टोबा टेक सिंह सहर (पञ्जाबीउर्दु: ٹوبہ ٹیک سنگھ) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको टोबा टेक सिंह जिल्लाको सदरमुकाम सहर हो ।[१]

टोबा टेक सिंह
ٹوبہ ٹیک سنگھ
टोबा टेक सिंह रेलवे स्टेसन
टोबा टेक सिंह रेलवे स्टेसन
निर्देशाङ्क: ३०°५८′१६″उ॰ ७२°२८′५७″पू॰ / ३०.९७१११°N ७२.४८२५०°E / 30.97111; 72.48250निर्देशाङ्कहरू: ३०°५८′१६″उ॰ ७२°२८′५७″पू॰ / ३०.९७१११°N ७२.४८२५०°E / 30.97111; 72.48250
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लाटोबा टेक सिंह
क्षेत्रफल
 • जम्मा३,२५२ किमी (१२५६ वर्ग माइल)
उन्नतांश
१४९ मिटर (४८९ फिट)
जनसङ्ख्या
 (१९९८)
 • जम्मा२८४,७९७
 • घनत्व४९८/किमी (१२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सम्पर्क कोड०४६
सहर सङ्ख्या
सङ्घीय परिसर सङ्ख्या

इतिहास सम्पादन गर्नुहोस्

यस सहर सिख धार्मिका एक विद्वान टेक सिंह को नामबाट राखिएको थियो । यस जिल्लामा प्राचीन कालमा एक पोखरी थियो जहाँ एक टेक सिंह बस्ने गर्थे र उनले यस पोखरी हुँदै जाने यात्रीहरूको लागि पानी र आवासको सुविधा प्रदान गरेका थिए । त्यसैले यस ठाउँको नाम टोबा टेक सिंह राखिएको थियो भन्ने उल्लेख छ । यस जिल्लाको नामाङ्करण पछि यहाँ बिस्तारै मानिसहरूको जनसङ्ख्यामा विद्धि भयो र विकास र निर्माण कार्यहरू भएका थिए । टोबा टेक सिंह सहर १९ औँ शताब्दीमा ब्रिटिस्ट शासन कालबाट विकसित हुँदै आएको थियो जसको सुरुवाती क्रममा पञ्जाबमा (बर्तमान भारतीय र पाकिस्तानी पञ्जाब) बसोबास गर्ने मानिसहरूको कृषिमा सहभागीता बढाउन एक संचाइ आयोजनाको निर्माण गरिएको थियो । अधिकांश मानिसहरू जो त्यहाँ आएका थिए उनिहरू लाहौर, जलन्धर, होशियारपुर जिल्लाका थिए । पाकिस्ताको स्वतन्त्रता पश्चात सन् १९४७ मा बेलायतका शासकहरूको नामबाट राखिएको सहर, धरोहर, विद्यालय आदिको नाम परिवर्तन गरेको पुरानो अथवा मुल नाम राखिएको थियो । सन् १९८२ मा टोबा टेक सिंह एक उप विभाजित फैसलाबाद जिल्लाबाट छुट्टिएर एक छुट्टै जिल्ला बनेको थियो ।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस सहरको कुल जनसङ्ख्या ७,३९८,२६ छ भने घरहरूको सङ्ख्या १,१७५,४९ रहेको छ । टोबा टेक सिंह पञ्जाब प्रदेशको मध्य क्षेत्रमा अवस्थित छ र यो सहर ३,२५२ वर्ग किलोमिटरमा फैलिएको छ । वर्षा ऋतुमा यस सहरमा बाढी आउने गरेको छ जसले घन जनमा ठूलो क्षति पुराउँदै आएको छ । बाढी विषेशगरि रवि नदीबाट उत्पन्न हुन्छ जुन दक्षिणी र दक्षिणपूर्वी सिमान सम्म फैलिन्छ । यस सहरका अधिकांश सिख मानिसहरू सन् १९४७ मा आधुनिक भारतको पुर्वी पञ्जाबमा बसाइँसराइ गरेका थिए । [२]

अर्थतन्त्र सम्पादन गर्नुहोस्

टोबा टेक सिंह सहर यहाँ पाइने सुन्तलाको उत्कृष्ट उत्पादकको रूपमा रहेको छ ("स्थानीय भाषामा केने भनिन्छ") । यो सहरले पाकिस्तानमा सुन्तलाको मागलाई पूरा गर्छ र उत्पादन भएका अतिरिक्त सुन्तलाको निर्यात पनि गरेको छ । यस जिल्ला मा बसोबास गर्ने अधिकांश मानिसहरू कृषि पेशामा आवद्ध भएको हुँदा यहाँ मासु, अण्डा, कपास, गोलभेडा, खरबुजा, आँप, खैनी, आलु, प्याज, गेडागुडी आदिको उत्पादन हुन्छ ।

संस्कृति सम्पादन गर्नुहोस्

उर्दु भाषाका निवन्धकार सआदत हसन मन्टोले टोबा टेक सिंह नामक एक छोटो कथा लेखेका थिए जुसमा यहाँ रहेका कला, संस्कृति, भेष,भुषा आदिको बणन गरेका थिए । यस कथामा उनले भनेका छन्, "टोबा टेक सिंह भारतको होकी पाकिस्तानको" । सन् २००५ मा पाकिस्तानी चलचित्र निर्माता अफिया नाथनीयल द्वारा निर्देशित यहि नामको एक चलचित्र निर्माण भएको थियो जसलाई भारतीय चलचित्र निर्माताहरूले पनि आफ्नै भाषामा एक छोटो चलचित्र बनाएका थिए ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्