खैबर पख्तुनख्वा

खैबर पख्तुनख्वा (उर्दू: خیبر پختونخوا; अफगानी: خیبر پښتونخوا) पाकिस्तानको चार प्रशासकीय प्रदेशहरूको एक भाग हो जुन पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा रहेको छ। यो प्रदेश अफगानिस्तानपाकिस्तानको सीमा क्षेत्रको रूपमा रहेको छ। यस प्रदेशलाई पहिला उत्तर-पश्चिम प्रदेशको नामले चिनिन्थ्यो भने सन् २०१० मा पाकिस्तान सरकारले प्रदेशको नाम खैबर पख्तुनख्वामा परिवर्तन गरेको थियो। खैबर पख्तुनख्वा, जनसङ्ख्या र अर्थतन्त्रको आधारमा पाकिस्तानकै सबैभन्दा तेस्रो ठूलो प्रदेशको रूपमा रहेको छ भने भौगोलिक अवस्थाका अनुसार सबैभन्दा सानो प्रदेश हो। पाकिस्तानमा खैबर पख्तुनख्वा पञ्जाब, बलुचिस्तान, आजाद कश्मीर, गिल्गित-बाल्तिस्तान, र इस्लामाबादसँग सिमाना जोडिएको छ। यो प्रदेश पाकिस्तानको कुल अर्थतन्त्रको १०.५ प्रतिशत अर्थतन्त्र धानेको छ भने कुल जनसङ्ख्याको १०.५ प्रतिशत मानिसहरूको घर हो। यस प्रदेशमा मुख्यतया पश्तुन जनजातिहरू बसोबास गर्छन्। यो प्रदेश प्राचीन गान्धार राज्यको एक भाग थियो।

खैबर पख्तुनख्वा

خیبر پښتونخوا
خیبر پختونخوا
Bab-e-Khyber.jpg
MKmosque.jpg
Kalam, Swat (Pakistan).jpg
Bahrain Valley, Swat, KPK.JPG
Saif ul malook lake-01.jpg
Location of खैबर पख्तुनख्वा
निर्देशाङ्क (पेशावर): ३४°००′N ७१°१९′E / ३४.००°N ७१.३२°E / 34.00; 71.32निर्देशाङ्कहरू: ३४°००′N ७१°१९′E / ३४.००°N ७१.३२°E / 34.00; 71.32
देशFlag of Pakistan.svg पाकिस्तान
स्थापना१४ अगस्ट १९४७
१ जुलाई १९७० मा पुन स्थापित
राजधानीपेसावर
सरकार
 • प्रकारप्रदेश
 • अङ्गप्रदेश सभा
 • गभर्नरशाह फरमान [१]
 • मुख्यमन्त्रीमहम्मद खान
 • मुख्य सचिवनाभेद कमरान बलुच
 • व्यवस्थापिकाखैबर पख्तुनखवा राष्ट्रिय सभा
 • उच्च अदालतपेशावर उच्च अदालत
क्षेत्रफल
 • जम्मा१०१,७४१ किमी (३९,२८२ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[२]
 • जम्मा३५,५२५,०४७
 • घनत्व३५०/किमी (९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
क्षेत्रीय सङ्केत(हरू)९२९१
प्रमुख भाषाहरू
अन्य भाषा: उर्दु, हिन्दको, खोवर, कलामी, तोरवाली, बेतारी, कलकोटी, वोखी,
खेलकुद टोलीहरूपेशावर जल्मी
पेशावर प्यानथर
अटोकाबाद अल्कोन
सभा सिटहरू१२४
जिल्ला२६
सङ्घीय परिषद९८६
वेबसाइटआधिकारिक वेबसाइट

शब्दको उत्पत्तिसम्पादन

खैबर पख्तुनख्वाको वास्तविक अर्थ खैबर पठान जनजातिको आधिकारिक भूमि हो जसमा पख्तुनख्वाले पठान जातिको भूमिको अर्थ दिन्छ । केही विद्वानहरूका अनुसार खैबर पख्तुनख्वाको अर्थ "पठानको संस्कृति र समाज" हो। यो प्रदेश भारतीय साम्राज्यबाट उत्तर-पश्चिममा पर्ने भएकाले पहिला यस प्रदेशलाई ब्रिटिसहरूले उत्तर-पश्चिम सिमाना प्रदेशको नामले चिनिन्थ्यो। पाकिस्तानको स्वतन्त्र पछि पनि यस प्रदेशको नाम परिवर्तन गरिएको थिएन तर पठान राष्ट्रिय पार्टी र अवामी राष्ट्रिय पार्टीले यस प्रदेशको नाम पख्तुनख्वा राख्न सुझाव दिएको थियो। पाकिस्तानका अन्य प्रदेशको नाम त्याहाँ बसोबास गर्ने मानिसको जनजातिको नामले राखिएको हुँदा यस प्रदेशलाई पनि पठान जनजातिले पख्तुनख्वा राख्न जोड गरेका थिए।

प्रदेशका राष्ट्रिय सङ्केतहरू
प्रदेशीय झण्डा खैबर पख्तुनख्वाको झण्डा  
प्रदेशको निशाना छाप खैबर पख्तुनख्वाको निशाना छाप  
जनावर काबुल मारखोर  
चरा कालिज  
रुख अफगानी अशोकको रुख  
फूल ट्यूलिप  
खेलकुद पठान धनुस काड  

भूगोलसम्पादन

जनसाङ्ख्यिकीसम्पादन

यस प्रदेशको सन् २०११ को अनुमानित जनसङ्ख्या लगभग २ करोड ७५ लाख रहेको छ जुन सन् १९९८ को जनगणनाको भन्दा ५१.६ प्रतिशतले बढी हो। यो सहरमा बसोबास गर्ने जनजातिहरू मध्य सबैभन्दा धेरै सङ्ख्या पठान जातिहरूको रहेको छा जसले यस प्रदेशमा शताब्दीऔँदेखि बसोबास गर्दै आएका छन्। यस सहरमा १.५ प्रतिशतको हाराहारीमा अफगानी सरणार्थीहरू पनि रहेका छन्। यस प्रदेशमा अन्य जनजातिहरू जस्तै ताजिक, हजारस र अन्य जनसमुदाय पनि बसोबास गर्दै आएका छन्।

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस प्रदेशको कुल जनसङ्ख्या १ करोड ७० लाख रहेका थिए जसमध्ये ५२% पुरुष र ४८% महिलाहरू रहेका थिए।[३]

मुख्य सहरसम्पादन

पेशावर यस प्रदेशको प्रमुख र सदरमुकाम सहर हो। यो सहर खैबर पख्तुनख्वाकै सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो जसले प्रदेशकै आठ भागमा एक भाग जनसङ्ख्या ओगटेको छ।

खेलकुदसम्पादन

क्रिकेट खेल यस प्रदेशको सबैभन्दा लोकप्रिय खेल हो। यस प्रदेशबाट पाकिस्तानका उत्कृष्ट खेलाडीहरू जस्तै- उमर गुल, युनिस खान, फकर झमान, शाहिद आफ्रिदी आदि रहेका छन्। खैबर पख्तुनख्वा धेरै विश्व स्तरीय स्क्वास खेलाडीहरूको जन्म स्थल हो जसमा हासिम खान, कमार जमान, जहङ्गर खान र जनसर खान रहेका छन्।

सन्दर्भ सामग्रीसम्पादन

  1. "खैवर पख्तुनख्वामा प्रमुख अध्यक्ष", डेल्ली टाइम्स, अन्तिम पहुँच २५ फेब्रुअरी २०१६ 
  2. "२०१७ पाकिस्तानको प्रदेशको जनगणना र घरहरूको सङ्ख्या", पिबिएस सेन्सस डट जिओभि डट पिक। 
  3. "विश्व मौसम तथ्याङ्क:", वेदरबेस, २०१०, अन्तिम पहुँच १ सेप्टेम्बर २०१० 

बाह्य कडीहरूसम्पादन