नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको एउटा कम्युनिष्ट पार्टी हो


नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको एउटा कम्युनिष्ट पार्टी हो। वि. सं. २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) लगायत अन्य विभिन्न ससाना दलहरूका रूपमा अस्तित्वमा रहेका छन्। यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ। सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ। यो पार्टीलाई बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता सुरुवात गर्ने श्रेय दिइन्छ।

नेपाल कम्युनिष्ट पार्टी
सभापतिखड्गप्रसाद ओली
महासचिवईश्वर पोखरेल
स्थापना१९९१
विघटन2075 jestha 03
अग्रकालीननेकपा एमाले (समाजवादी)
प्रमुख कार्यालयबल्खु, काठमाडौँ
विद्यार्थी सङ्गठनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
युवा सङ्गठनयुवा सङ्घ नेपाल
मजदुर् झुमा...नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)
विचारधारासाम्यवाद, मार्क्सवाद-लेनिनवाद
संविधान सभा
१७५ / ६०१
वेबसाइट
नेकपा एमाले

यद्यपि, संसद तथा सडकमा अवरोध गर्ने, सडकमा रेलिङ भाच्ने तथा टायर बाल्ने संसदीय विकृतिको सुरुवात गरेको दोष पनि यो पार्टीलाई जान्छ। यो पार्टीले लगातार ५७ दिन सम्म संसद अवरुद्ध [१] गरेर रेकर्ड कायम गरेको छ।

इतिहाससम्पादन

 
पार्टीको बल्खु स्थित केन्द्रीय कार्यालय जुन २०७२ सालको भुकम्पको कारण भत्किएको थियो।

निरङ्कुश राणा शासन विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। राणा शासन विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल हुनुहुन्थ्यो भने अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो।

स्थापनाकालदेखि नै राणा शासन विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले ३० वर्षे पञ्चायती व्यवस्था विरुद्ध होस् चाहे निरङ्कुश राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक र बलिदानी सङ्घर्ष गर्दै आएको छ। नेपाल कम्युनिष्ट पार्टीको सहभागिता र नेतृत्व बिना नेपालको लोकतान्त्रिक आन्दोलन यस उचाइसम्म आउनु सम्भव थिएन। २०४६ साल र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको थियो।

नेकपा एमालेले जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेशा आन्दोलनलाई अगाडि बढाउँदै आएको छ। लैङ्गिक विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्याहरूलाई समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गर्ने र श्रमजीवीहरूका हक हितको संरक्षण गर्ने सबालमा पनि पार्टीले जिम्मेवार भूमिका खेल्दै आएको छ।

एघार वर्ष लामो हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधानमा पार्टीले खेलेको ऐतिहासिक भूमिका नेपाली जनताको मानसपटमा ताजै छ। आज पनि शान्ति प्रक्रियालाई पूर्णता दिने, दिगो शान्ति कायम गर्ने र सङ्क्रमणकालको सफल व्यवस्थापन गर्ने कुरामा नेकपा एमाले अथकरूपमा प्रयत्नशील छ।

महाधिवेशनसम्पादन

महाधिवेशन स्थान मिति नतिजा
पहिलो पाटन २०१० माघ १७-२५ महासचिवमा मनमोहन अधिकारी चयन
दोस्रो २०१४ जेठ १५-२५ फोहोरा दरबार महासचिवमा केशरजङ्ग रायमाझी
तेस्रो २०१९ साल, बैशाख ४–१५
चौथो २०४६ भाद्र ९–१४ सगरमाथा अञ्चलको सिराहा महासचिवमा मदन भण्डारी निर्वाचित
पाँचौ २०४९ साल माघ १४–२० काठमाडौं जनताको बहुदलीय जनवाद पारित
छैटौं २०५४ विजयी
सातौं २०५६
आठौं २०६५ झलनाथ खनाल अध्यक्ष निर्वाचित
नवौं २०७० केपी ओली अध्यक्ष निर्वाचित

संसदीय राजनीतिसम्पादन

संसदीय क्षेत्रमा पार्टीले उल्लेख्य भूमिका खेलेको छ। विश्वव्यापी रूपमै समाजवादी आन्दोलनले गम्भीर धक्का खाएको प्रतिकूल परिस्थितिमा समेत नेकपा (एमाले)ले २०४८ सालमा तत्कालीन प्रतिनिधिसभा का एक तिहाइ सिटमा विजय हासिल गरेर आफ्नो लोकप्रियता पुष्टि गरेको थियो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई समेत पराजित गर्दै राजधानीका दुई स्थानबाट विजय हासिल गर्ने कमरेड मदन भण्डारीप्रति लक्षित गर्दै न्युजविकले लेखेको थियो– नेपाल, जहाँ कार्ल मार्क्स जीवित छन्। २०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै पार्टीले पहिलो कम्युनिष्ट सरकार सञ्चालन ग¥यो। मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको उक्त सरकारलाई आजसम्मकै सर्वाधिक लोकप्रिय सरकार र कमरेड मनमोहनलाई सर्वाधिक सम्मानित प्रधानमन्त्रीको रूपमा नेपाली समाजले आज पनि स्मरण गर्छ। त्यसबाहेक, २०६६ जेठ देखि २०६७ माघसम्म पार्टीका वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र २०६७ माघदेखि २०६८ भदौसम्म पार्टी अध्यक्ष कमरेड झलनाथ खनालले प्रधानमन्त्रीको रूपमा संयुक्त सरकारको नेतृत्व गर्नुभएको छ।

जनताको बहुदलीय जनवादसम्पादन

नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो। जननेता कमरेड मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त मार्क्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो, यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो। कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही साबित हुँदै आएको छ र आज पनि हाम्रा समग्र कामहरूमा यसले मार्गदर्शन गरिरहेको छ।नेपाललाइ विकास तर्फ धकेल्न महत्त्वपूर्ण कार्यहरु गर्दै आइरेको छ। महाकाली सद्दधी

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन