सरगोधा
सरगोधा (पञ्जाबी र उर्दू: سرگودھا) पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको सरगोधा जिल्लाको सदरमुकाम सहर हो। यो सहर पाकिस्तानको १२ औँ ठूलो सहर हो। यो पाकिस्तानको पञ्जाब प्रान्तको सबैभन्दा छिटो विकसित हुने सहर हो।
सरगोधा سرگودھا | |
---|---|
देश | ![]() |
प्रदेश | ![]() |
विभाग[१] | सरगोधा |
जिल्ला | सरगोधा |
सरकार | |
• प्रमुख आयुक्त | कप्तान महम्मद आसीफ |
क्षेत्रफल | |
• जम्मा | ५,८५४ किमी२ (२,२६० वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[२] | |
• जम्मा | ६५९,८६२ |
• क्रम | पाकिस्तानमा १२ अौँ |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
हुलाक कोड | ४०१०० [३] |
सम्पर्क कोड | ०४८ [४] |
सहरको सङ्ख्या | ५९ |
सङ्घीय परिसरको सङ्ख्या | २२ |
वेबसाइट | www |
उत्पत्तिसम्पादन
सरगोधा शब्दको उत्पत्ति दुई शब्द मिलेर बनेको छ जसमा पहिलो शब्द सर र गोधा छ र दुई शब्दको छुट्टाछुट्टै अर्थ रहेको छ। पहिलो शब्द सर भनेको पोखरी हो भने गोधा भनेको साधु भन्ने उल्लेख छ भने अन्य शिद्धान्तले पनि यस सहरको उत्पत्ति भएको हो जस्तै सरगोधा सहरको उत्पत्ति संस्कृत शब्द सर्भगोधामाबाट भएको हो जसमा यसको अर्थ स्वर्गीय स्थल भन्ने बुझिन्छ। यीमध्ये सबैले विश्वास गरेको शिद्धान्त भने पहिला यो सहरको बीचमा पोखरी थियो र त्यहाँ हिन्दु धर्मका गोधा बासीहरू बसोबास गर्ने गर्थे र पञ्जाबीमा सर भन्नाले पोखरी भन्ने बुझिन्छ त्यसैले यो सहरलाई पोखरीको सहर पनि भन्ने गरिन्थ्यो।
इतिहाससम्पादन
सरगोधा ब्रिटिसद्वारा सन् १९०३ मा एक नहर कालोनी को रूपमा स्थापित भएको थियो, र सुरुवातमा यो सहरलाई सरगोधा भन्ने गरिन्थ्यो । सन् १९३९ मा प्लेग को एक प्रकोपबाट सरगोधा नराम्रो सङ्ग प्रभावित भएको थियो र १९४९ मा ठुलो प्रकोपको सहरले अनुभव गरेको थियो। यद्यपि यो सुरुमा एक सानो सहर भएका कारण ब्रिटिस वायु सेनाले यहाँ रणनीतिक स्थानको कारण एक विमानस्थलको स्थापना भएको थियो।
भुगोलसम्पादन
अवस्थितिसम्पादन
सरगोधा सहर सरगोधा जिल्लाको उत्तर-पश्चिममा १७२ किलोमिटरको दुरीमा रहेको छ । यो सहर एम-२ मोटरवेबाट ३० माईलको दुरीमा रहेको छ जसले लाहोर र इस्लामाबादलाई जोड छ । सरगोधा फैसलाबाद सहरबाट ९४ किलोमिटर दक्षिण-पुर्वीमा रहेको छ । सीधा पूर्व दिशामा एम-२ मोटरवेबाट लाहोर, रावलपिंडी र इस्लामाबाद जोडिएको छ । यो सहरबाट डेरा स्माली खान दक्षिण-पश्चिममा २३२ किलोमिटरको दुरीमा रहेको छ । सहर समुन्द्री सतहबाट १९० मिटरको उचाइमा रहेको छ ।
मौसमसम्पादन
