वेहाडी (उर्दु: وِہاڑی ) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको वेहाडी जिल्लाको राजधानी सहर हो । यो सहर पाकिस्तानको ऐतिहाँसीक मुल्तान सहरबाट १०० किलोमिटरको दुरीमा रहेको छ । यो सहर मुल्तान दिल्ली सडकमा रहेको छ जसलाई भारतीय इस्लामी शासक शेर शास सुरीले निर्माण गरेका थिए ।[३] यो सहर समुन्द्री सतहबाट १३५ (४४३ फिट) मिटरको उचाइमा रहेको छ ।[४]

वेहाडी
وِہاڑی
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लावेहाडी
तहसीलवेहाडी
क्षेत्रफल
 • सहर१२ किमी (५ वर्ग माइल)
जनसङ्ख्या
 • सहरी
१४५,४६४[१][२]
समय क्षेत्रयुटिसी+६ (पाकिस्तानी समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+६ (पाकिस्तानी समय)
हुलाक कोड
६११०००
सम्पर्क कोड०६७
वेडारी पञ्जाब पोर्टल

भूगोल सम्पादन गर्नुहोस्

अवस्थिति सम्पादन गर्नुहोस्

वेहाडी सहर मुल्तान सहरबाट ९६ किलोमिटर दुरीमा रहेको छ भने कराची सहरबाट ९५६ किलोमिटरको दुरीमा छ त्यस्तै लाहोर सहरबाट २१८ किलोमिटर, फैसलाबादबाट ११९ किलोमिटर, बहावलपुरबाट ६१ किलोमिटर हसिलपुरबाट ४१ किलोमिटर, मल्सीबाट ४६ किलोमिटर, केच शह,बाट ३६ किलोमिटर, बुरावाली सहरबाट २७ किलोमिटर, लुड्डान सहरबाट ७८ किलोमिटर भने पाकट्टन सहरबाट ११२ किलोमिटर र सुतलेज नदिबाट ३७ किलोमिटर उत्तरमा अवस्थित छ । वेहाडी सहरमा वेहाडी सिंचाइ योजना रहेको छ जसले नदी नजिकका र वेहाडी सहरलाई पानी उपलब्ध बनाउदै आएको छ ।

मौसम सम्पादन गर्नुहोस्

वेहाडी जिल्ला लगायत वेहाडी सहरको मौसम गृष्म ऋतुमा तातो र सुख्खा हुन्छ भने हिउँद ऋतुमा जाडो र ओसिलो हुने गरेको छ । यहाँको अहिलेसम्मकै सबैभन्दा अधिक तापक्रम ४५ डिग्री पुगेको छ भने वार्सिक अौसतमा ३० डिग्री हुन्छ । यस ठाउँको हिउँदमा तापक्रम औसत २१ डिग्री दखि ५ डिग्री सम्म मापन गरिएको छ ।

कृषि सम्पादन गर्नुहोस्

वेहाडी सहरमा दर्जनौं कपास उद्योग र कपासका विउबाट तेलहरू उत्पादन गर्ने कलकारखानाहरूले गर्दा यस सहरलाई कपासको सहरको रूपमा पनि लिन सकिन्छ । यस सहरमा अन्य खाद्यान्नहरू जस्तै उखु, धान, गँहु आदि उत्पादन हुने गरेको पाईन्छ । यस सहरमा हिउँद ऋतुमा आँप, अम्बा, कागती जस्ता फलफूलहरूको पनि उत्पादन हुने गरेको छ । वेहाडी सहर गृष्म ऋतुमा गर्मी भएतापनि अक्टोबर र फेब्रुअरीको महिना अरु महिना भन्दा आरामदाय हुन्छ जुन समयमा हल्का वर्ष हुने गरेको छ ।

शिक्षा सम्पादन गर्नुहोस्

सहरमा दुई पूर्ण विश्वविद्यालय परिसर रहेको छ जसमा पुरुष र महिलाहरूको पढ्न पाउने व्यवस्था गरिएको छ भने दुई स्नातक विद्यालयहरू छन् । सन् २००१ देखि एस सहरमा भर्चुअल विश्वविद्यालय क्याम्पस रहेको छ । यस सहरमा धेरै उच्च माध्यमिक विद्यालयहरू र निजी विश्वविद्यालयहरू छन् ।

यातायात सम्पादन गर्नुहोस्

वेहाडी सहर दक्षिणमा बैकल्पिक रेलमार्गकोको रूपमा रहेको छ जसले मुल्तान र पञ्जाबको राजधानी लाहोर सहरलाई जोडेको छ । यस सहरमा दक्षिण मार्गलाई यस सहरको प्रमुख मार्गको रूपमा लिइन्छ । मल्तान र लाहोर बीच रेल मार्गको एक भाग विद्युतीय शक्तिले चल्ने बनाइएको छ जुन दुर्त गतिमा गुड्छ । यस सहरमा अन्य राष्ट्रिय राजमार्गहरू पनि रहेका छन् जसले यस सहरलाई अन्य सहरहरूसँग जोडेको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "अभिलेख गरिएको", मूलबाट २००६-०४-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०९-१७  वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-१४ मिति
  2. क्षेत्रफल सन्दर्भ वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-१४ मिति
  3. जिल्ला - पाकिस्तान सरकार मिती=२०१२-०८-०५
  4. वेहाडीको अवस्थिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्