शेखुपुरा
शेइखुपुरा पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको एक जिल्ला शेइखुपुर जिल्लाको एक प्रमुख सहर हो। यो सहर मुगल साम्राज्यका एक राजा जहाँगीरले सन् १६०७ मा पत्ता लगाएका थिए। हाल यो सहर पाकिस्तानको १६अौँ सबैभन्दा ठूलो सहर र शेइखुपुर जिल्लाको सदरमुकाम सहर हो। शेइखुपुर सहर सेइखुपुर विभागको पनि सदरमुकाम हो। यो सहर पाकिस्तानको प्रमुख सहरहरू मध्ये एक प्रमुख अौधोगीक सहर हो भने यो लाहोरबाट ३८ किलोमिटर उत्तर पश्चिममा अवस्थित छ। सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस सहरको कुल जनसङ्ख्या ४७३१२९ रहेको छ।[२]
शेइखुपुरा
شیخُوپُور | |
---|---|
निर्देशाङ्क: ३१°४२′४०″उ॰ ७३°५९′१६″पू॰ / ३१.७११११°N ७३.९८७७८°Eनिर्देशाङ्कहरू: ३१°४२′४०″उ॰ ७३°५९′१६″पू॰ / ३१.७११११°N ७३.९८७७८°E | |
देश | पाकिस्तान |
प्रदेश | पञ्जाब |
जिल्ला | शेइखुपुरा |
उन्नतांश | २३६ मिटर (७७४ फिट) |
जनसङ्ख्या (सन् २०१७) | |
• जम्मा | ४७३,१२९ |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी मानक समय) |
हुलाक | ३९३५० |
सङ्घ परिषद्को सङ्ख्या | ५१ |
शब्दको उत्पत्ति
सम्पादन गर्नुहोस्प्राचीन कालमा शेइखपुरा वरपरका क्षेत्रहरूमा जत जनजातिहरू बसेको सन्दर्भमा यसलाई शुरूमा भिर्क गढ भनिन्थ्यो। यो सहर मुगल साम्राज्यका एक राजा जहाँगीरले सन् १६०७ मा पत्ता लगाएका थिए।[३] यो सहरको पहिलो नाम शासक जाँहगीरको आत्मकथा रहेको एक पुस्तकमा सङ्ग्रहीत गरिएको छ भने जहाँगीरबादको सन्दर्भमा यस ठाउँलाई पहिला तुजक-इ-जहाँगीर भनि उल्लेख गरिएको छ।[४] पछि यो सहर हाल रहेको नामबाट चिनिएको थियो जुन जहाँगीर शासकको उपनाम शेइखुबाट राखिएको हो जसको अकबर राजाकी पत्नी जहाँगीको आमाले नामाङ्कन गरेकी हुन्।[५]
भूगोल तथा मौसम
सम्पादन गर्नुहोस्शेइखुपुरा पाकिस्तानी उत्तरी भागमा पर्छ भने यो सहर ३१.७१५° उत्तर ७३.९८५″ पूर्वको निर्देशाङ्कमा रहेको छ। शेइखुपुरा सहरले पाकिस्तानी कुल क्षेत्रफल मध्ये ५९६० वर्ग किलोमिटर (२३०० वर्ग माइल) ओगटेको छ। यो सहर समुन्द्री सतहबाट २३६ मिटर उचाईमा अवस्थित छ। यो सहर लाहोरबाट ३८ किलोमिटर उत्तर पश्चिममा अवस्थित छ।
यस सहरको मौसम मध्यम खालको छ। यस सहरमा गर्मी मौसम अप्रिल देखि अक्टोबर सम्म जारी रहन्छ। गर्मी मौसमको समयमा यहाँको तापक्रम ३० देखि ४५ डिग्री सेल्सियस सम्म हुन्छ। हिउँद ऋतु यहाँ नोभेम्बर देखि मार्च सम्म जारी रहन्छ। यस सहरमा डिसेम्बर देखि जनवरी सबैभन्दा न्यूनतम तापक्रम ५ डिग्री सम्म पुग्छ। जुन, जुलाई र अगष्ट गर्मीको मौसममा यहाँ कहिलेकाहीँ भारी वर्षा र असिना पर्ने गरेको छ। यस सहरमा वार्सिक अौसत वर्षा ६३५ मिलिमिटर हुने गरेको छ। जाडोको समयमा न्यूनतम र अधिकतम नमी ३७% र ८४% हुने गरेका छन्।
इतिहास
सम्पादन गर्नुहोस्मुगल साम्राज्य
सम्पादन गर्नुहोस्यो सहर मुगल साम्राज्यका एक राजा जहाँगीरले सन् १६०७ मा पत्ता लगाएका थिए भने यो सहर जण्डिला शेर खान सहरको नजिक रहेको थियो जुन मध्य मुगल युगको प्रारम्भमा एउटा महत्त्वपूर्ण प्रान्तीय सहर थिए। जहाँगीरले यो सहर नजिक हिरण मिनार नामक एक प्रख्यात स्थलको निर्माण गरेका थिए जुन सम्राटको एक पाल्तु जनावर हरिणको मन्सिराजको स्मारक थियो।[६] मगल शासनकालमा यस सहर वरपरका क्षेत्र मुगल सम्राटको लागि शाही शिकारको रूपमा रहेको थियो। जहाँगीरले सन् १६०७ मा शेखुपुरा किल्लाको पनि शिलान्यास गरे जुन सहरको केन्द्रिय भागमा अवस्थित छ।[७]
मुगल साम्राज्यको पतन पछि सहर भट्टी जनजातिको नियन्त्रणमा आएको थियो। भटि जनजातिहरूले यस क्षेत्रमा नियन्त्रण कायम गर्न निकै सङ्घर्ष गरेका थिए भने डाकू र शिखहरू यस क्षेत्रमा प्रवेश गर्न शुरू गरेका थिए। सन् १९७९ मा दुर्रानी राजा शाह जमानले लाहोर सहर कब्जा गर्ने अभियानको क्रममा अन्य साना सहर र किल्लाहरू पनि कब्जा गरेका थिए भने यस सहर किल्ला त्यतिखेर शिख डाकु इन्द्र सिंहले कब्जा गरेका थिए। त्यसपछि शेखुपुरा सन् १७९९ मा लेहना सिंहको फौजहरूले यस सहरमा कब्जा जमाएर बसेका भटी जानजातीहरूलाई लखट्दै सहर कब्जा गरेका थिए। यसरी शेखुपुरा लेहना सिंहको सहयोगी रंजीत सिंहको नेतृत्वमा सिख सुचेरचिया मिसल राज्यको शासनको अधीनमा आयो र भट्टी जनजातिलाई पिंडी भट्टिया र जलालपुर फर्कन बाध्य तुल्यायो। त्यसपछि शेखुपुराले धेरै पटक हात परिवर्तन गरे अन्तत यो सहर सन् १८०७ मा रञ्जित सिंहले कब्जामा लिएका थिए। [८]
सन् १८४७ मा सम्म शेखुपुरा सिख साम्राज्यको अधीनमा रह्यो जब बेलायतीहरूले त्यस क्षेत्रको नियन्त्रण गरी कब्जा गरेका थिए।
बेलायती शासनकाल
सम्पादन गर्नुहोस्ब्रिटिश औपनिवेशिक शासनकालको स्थापना भएपछि भाटीले सिखले कब्जा गरेको सम्पत्ति पुनःस्थापित गरिएको थियो। चिनाब र रावी नदीको बीचको ठूलो क्षेत्र शुरूमा एकल जिल्लाको रूपमा स्थापित गरियो जसको सदरमुकाम सन् १८५१ सम्म शेइखुपरालाई बनाइएको थियो। शेइखुपुरा वरपरको क्षेत्र सन् १९१९ मा जिल्लाको दर्जा प्राप्त गर्यो जहाँका एमएमएल क्यारीले यहाँको पहिलो प्रशासकको रूपमा कार्यरत थिए। [९]
विभाजन
सम्पादन गर्नुहोस्ब्रिटिस भारत विभाजनको पूर्वसन्धनमा सिखहरूले यस जिल्लाको कुल जनसङ्ख्या मध्ये १९% जनसङ्ख्या रहेको थियो। उक्त क्षेत्रको मुस्लिम बहुमतको बाबजुद, सिखहरूले आशा गरेका थिए कि सीमा आयोगले उक्त क्षेत्र भारतलाई प्रदान गर्नेछ शेखुपुरा सिख धर्मका संस्थापक गुरु नानकको जन्मस्थानको रूपमा रहेको सहर नानाकाना साहिबको निकटतामा रहेको थियो। ब्रिटिस भारतको विभाजन पछि पाकिस्तान र भारत दुई स्वतन्त्र राष्ट्र बनेका थिए।[१०]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Centre, UNESCO World Heritage, "Hiran Minar and Tank, Sheikhupura - UNESCO World Heritage Centre", whc.unesco.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ अप्रिल २०१७।
- ↑ "Kot Dayal Das Map - Pakistan Google Satellite Maps", www.maplandia.com।
- ↑ "Sheikupura City Profile", Urban Unit, Government of Pakistan। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१२ मिति
- ↑ "Sheikhupura’s historical sites attractive for tourists", The Nation (en-USमा), अन्तिम पहुँच २०१८-०१-२१।
- ↑ District Profile: Central Punjab- Sheikhupura वेब्याक मेसिन अभिलेखिकरण ६ मे २००९ मिति
- ↑ orientalarchitecture.com, "Asian Historical Architecture: A Photographic Survey", www.orientalarchitecture.com, अन्तिम पहुँच २०१८-०१-२१।
- ↑ Ruggles, D. Fairchild (२०११), Islamic Gardens and Landscapes, University of Pennsylvania, आइएसबिएन 9780812207286।
- ↑ Ali, Aown (२०१४-०९-०३), "The crumbling glory of Sheikhupura Fort", DAWN.COM (en-USमा), अन्तिम पहुँच २०१८-०१-२१।
- ↑ Ahmad, Iram, "COLONIAL TRANSFORMATION IN THE DISTRICT OF SHEIKHUPURA, 1849-1947"।
- ↑ Menon, Ritu; Bhasin, Kamla (१९९८), Borders & Boundaries: Women in India's Partition (अङ्ग्रेजीमा), Rutgers University Press, आइएसबिएन 9780813525525।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- पञ्जाब सरकारको आधिकारिक जाल स्थल वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०६ मिति