नेपालको व्यवस्थापिका संसद

नेपालको संविधानमा माथिल्लो सदन सहितको द्विसदनात्मक व्यवस्था रहेको छ।

को प्रतिनिधि सभा अध्यक्ष
सभामुख
सम्बोधनमाननीय(औपचारिक)
सभामुख महोदय
नियुक्तिकर्ताप्रतिनिधि सभा का सांसदगण
पदावधीप्रतिनिधि सभाको कार्यकाल सम्म (अधिक्तत्म ५ वर्ष)
सुरुवाती बहालवालाकृष्णप्रसाद भट्टराई
उपडा.शिबमाया तुम्बाहाङफे
वेबसाइट[१]
Nepalese Constituent Assembly Building.jpg
प्रतिनिधि सभा

प्रतिनिधि सभाको गठनसम्पादन

(१) प्रतिनिधि सभामा देहाय बमोजिमका दुई सय पचहत्तर सदस्य रहनेछन्ः–

(क) नेपाललाई जनसङ्ख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय पैंसठ्ठी सदस्य,

(ख) सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय दश सदस्य ।

(२) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिंदा जनसङ्ख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम,

पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ । त्यसरी उम्मेदवारी दिंदा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनु पर्नेछ [१]

प्रतिनिधि सभाको सभामुख र उपसभामुख निर्वाचनसम्पादन

प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन्।

शपथ ग्रहणसम्पादन

सभामुखको शपथ ग्रहण राष्ट्रपतिबाट हुन्छ ।

पद रिक्तसम्पादन

(क) निज प्रतिनिधि सभाको सदस्य नरहेमा,

तर प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्।

(ख) निजले लिखित राजीनामा दिएमा,

(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।

राष्ट्रिय सभासम्पादन

माथिल्लो सदनमा सदस्यता पुर्ण रुपले रिक्त नहुने, खास समयमा निश्चित प्रतिशत सदस्यको पदावधि समाप्त भए पनि पुनः निर्वाचित हुने हुनाले यसलाई स्थायी सदनको रुपमा लिने गरिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय सभा प्रत्येक दुई वर्षमा एक तिहाई सांसदको अवधि समाप्त हुने र पुनः सोही प्रक्रियाबाट सांसद चुनिने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेको छ। प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारीताको सन्तुलन समेतलाई संवोधन गर्न नेपालको संविधानले राष्ट्रिय सभाको व्यवस्था गरेको छ।

प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मणडलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी निर्वाचित छपन्न जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना गरी राष्ट्रिय सभामा उनान्साठी सदस्य रहेका छन्।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. नेपालको संबिधान २०७२