्तीस सदस्य,

(ग) राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरू र खण्ड (क) र (ख) बमोजिमको निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका आदिबासी जनजातिमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्बाट मनोनयन हुने छब्बीस जना सदस्य ।