बलुचिस्तान, पाकिस्तान

बलूचिस्तान (उर्दू: بلوچستان) पाकिस्तान ) पाकिस्तानको पश्चिमी प्रान्त हो।बलूचिस्तान नामको क्षेत्र ठुलो छ र यो ईरान (सिस्तान व बलूचिस्तान प्रान्त) तथा अफगानिस्तानसंग जोडिएको क्षेत्रहरूमा बाडिएको छ। यसको राजधानी क्वेटा हो। यहाँको नागरिकहरूको प्रमुख भाषा बलूच वा बलूची को नामबाट जानिन्छ। सन १९४४ मा बलूचिस्तानको स्वतन्त्रताको विचार जनरल मनीको विचारमा आएको थियो तर सन १९४७ मा बेलायतीको ईसारामा यसलाई पाकिस्तानमा शामिल गरियो। सन १९७० को दशकमा एक बलूच राष्ट्रवाद को उदय भयो जसमा बलूचिस्तानलाई पाकिस्तानबाट स्वतन्त्र गर्ने मांग उठ्यो।[२]

बलूचिस्तान
अस्तोला द्वीप
अस्तोला द्वीप
बलूचिस्तानको झण्डा
झण्डा
बलूचिस्तानको आधिकारिक छाप
छाप
बलूचिस्तानको अवस्थिति
बलूचिस्तानको अवस्थिति
देश पाकिस्तान
स्थापित१ जुलाई १९७०
राजधानीक्वेटा
सबभन्दा ठुलो सहरक्वेटा
सरकार
 • प्रकारप्रान्त
 • अङ्गप्रान्तीय विधानसभा
 • राज्यपालनवाब जुल्फिकार अली मग्सी
 • मुख्यमन्त्रीनवाब असलम रायसानी (PPP)
क्षेत्रफल
 • जम्मा३४७,१९० किमी (१३४,०५० वर्ग माइल)
जनसङ्ख्या
 (2005)[१]
 • जम्मा७,८००,०००
 • घनत्व२२/किमी (५८/वर्ग माइल)
समय क्षेत्रयुटिसी+5 (PKT)
प्रमुख भाषाहरु
विधानसभाको सीटें65
जिल्ला३०
सङ्घीय परिषद८६
वेबसाइटbalochistan.gov.pk

यो प्रदेश पाकिस्तानको सबभन्दा कम जनसङ्ख्या भएको इलाका मध्ये एक हो।

इतिहाससम्पादन

यसको पूर्वी किनारा माथि सिंधु घाटी सभ्यताको उद्भव भयो। केही विद्वानहरूको विचार छ कि सिन्धु घाटीको सभ्यता को मूल नागरिकहरु बलूच नै थिए। तर यसको साक्षी नगण्य छ। सिंधु घाटीको लिपि न पढेको कारण संशय अहिलेसम्म बनिरहेको छ।तर सिंधु सभ्यताको अवशेष आजको बलूचिस्तानमा कम नै पाईन्छ। बलूची नागरिकको विचार छ कि उनिहरूको मूल निवास सीरिया को इलाकाबाट थिए र उनिहरूको मूल सेमेटिक (अफ्रो-एसियाटिक) हुन। आजको दक्षिणी बलूचिस्तान ईरानको कामरान प्रान्त को हिस्सा थियो जबकि उत्तर पूर्वी भाग सिस्तान को अंग। सन् ६५२ मा मुस्लिम खलीफा उमरले कामरान माथी आक्रमणको आदेश दिए र यो इस्लामी बिद्रोहको अङ्ग बन्यो। तर उमरले आफ्नो साम्राज्य कामरान सम्म नै सीमित रखे। अली को बिद्रोहमा पूरा बलूचिस्तान, सिंधु नदीको पश्चिमी किनारासम्म, बिद्रोह अन्तर्गत आयो। यस समय एक अर्को विद्रोह पनि भएको थियो। सन ६६३ मा भएको विद्रोहमा कलात राशिदुन बिद्रोहको नियण्त्रणबाट निस्कियो।पछि उम्मयदहरूले यसमाथि कब्जा गरे। यस पछि यो मुगल हस्तक्षेपको पनि विषय रह्यो तर अन्तमा ब्रिटिश शासनमा शामिल भए।सन १९४४ मा यसलाई स्वतन्त्र गर्ने विचार पनि अंग्रेजहरूको मनमा आएको थियो तर सन १९४७ मा यो स्वतन्त्र पाकिस्तानको अङ्ग बन्यो । सत्तरको दशकमा यहाँ पाकिस्तानी शासनको बिरुध्द मुक्ति अभियान पनि बढेको थियो जसलाई दबाईयो।

प्रशासनिक विभागसम्पादन

यस प्रान्तमा २७ जिल्ला छन :

यो पनि हेरौंसम्पादन

सन्दर्भसम्पादन

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named worldbankpop
  2. "Baluch nationalism, since its birth"