पाकिस्तानको चार प्रदेश, एक राजधानी क्षेत्र र दुई स्वायत्त क्षेत्रहरूलाई प्रशासनिक "विभाजन"मा उपविभाजन गरिएको छ जुन जिल्ला, तहसील र अन्तमा सङ्घ परिषद्हरूमा थप विभाजित गरिएको छ। यी विभाजनहरू सन् २००० मा समाप्त भए पनि सन् २००८ मा पुनर्स्थापित गरिएको थियो। यस विभाजनमा इस्लामाबाद राजधानी क्षेत्र वा सङ्घीय प्रशासित जनजातीय क्षेत्र समावेश गरिएको छैन, जसलाई प्रदेश समान स्तरमा गणना गरिएको थियो, तर सन् २०१८ मा सङ्घीय प्रशासित जनजातीय क्षेत्रलाई खैबर-पख्तुनख्वा प्रदेशमा समावेश गरिएको थियो।

पाकिस्तानको विभाग
श्रेणीदोस्रो दर्जाको प्रशासनिक विभाजन
अवस्थितिपाकिस्तानको प्रशासनिक एकाइ
उप प्रशासनजिल्ला, तहसील, सङ्घ परिषद्

इतिहास सम्पादन गर्नुहोस्

प्रशासनिक विभाजनले उपनिवेशकालदेखि नै सरकारको अभिन्न तह गठन गरेको थियो। बेलायत शासित भारतका राज्यपाल क्षेत्रहरू विभाजित गरिएको थियो र ती प्रदेशहरू आफै पनि जिल्लाहरूमा विभाजित भएका थिए। सन् १९४७ को स्वतन्त्रतामा पाकिस्तानको नयाँ राष्ट्रमा दुई भूभागहरू थिए जस अन्तर्गत पर्ने पूर्वी र पश्चिम पाकिस्तान, भारतद्वारा अलग गरिएको थियो। पाकिस्तानका तीनवटा प्रदेशलाई दस प्रशासनिक विभाजनमा विभाजित गरिएको थियो। पूर्वी बङ्गालमा चार वटा विभागहरू थिए जसमा चट्टोग्राम, ढाका, खुलना र राजशाही पर्दथे। पश्चिम पञ्जाब प्रदेशमा चार वटा विभाग थिए जसमा लाहोर, मुल्तान, रावलपिन्डी र सरगोधा पर्दथे। तत्कालीन समयको उत्तर-पश्चिम सीमा प्रदेेशमा दुई विभागहरू थिए जसमा डेरा इस्माइल खान र पेशावर पर्दथे। अधिकांश विभाजनहरू केही अपवादहरू सहित विभाजनको राजधानीको नाममा नामकरण गरिएको थियो।

सन् १९५५ देखि १९७० सम्म एक एकाइ नीतिको अर्थ दुई प्रदेश मात्र थियो अर्थात् पूर्वी र पश्चिम पाकिस्तान। पूर्वी पाकिस्तानको पूर्व बङ्गाल जस्तै विभाजन थियो तर पश्चिम पाकिस्तानले थप सात नयाँ विभाजन प्राप्त गरेको थियो। बलुचिस्तान राज्य सङ्घ, कलात विभाग बनेको थियो भने पूर्वी बलुचिस्तान प्रमुख आयुक्तको प्रदेश क्वेटा विभाग बनेको थियो। पूर्व सिन्ध प्रदेशको अधिकांश भाग हैदराबाद विभागमा परिणत भएको थियो। केही भागहरू खैरपुर विभाग बनाउनका लागि खैरपुरको प्रमुख राज्यमा सामेल भएको थियो। पूर्व शासकीय राज्य बहावालपुर विभाग बनेको थियो जसमा पश्चिम पञ्जाबमा सामेल भएको थियो। सङ्घीय राजधानी क्षेत्र सन् १९६१ मा पश्चिम पाकिस्तानमा गाभिएको थियो र कराची-बेला विभाग गठन भएको थियो। सन् १९६९ मा चित्राल, दिर र स्वातका राजदुत राज्यहरूलाई पश्चिम पाकिस्तानमा विखण्डनीय मुख्यालयको रूपमा साईदुसँग मालाकन्ड विभागको रूपमा समावेश गरिएको थियो।

हालका विभागहरू सम्पादन गर्नुहोस्

यस तालिकामा सन् २०१७ को जनगणना अनुसार, पाकिस्तानको कुल ३७ विभागहरूको जनसङ्ख्या प्रस्तुत गरिएको छ। [१]

