सुरेन्द्र पाण्डे
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सुरेन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टीको सांसद हुन् ।
२०३१ सालदेखि पूर्णकालीन राजनीतिक जीवनमा होमिएका नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य सुरेन्द्र पाण्डे संविधानसभामा समानुपातिक तर्फका सभासद थिए। तत्कालीन को-अर्डिनेसन केन्द्रबाट उनले राजनीतिक यात्रा शुरु गरेका हुन् जसका निम्ति आफ्नो पारिवारिक वातावरण र त्यसवेलाको राजनीतिक परिस्थिति समेतले उनलाई प्रेरित गरेको थियो। सभासद पाण्डे विगत १८ वर्षदेखि एमाले केन्द्रीय कमिटीमा छन् र राष्ट्रिय सभा सदस्य पनि रहिसकेका छन्। राजनीतिक यात्राका क्रममा उनले राजकाज र सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुप्रै पटक जेल जीवन बिताइसकेका छन्।
१. विगतको राजनीतिक जीवनः
सम्पादन गर्नुहोस्- ०३१ साल देखि राजनीतिमा सक्रिय
- पंचायती शासनकालमा १० वर्ष भुमिगत भई आन्दोलनको नेतृत्व गरेको
- ०४३ सालमा पंचायतको विरुद्ध जनपक्षीय उम्मेदवारलाई जिताउन विभिन्न जिल्लामा नेतृत्व गरेको
- उपत्यकाको इन्चार्ज भई काम गरेको
- ०४६ सालको जनआन्दोलनमा कोशि अन्चलमा पार्टीको तर्फबाट नेतृत्व गरेकोे
- कर्णाली अन्चल जस्तो बिकट जिल्लामा इन्चार्ज भई पार्टीलाई बिस्तार र व्यवस्थित बनाएको
- मजदूर फाँट, बिद्यार्थी फाँट, पेशागत फाँट लगायतको प्रमुख भई काम गरेको
- महिलाहरूको हक, हित तथा अधिकारको निम्ति निरन्तर रूपमा कार्य गरेको
- गणतन्त्र नेपालमा राज्यको पुनःसंरचना, सङ्घीयता, निर्वाचन प्रणाली लगायतका महत्त्वपूर्ण सवालहरूमा पार्टीको तर्फवाट विशेषज्ञताको भुमिका निर्वाह गरेको
२. संसदमा योगदान
सम्पादन गर्नुहोस्- ०५४ देखि ०६० सम्म राष्ट्रियसभाको सदस्य भई चितवनको क्षेत्र नं १ विकास निर्माणको निम्ति निरन्तर कार्य गरेको
- ०५६ देखि ०६० सम्म राष्ट्रियसभाको प्रमुख सचेतक भई सदन संचालनमा महत्त्वपूर्ण योगदान गरेको
- ०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य तथा संविधानसभामा दलको उपनेता भई कार्य गरेको
- संबिधानसभामा संबैधानिक समिति, विवाद समाधान उपसमितिमा बसी महत्त्वपूर्ण
- भ्ुामिका खेलेको र संबिधानको बिषयमा विवादित बिषयलाई हल गर्न भुमिका खेलेको र उच्च स्तरिय वार्ताहरूमा सक्रिय सहभागिता रहेको
- नेपालका प्राय सवै जिल्लाहरूमा भ्रमण गर्नुको साथसाथै अन्तराष्ट्रिय स्तरको अनुभव हासिल
३. सफल अर्थमन्त्रीको रूपमा कार्यगर्दा
सम्पादन गर्नुहोस्- ०६६ जेष्ठ खेखि ०६७ माघ सम्म नेपाल कै सफल अर्थमन्त्रीको रूपमा कार्य गरेको र मुलुकको सिंगो विकासमा प्रभाव पार्ने कार्यक्रमहरू अगाडि ल्याएको
- देशको आर्थिक विकासमा नयाँ सोच र योजना अगाडि बढाएको । मध्य पहाडी लोकमार्ग, मध्यपहाडी सडक वरपर दशवटा शहर निर्माण, ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको थालनी गरेको
- काठमाडौँ नीजगढ फास्ट ट्याक निर्माण शुरु
- पूर्वपश्चिम हुलाकी मार्ग, त्यसमा पर्ने पुलहरूको निर्माण शुरु
- दलितहरूको हक तथा अधिकारको संरक्षणको निम्ति शसक्त कदम चालेको र उनीहरूको निम्ति जनता आवासको नाममा घरहरु निर्माण गरेको
- सडक दुर्घटनाका पीडितलाई उचित न्याय दिलाउन, दुर्घटनाको कारणबाट सडक अवरोध भई यात्रुहरु अलपत्र पर्ने अवस्थालाई समाप्त गर्न तेश्रो पक्षको बिमा शुरु गरेको
- लेड सेडिंगको समस्यालाई क्रमशः समाधान गर्ने योजना अनुरुप माथिल्लो तामाकोशि आयोजनाको शुरु गरेको
- माथिल्लो चिशुली ुतीन एु को ऋण सम्झौता गरी काम शुरु
- श्रमिकहरूको सामाजिक सुरक्षाको लागि सामाजिक सुरक्षाकर कट्टी गरी सामाजिक सुरक्षा प्रणाली शुरु,
- आम नागरिकको श्वास्थ उपचारको व्यवस्था सहज रूपले गराउन पाउन पाँच जिल्लामा पाइलट योजनाको रूपमा श्वास्थ्य बिमा शुरु
- गरीब जनताहरुका सवै छोराछोरीहरूले शिक्षाको अवसर पाउन सकून भन्ने उद्देश्यले दशकक्षासम्म सरकारी बिद्यालयमा पढ्ने छात्रछात्राहरूलाई नगद छात्रबृत्ति शुरु
- बालिकाहरूको श्वास्थ्यलाई ध्यानमा राखी सवै बिद्यालयहरूमा छात्रा शौचालयको व्यवस्था
- तिस हजार सरकारी बिद्यालयमा इन्टरनेट सेवा शुरु
- खेलक्षेत्रमा लगानी वृद्धि
- चितवन, हेटौडा र कैलालीमा क्षेत्रिय रंगशालाको निम्ति र भैरहवा र काठमाडौँ क्रिकेट मैदानमा बजेट विनियोजन
- पोखरा विमानस्थलको लागि ऋण सम्झौता गरी कार्य अगाडि बढाएको
- राष्ट्रिय परिचयपत्र, गरीब परिचयपत्र निर्माणको लागि बजेट विनियोजन
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर ४९ वर्षीय सुरेन्द्र पाण्डे दुई छोराका पिता हुन्। अध्ययनमा उनको रुचि छ र उनी वीरेन्द्रनगर, चितवन स्थित जनआदर्श बहुमुखी क्याम्पससँग आवद्ध रहेका छन्। विभिन्न पत्रपत्रिकामा उनका लेख रचना प्रकाशित हुँदै आएका छन्। चितवन (भण्डारा) निवासी पाण्डे आफू पार्टीको नीति, सङ्गठन र राजनीतिक निरन्तरताको आधारमा संविधानसभामा पुग्न सकेको आकलन गर्छन्। संविधानसभामा उनले प्रमुखतासाथ दुई मुद्दा उठाउने बताएका थिए। क.शिक्षा स्वास्थ्य र रोजगारीलाई मौलिक हकमा समावेश गर्ने अग्रगामी एजेण्डा सहितको संविधान निर्माण, ख. सङ्घीय संरचना मार्फत जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रीय विभेदको अन्त्यका लागि पहल। सबै दलको सहमति र सहकार्यका आधारमा बन्ने नयाँ संविधानले नै नयाँ नेपालको मार्गचित्र कोर्न सक्ने उनको धारणा छ।
हाल उनी सांसदको रूपमा कार्यरत छन्।[१]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ संविधान सभा निर्वाचन पोर्टल वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति