नानकाना साहिब (उर्दु: ننکانہ صاحب) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला नानकाना राहिबको एक प्रमुख सहर हो। यस सहरको नाम सिख धर्मका गुरु नानकको नामबाट राखिएको थियो जो यहि सहरमा १५ अप्रिल १९६९ का दिन आमा तृप्ता जी र बुबा मेहता कालू जीको सूपुत्रको रूपमा जन्मिएर यहीँ पहिलोपटक उपदेश दिएका थिए।[१][२] हाल यो सहर उच्च ऐतिहासिक र धार्मिक मूल्य तथा मान्यता रहेको सहर हो र संसारभरबाट सिखहरूको लागि एक लोकप्रिय तीर्थ स्थान पनि हो।[३] यो सहर लाहोरबाट ९१ किलोमिटर (५७ माइल) पश्चिम र फैसलाबाद सहरबाट ७५ किलोमिटर (४७ माइल) पूर्वमा अवस्थित छ। एक राष्ट्रिय प्रतिवेदन अनुसार यस सहरको जनसङ्ख्या लगभग ७०,००० रहेको छ।[४]

नानकाना साहिब
ننكانہ صاحِب
सहर
नानकाना साहिब
नानकाना साहिब is located in पञ्जाब, पाकिस्तान
नानकाना साहिब
नानकाना साहिब
नानकाना साहिब is located in पाकिस्तान
नानकाना साहिब
नानकाना साहिब
निर्देशाङ्क: ३१°२७′०″उ॰ ७३°४२′२४″पू॰ / ३१.४५०००°N ७३.७०६६७°E / 31.45000; 73.70667निर्देशाङ्कहरू: ३१°२७′०″उ॰ ७३°४२′२४″पू॰ / ३१.४५०००°N ७३.७०६६७°E / 31.45000; 73.70667
देश पाकिस्तान
प्रदेशपञ्जाब
जिल्लानानकाना साहिब जिल्ला
उन्नतांश
१८७ मिटर (६१४ फिट)

प्राचीन कालमा यस सहरलाई राईपुरको नामले चिनिन्थ्यो भने पछि यसको नाम राई-भोई-दि- तालवाण्डी राखिएको थियो। यस सहरमा गुरु नानको जन्म पछि यस ठाउँलाई नानकिना साहिब र पछि नानकाना साहिबमा परिणत गरिएको थियो। नानकाना साहिब नानकाना साहिब जिल्ला र तहसीलको प्रमुख सहर पनि हो।

भूगोल सम्पादन गर्नुहोस्

नानकाना साहिब पाकिस्तानी उत्तरी भागमा पर्छ भने यो सहर ३१°२७′०″ उत्तर ७३°४२′२४″ पूर्वको निर्देशाङ्कमा रहेको छ। नानकाना सहरले पाकिस्तानी कुल क्षेत्रफल मध्ये २९६० वर्ग किलोमिटर ओगटेको। यो सहर समुन्द्री सतहबाट १८७ मिटर उचाईमा अवस्थित छ। यो सहर लाहोरबाट ९१ किलोमिटर (५७ माइल) पश्चिम र फैसलाबाद सहरबाट ७५ किलोमिटर (४७ माइल) पूर्वमा अवस्थित छ। यस सहरमा सिख धर्मका गुरुले बाल्यकाल बिताएका थिए।

इतिहास सम्पादन गर्नुहोस्

भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवम् आध्यात्मिक नेता महात्मा गान्धीले ३ मार्च १९२१ का दिन नानकाना साहिबको भ्रमण गरका थिए। सभालाई सम्बोधन गर्दै महात्माले भने ,"तपाईँको दु: ख र शोक साझा गर्न आएको छु"।[५] सन् २००५ मा पाकिस्तान प्रान्तीय सरकारले नानकाना साहिबलाई जिल्लाको रूपमा विकास गर्ने घोषणा गरेको थियो। सन् २००७ मा गुरु नानकको जन्म स्थलमा पाकिस्तानी सरकारले सिख धर्म विश्वविद्यालय स्थापित गर्ने योजना घोषणा गरेको थियो।[६] जुल्फिकार अली खानका अनुसार अन्तर्राष्ट्रिय गुरु नानक विश्वविद्यालय नानकाना साहिबमा बनाउने घोषणा गरिएको थियो जसमा सिख धर्म र संस्कृतिमा उत्कृष्ट वास्तुकला, पाठ्यशास्त्र र अनुसन्धान केन्द्रको रूपमा हुनेछ।[७]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Iqbal, Amjad (२२ नोभेम्बर २०१५), "Over 2,500 Indian Sikhs attend annual pilgrimage", DAWN.COM, अन्तिम पहुँच २० अप्रिल २०१६ 
  2. Historical Gurudwaras:Nankana Sahib वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-१४ मिति. Sgpc.net. Retrieved on 2011-11-15.
  3. Nankana Sahib. Nha.gov.pk. Retrieved on 2011-11-15.
  4. https://www.politicpk.com/nankana-sahib-district-population-of-cities-towns-and-villages-2017-2018/
  5. Khalsa, Sukhmandir (१ जनवरी २०१०), "Historical Gurdwaras of Nankana, Pakistan Commemorating Guru Nanak Dev", About.com Religion & Spirituality, अन्तिम पहुँच २० अप्रिल २०१६ 
  6. Singh, Roopinder (मार्च २३, २०११), "Bhagat Singh: The making of the revolutionary", The Tribune, अन्तिम पहुँच २०११-१०-२३, "Bhagat Singh was a well-read, articulate young man who significantly impacted Indian history and left behind a legacy that even 80 years after his martyrdom is still very much a part of our cultural ethos" 
  7. Nankana becomes a district. Dawn.com. Retrieved on 2011-11-15.