साहिवाल विभाग (पञ्जाबी, उर्दु: ساہیوال) पाकिस्तानको पञ्जाब प्रदेशको ९ अौँ विभागको एक हो । सन् १९९८ मा यस विभागको जनसङ्ख्या ६,२७१,२४७ थियो भने वार्सिक जनसङ्ख्या विद्ध दर १.९२% रहेको छ । सन् २००८ मा साहिवाल विभाग तीन जिल्लामा विभाजन भएको छ जसमा -साहिवाल जिल्ला, ओकरा जिल्ला, पाकपट्टन जिल्लाहरू हुन् । साहिवाल शहर दुवै साहिवाल जिल्ला र साहिवाल विभागको राजधानी शहर हो ।

साहिवाल
ساہیوال
विभाग
पाकिस्तानको नक्शामा साहिवाल विभागको अवस्थितिको अवस्थिति
पाकिस्तानको नक्शामा साहिवाल विभागको अवस्थिति
निर्देशाङ्क: ३०°३९′५२″उ॰ ७३°६′३०″पू॰ / ३०.६६४४४°N ७३.१०८३३°E / 30.66444; 73.10833निर्देशाङ्कहरू: ३०°३९′५२″उ॰ ७३°६′३०″पू॰ / ३०.६६४४४°N ७३.१०८३३°E / 30.66444; 73.10833
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
सदरमुकामसाहिवाल
स्थापना२००८[१]
जिल्लाहरू
सरकार
 • प्रकारविभाग
 • प्रमुख आयुक्तअली बहादुर ओजी
क्षेत्रफल
 • जम्मा१०,३०२ किमी (३९७८ वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[२]
 • जम्मा७,३८०,३८६
 • घनत्व७२०/किमी (१९००/वर्ग माइल)
 साहिवाल जिल्लाको कुल जनसङ्ख्या
मुख्य भाषाहरू
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
हिलाक कोड
५७०००
सम्पर्क कोड०४०[३]
वेबसाइटwww.sahiwal.gov.pk

यस विभागको १८ माइल (२९ किलोमिटर) दक्षिण-पश्चिममा हडप्पा विभाग रहेको छ जुन पाकिस्तानको एक प्रचीन सिन्धु उपत्यका एक भाग थियो । यस विभागबाट कमिलिया शहरबाट २८ माइल (४५ किलोमिटर) जुन ३२५ ई.पूमा एलेक्जेन्डर द ग्रेटले आफ्नो काबुमा लिएका थिए । सन् १८४९ मा पाकपट्टन प्रशासनिक जिल्ला लाहौर र मल्तान को बीच मा स्थापित भएको थियो । १८५१ मा पाकपट्टनको मुख्यालय गोगरा जिल्लामा सारियो । पकपट्टन प्रशासनिक जिल्लाको गोगरा जिल्लाको नाममा सारिएको थिए ।

अवस्थिति सम्पादन गर्नुहोस्

साहिवाल विभाग पाकिस्तानको पञ्जाब प्रदेशमा ३०.६ डिग्री उत्तर अक्षांश र ७३.१ डिग्री देशान्तरणमा अवस्थिति । यो पाकिस्तान को राष्ट्रिय राजमार्ग लाहोर र मल्तान को बीच आधे बाटोमा पर्छ । साहिवाल विभागको पश्चिममा फैसलाबाद विभाग रहेको छ भने लाहोर विभाग उत्तरमा पर्छ । त्यस्तै गरी बहावलपुर विभाग र भनरतका केही जिल्लाहरूले पुर्वबाट घेरेको छ भने मुल्तान विभागले दक्षिणबाट घेरेको छ । साहिवाल विभाग दुई नदीको बिचमा छ । यस विभागको रवि नदी पश्चिममा पर्छ भने सुतलज नदि पूर्वमा छ ।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

 

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस विभागको जन्म ६२,७१२,४७ रहेको छ जसको जनधनत्तव ६०८ प्रति किलोमिटर रहेको छ । यस साहिवाल विभागको कुल जनसङ्ख्या मध्य ४७% महिला रहेका छन् । कुल जनसङ्ख्याको ७५% मानिसहरू शहरी क्षेत्रमा बसोबास गर्छन् । यस विभागको साक्षरता दरको ६०.७ % मानिसहरू शहरी क्षेत्रमा बस्छन् भने ३३.८% मानिसहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

धर्म सम्पादन गर्नुहोस्

साहिवाल विभागको मुख्य धर्म इस्लामी हो जसले सन् १९९८ मा कुल जनसङ्ख्याको ९८.७% ओगटेको छ । यश क्षेत्रमा इस्लाम धर्म महम्मद बिन कसिम (६९५ इ.पू-७१५ इ.पू) ले ल्याएका हुन् । पाकिस्तानको स्वतन्त्रता भन्दा पहिले साहिवाल विभागमा धेरै मुस्लिम आवाधीले अखिल भारतीय मुस्लिम लीग र पाकिस्तान आन्दोलन को समर्थन गरेका थिए ।

भाषाहरू सम्पादन गर्नुहोस्

यस विभनगको मुख्य भाषा पञ्जाबी हो जसको आवाधी कुल जनसङ्ख्याको ९५% रहेको छ भने हरियाणवी भाषा यहाँको दोस्रो भाषा हो जसको आवाधी कुल जनसङ्ख्याको २.८% रहेको छ भने उुर्दु भाषा बोल्ने मानिसहरूको जनसङ्ख्या २% रहेको छ ।

मौसम सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

साहिवाल विभागको अर्थव्यवस्था कृषि र सम्बन्धित उद्योगमा निर्भर छ । सबैभन्दा ठूलो बाली गँहु हो भने त्यसपछिको कपास खेती हो ।

कृषि सम्पादन गर्नुहोस्

साहिवाल विभागको छेउछाउमा नदिहरू र सिंचाइ नहर भएका कारण यहाँको जमिन उर्वर छ । साहिवाल विभागको खाद्यान्नको उत्पादनको लागि खेती गरिन्छ । धेरै प्रकारका खाद्यान्नहरूको उत्पादन हुने गरेको छ । यस विभागमा मौसमको अनुकूलताका कारण यहाँ धेरै मात्रमा खेतीको उत्पादन हुँदै आएको पाइन्छ । यस विभागमा विशेष गरी : गँहु, उखु, कपास, खैनी, धान आदिको उत्पादन हुँदै आएको छ । यस विभागमा तरकारीहरू जस्तै आलु, प्याज, कालो खुर्सानी, गोलभेडा र गाँजर पनि खेतीहुदै आएका छन् । साहिवाल विभागमा मुख्य रूपमा अम्बा, आँप, सुन्तला आदि फलफूलहरूको पनि उत्पादन हुने गरेको छ ।

शिक्षा सम्पादन गर्नुहोस्

साहिवाल विभाग (साहिवाल, ओकरा र पाकपट्टन) को औसत शहरी साक्षरता दर ६०.७ प्रतिशत छ भने औसत ग्रामीण साक्षरता दर ३३.८ प्रतिशत रहेको छ । [४]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "आधिकारिक वेबसाइटबाट", मूलबाट ९ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-११-१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "२०१७- पाकिस्तानको जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ अगस्ट २०१७ मिति
  3. "राष्ट्रिय सम्पर्क कोड", पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड, अन्तिम पहुँच ९ मार्च २०१५ 
  4. पाकिस्तान सरकार शिक्षा विभाग = Archive.today अभिलेखिकरण २०१२-१२-२१ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्