यो सहरको तापक्रम ग्रिष्म ऋतुमा अत्याधिक गर्मी हुन्छ भने हिउँदमा जाडो मध्यम जाडो हुन्छ । यो सहरको सबैभन्दा अत्याधिक तापक्रम ५० डिग्री (१२२ डिग्री फरेनहाईट) मापन गरिएको छ भने हिउँदमा सबैभन्दा न्यून तापक्रम शुन्य भन्दा पनि कम हुन्छ ।
सरगोधा (१९६०–२०१२)को मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम औसत °से (°फे) | २० (६८) |
२२ (७२) |
२६ (७९) |
३२ (९०) |
३८ (१००) |
३९ (१०२) |
३८ (१००) |
३७ (९९) |
३६ (९७) |
३२ (९०) |
२६ (७९) |
२२ (७२) |
३०.६ (८७.१) |
न्यूनतम औसत °से (°फे) | ८ (४६) |
११ (५२) |
१५.५ (५९.९) |
१९ (६६) |
२५ (७७) |
२७ (८१) |
२६ (७९) |
२६ (७९) |
२५ (७७) |
२० (६८) |
१४ (५७) |
९ (४८) |
१८.८ (६५.८) |
औसत वर्षा मिमी (इन्च) | १८ (०.७) |
३६ (१.४) |
२४ (०.९) |
१३ (०.५) |
१७ (०.७) |
४८ (१.९) |
८२ (३.२) |
८७ (३.४) |
४३ (१.७) |
९ (०.४) |
११ (०.४) |
१२ (०.५) |
४०० (१५.७) |
दैनिक औसत वर्षा (≥ १.० mm) | ५ | ४ | ५ | ४ | ३ | ३ | ७ | ७ | ४ | १ | १ | १ | ४५ |
स्रोत: वेदर २,[५] |
जनशाङ्खिकिसम्पादन
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यो सहरको जनसङ्ख्या ४,५८४,४० रहेको छ भने यो सहरका मुख्यतया मानिसहरूले पञ्जाबी भाषा बोल्छन् ।[६]
खेलकुदसम्पादन
सरगोधा सहरमा सरगोधा क्रिकेट रङ्गशाला रहेको छ जुन क्रिकेट खेल खेल्नका लागि प्रयोग गरिन्छ। पञ्जाब प्रान्तको सरगोधा क्रिकेट टोली एक उत्कृष्ट टोलीको रूपमा रहेको छ। यो टोलीले सन् १९६१-६२ र २००२-०३ को समयमा पाकिस्तानको पहिलो श्रेणीको प्रतियोगितामा भाग लिएको थियो। यस सहरमा मेला मन्डी रङ्गशाला पनि रहेको छ जुन एक ऐतिहासिक रङ्गशालाको रूपमा रहेको छ भने अहिले यो रङ्गशाला क्रिकेट र फुटबल खेलका लागि प्रयोग गरिन्छ। यो रङ्गशालामा वर्षको मार्च महिनामा विभिन्न खेलहरू हुँदै आयोजना हुँदै आएको छ जसमा लगभग सबै पाकिस्तानका खेलाडीहरूले भाग लिँदै आएका छन्।
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "सरगोधा विभाग", सरगोधा।
- ↑ पाकिस्तानकन ठूलो सहरहरूको जनसङ्ख्या
- ↑ "पाकिस्तानी हुलाक कार्यलय विभाग", मूलबाट २० डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मार्च २०१६।
- ↑ "राष्ट्रिय सम्पर्क कोड", अन्तिम पहुँच १२ मार्च २०१६।
- ↑ "वेदर २ – सरगोधा", अन्तिम पहुँच ८ जुलाई २०१२।
- ↑ "१९९८ राष्ट्रिय जनगणना", राष्ट्रिय तथ्याङ्क विभाग।
बाह्य कडीहरूसम्पादन
Sargodhaको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
परिभाषा विकिस्नरीबाट | |
पाठ्यपुस्तक विकिपुस्तकबाट | |
उद्धरण विकिकथनबाट | |
स्रोत पदहरू विकिस्रोतबाट | |
चित्र तथा मिडिया कमन्सबाट | |
समाचार विकिसमाचारबाट | |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |