जनताको बहुदलीय जनवाद (संक्षिप्त रूपमा जबज)ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) तथा पूर्व नेपाल कम्युनिस्ट पार्टीको वैचारिक कार्यदिशालाई जनाउँदछ।[] यो वि.सं २०४९ मा घोषणा गरिएको थियो। यो विचारले प्रतिनिधिमूलक लोकतान्त्रिक बहुदलीय व्यवस्थालाई अगाडि सारेको छ।[][] यसलाई नेकपा(एमाले)का नेता मदन भण्डारीले मार्क्सवाद–लेनिनवादको विस्तार गरेको मानिन्छ[] र यो नेपालको घरेलु राजनीतिमा आधारित छ।[][][]

जनताको बहुदलीय जनवाद

नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच भएको दल एकीकरण पश्चात् बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा नेकपा (एमाले)को जनताको बहुदलीय जनवाद विचारधारा र तत्कालीन एकीकृत नेकपा (माओवादी)को 'एक्काइसौँ शताब्दीको जनवाद' बीचको सम्झौताका रूपमा एकीकृत पार्टीको विचारधारामा अस्थायी रूपमा 'जनताको जनवाद'को रूपमा परिभाषित गरिएको थियो।[] पछि अदालतको आदेशका कारण नेपाल कम्युनिस्ट पार्टी विघटन भएको थियो।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "यस्तो छ माधव नेपालको पार्टीको घोषणा पत्र (पूर्णपाठसहित)", सेतोपाटी 
  2. "खासमा के छ जनताको बहुदलीय जनवादमा ?", रातोपाटी (नेपालीमा), मूलबाट १७ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९ 
  3. "मदन – आश्रितका सपना", गोरखापत्र (नेपालीमा), मूलबाट १९ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९ 
  4. ४.० ४.१ "प्रम ओलीको प्रश्न–जबज स्वीकार्ने कि पतन रोज्ने ?", हिमाल खबर (नेपालीमा), मूलबाट २३ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९ 
  5. "जनताको जनवाद र समाजवाद", नयाँ पत्रिका (नेपालीमा), मूलबाट १५ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९ 
  6. "एमाले नेता घनश्याम भुसाल भन्छन् 'जबज अस्तित्वको विषय होइन'", अन्नपूर्ण पोस्ट (नेपालीमा), मूलबाट ४ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९ 
  7. "जनताको बहुदलीय जनवाद र उठाइएका प्रश्न", कान्तिपुर (नेपालीमा), मूलबाट १६ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१९