प्रदेश सम्पादन गर्नुहोस्

बलुचिस्तान प्रदेशका विभागहरू
विभाग क्षेत्रफल (किमी) जनसङ्ख्या
सन् १९९८ को जनगणना
जनसङ्ख्या
सन् २०१७ को जनगणना
राजधानी
कलात १४०,६१२ १,४४३,७२७ २,५०९,२३० खुजदार
मकरान ५२,०६७ ८३२,७५३ १,४८९,०१५ तुर्बत
नसिराबाद १६,९४६ ९८८,१०९ १,५९१,१४४ डेरा मुराद जमाली
क्वेटा ६४,३१० १,७१३,९५२ ४,१७४,५६२ क्वेटा
सिबी २७,०५५ ६३०,९०१ १,०३८,०१० सिबी
झोब ४६,२०० ९५६,४४३ १,५४२,४४७ झोब
लोरालाई लोरालाई
राखशान ८९,०१३ ४०९,४७३ ७३७,१६२ खारान
खैबर पख्तुनख्वाका विभागहरू
विभाग क्षेत्रफल (किमी) जनसङ्ख्या
सन् १९९८ को जनगणना
जनसङ्ख्या
सन् २०१७ को जनगणना
राजधानी
बन्नू ४,३९१ १,१६५,६९२ २,०४४,०७४ बन्नू
डेरा इस्माइल खान ९,००५ १,०९१,२११ २,०१९,०१७ डेरा इस्माइल खान
हजारा १७,१९४ ३,५०५,५८१ ५,३२५,१२१ एबटाबाद
कोहाट ७,०१२ १,३०७,९६९ २,२१८,९७१ कोहाट
मालाकन्ड २९,८७२ ४,२६२,७०० ७,५१४,६९४ साइदु शरिफ
मरदान ३,०४६ २,४८६,९०४ ३,९९७,६७७ मरदान
पेशावर ४,००१ ३,९२३,५८८ ७,४०३,८१७ पेशावर
पञ्जाबका विभागहरू
विभाग क्षेत्रफल (किमी) जनसङ्ख्यम
सन् १९९८ को जनगणना
जनसङ्ख्या
सन् २०१७ को जनगणना
राजधानी
बहवालपुर ४५,५८८ ७,६३५,५९१ ११,४६४,०३१ बहवालपुर
डेरा गाजी खान ३८,७७८ ६,५०३,५९० ११,०१४,३९८ डेरा गाजी खान
फैसलाबाद १७,९१७ ९,८८५,६८५ १४,१७७,०८१ फैसलाबाल
गुजरानवाला १७,२०६ ११,४३१,०५८ १६,१२३,९८४ गुजरानवाला
लाहोर ११,७२७ ८,६९४,६२० १९,५८१,२८१ लाहोर
मुल्तान १७,९३५ ८,४४७,५५७ १२,२६५,१६१ मुल्तान
रावपिन्डी २२,२५५ ६,६५९,५२८ १०,००७,८२१ रावलपिन्डी
साहिवाल १०,३०२ ५,३६२,८६६ ७,३८०,३८६ साहिवाल
सरगोधा २६,३६० ५,६७९,७६६ ८,१८१,४९९ सरगोधा
सिन्धका विभागहरू
विभाग क्षेत्रफल (किमी) जनसङ्ख्या
सन् १९९८ को जनगणना
जनसङ्ख्या
सन् २०१७ को जनगणना
राजधानी
बानभोर २८,१७१ २,५८५,४१७ ३,५६६,३००[२] ठट्टा
हैदराबाद ३३,५२७ ४,६१०,०७१ ७,०२६,३३५ हैदराबाद
कराची ३,५२८ ९,८५६,३१८ १६,०५१,५२१ कराची
सख्खर २४,५०५ ३,४४७,९३५ ५,५३८,५५५ सख्खर
लडकाना लडकाना
मिरपुर खास २८,१७१ २,५८५,४१७ ४,२२८,६८३ मिरपुर खास
सहिद बेनजिराबाद १८,१७५ ३,५१०,०३६ ५,२८२,२७७ नवाबशाह

प्रशासनिक क्षेत्रहरू सम्पादन गर्नुहोस्

आजाद कश्मीरका विभागहरू
विभाग क्षेत्रफल (किमी) जनसङ्ख्या
सन् १९९८ को जनगणना
जनसङ्ख्या
सन् २०१७ को जनगणना
राजधानी
मिरपुर ४,३८८ १,१९८,२४९ १,६५१,०१८ मिरपुर
मुजफ्फराबाद विभाग ६,११७ ७४५,७३३ १,०७२,१५० मुजफ्फराबाद
पूँच २,७९२ १०,२८,५४१ १२,३३,१९८ रावलकोट
गिल्गित-बल्तिस्तानका विभागहरू
विभाग क्षेत्रफल (किमी) जनसङ्ख्या
सन् १९९८ को जनगणना
जनसङ्ख्या
सन् २०१७ को जनगणना
राजधानी
गिल्गित - गिल्गित
बल्तिस्तान - स्कार्दू
दियामेर - चिलास

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्