झेलम

पंजाब को एक सहर, पाकिस्तान

झेलम (उर्दु: جِہلم, पन्जाबी: جہلم) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको झेलम जिल्लाको राजधानी सहर हो जुन झेलम नदीको दायाँ किनारमा अवस्थित छ । झेलम सहरले पाकिस्तानको स्वतन्त्रता भन्दा पहिला ब्रटिस्ट सेनालाई धेरै मात्रामा सैनिकहरू दिएको थियो र पछि पाकिस्तानको लागि पनि देशको सबैभन्दा धेरै यहि सहरबाट उत्पादन भएका करणले यस सहरला सैनिकहरूको सहर र युद्धाको भुमी भन्ने गरिन्छ । [३]

झेलम

جِہلم
सहर
उपनाम: 
योद्धाहरूको सहर
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लाझेलम
सङ्घीय परिसद
सरकार
 • अध्यक्षखान शेर बहादुर काइरा
क्षेत्रफल
 • जम्मा२२.५ किमी (८.७ वर्ग माइल)
उन्नतांश२३३ मिटर (७६८ फिट)
जनसङ्ख्या
 (१९९८)
 • जम्मा१४५,८४७
 • घनत्व६५००/किमी (१७०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
हुलाक कोड
४९६००
सम्पर्क कोड०५४४
मानव विकास सुचकाङ्क८२९ (२०१४-१५ सम्मको) वृद्धि[२]
विकास सुचाकङ्क श्रेणीअति उच्च

झेलम सहर म्यासेडोनियाका राजा र राजा पुरुवसको बिच युद्ध भएको ठाउँबाट केहि दुरीमा रहेको छ जुन युद्धलाई झेलमको युद्ध पनि भन्ने गरिन्छ । राजा अलेक्जेन्डरको ब्युसेफलस घोडाको मृत्यु पछि यस सहरलाई राजा अलेक्जेन्डरले सहरलाई ब्युसेफेला राखेका थिए । यस सहरमा नजिकैको अन्य उल्लेखनीय सम्पदाहरू छन् जसमा १६ औँ शताब्दी रोहतस किल्ला, प्राचीन मन्दिर परिसर र १६ औँ शताब्दीको ग्रान्ड ट्रङ्क सडक आदि रहेका छन् जुन सहरमा पर्छ । यस सहरको नामको उत्पत्ति जल जसको अर्थ पानी हुन्छ भने हम जसको अर्थ हिउँ हुन्छ । यस सहरमा विभिन्न कलकारखानाहरू रहेका छन् जसमध्ये खैनी कारखाना, फर्निचर कारखाना, काँच कारखाना आदि रहेका छन् ।

भूगोल सम्पादन गर्नुहोस्

झेलम सहर पाकिस्तानको पञ्वाब प्रदेशको झेलम जिल्लाको राजधानी सहर हो यो सहर ३२°५६' उत्तर देशान्तर र ७४°४४' पुर्वमा रहेको छ । झेलम सहर पाकिस्तानको राजधानी सहरबाट गाडी अथवा मटरबाट १ घण्डा ३० मिनेटको दुरीमा रहेको छ भने पञ्जाबको मुटु लाहोर सहरबाट मोटरमा ३ घण्टाको दुरीमा रहेको छ । झेलम सहर यी सहरहरूबाट पाकिस्तानी राष्ट्रिय राजमार्गबाट-५बाट जोडिएको छ ।

यस सहरमा विषेश गरी ग्रिष्म ऋतसमा अत्याधिक गर्मी र ओसीलो हुने गर्छ भने हिउँद ऋतुमा जाडो र सुख्खा हुने गरेको छ । यस सहरमा ग्रिष्म ऋतु अप्रिलमा सुरु हुन्छ र जुन महिनामा समाप्त हुन्छ यस सहरको सबैभन्दा अधिक तापक्रम ४९.२ डिग्री सम्म पुगेको छ भने न्युनतम तापक्रम -०.६ डिग्री मापन गरिएको छ । यस सहरमा वार्सिक औसत तापक्रम ८५० मिलिमिटर पर्छ भने यो वर्षा सहरलाई चाहपने भन्दा कम हो ।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या १,४५६,४७ रहेको थियो भने सन् २०१२ मा यस सहरको जनसङ्ख्या १,८८८,०३ रहेको अनुमान गरिएको छ । यो पाकिस्तान ३२ औँ ठूलो सहर हो जसले पाकिस्तानमा कुल २२ वर्ग किलोमिटर ओगटेको छ । यस सहरको जन घनत्वो २६१ प्रति वर्ग किलोमिटर रहेको छ भने वार्सिक औसत जनसङ्ख्या बिद्धि दर १.५१ % रहेको छ जुन अन्य विकसित सहरको भन्दा निकै कम हो । यस सहरमा मुख्यतया इस्लाम धर्मका मानिसहरू छन् जसको आवाधी ९८.४७ % रहेको छ भने बाँकी इसाई र हिन्दु रहेका छन् । यस सहरमा गुर्खा, जान्जुफ गुज्जर, खेख्खर, कस्मिरी आदि जनजातिहरू पनि बसोबास गर्छन् ।

झेलम सहरको साक्षरता दर ७९% रहेको छ जुन पाकिस्तानकै उच्च मध्यको एक हो जुन नजिकका इस्लामाबाद र राबलपिंडी भन्दा मात्रै कम छ । यो पञ्जाबकै साक्षरता दर ( ५८ % ) भन्दा पनि बढी छ । यस सहरको साक्षरता दर १९८१ देखि अहिले सम्म ३८.९% ले बढेको छ जसमा सहरी क्षेत्रमा अन्य ठाउँ भन्दा महिला र पुरुषको साक्षरता दर समान छ । यस सहरमा ८४% जनसङ्ख्याले विद्घुतको प्रयोग गर्छन् भने ९६% जनसङ्ख्याले शुद्ध खाने पानीको सुविधा पाएका छन् । यस सहरको मानव विकास सुचाकाङ्क ०.७७७ जुन कराची पछिकै सबैभन्दा धेरै हो ।

खेलकुद सम्पादन गर्नुहोस्

शिक्षा सम्पादन गर्नुहोस्

स्वास्थ सेवा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "वेदरवेस: झेलमको मौसमी जानकारी", वेदरबेस, २००८। 
  2. "सन् २०१५-१४ पाकिस्तानको आर्थिक र सामाजिक विकास", सामाजिक नीति र विकास केन्द्र, २०१६, अन्तिम पहुँच २६ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण ५ अप्रिल २०२० मिति
  3. "पाकिस्तानी सेनाको गतिविधि", बिबिसी समाचार, १७ जुन २००९, अन्तिम पहुँच २०१३ जनवरी २५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्