केशरजङ्ग रायमाझी
केशरजङ्ग रायमाझी (जन्म: वि.सं. १९८३ - मृत्यु : वि.सं. २०६९ पुष २) नेपाल कम्युनिष्ट पार्टीका पूर्व महासचिव, पूर्वमन्त्री, पूर्व राजसभा स्थायी समितिका सभापति र नेपालका राजनीतिज्ञ थिए। क्युबाका नेता फिडेल क्यास्ट्रो, सोभियत सङ्घका निकिता खु्रस्चेभ, चीनका माओ त्से तुङ, भियतनामका हो चि मिहृसम्म उनको नजिकको सम्बन्ध थियो।[२][३]
केशरजङ्ग रायमाझी | |
---|---|
राजसभा स्थायी समिति सभापति | |
कार्यकाल वि.सं. २०५४ मङ्सिर ११ [१] – वि.सं. २०६५ जेष्ठ १५ | |
नेपाल कम्युनिष्ट पार्टीका महासचिव | |
कार्यकाल वि.सं. २०१० – वि.सं. २०१९ वैशाख १५ | |
व्यक्तिगत विवरण | |
जन्म | केशरजङ्ग रायमाझी वि.सं. १९८३ पाल्पा, तानसेन |
मृत्यु | वि.सं. २०६९ पुष २ कपुरधारा |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी |
निवास | कपुरधारा |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्पाल्पामा जन्मेका रायमाझी कोलकात्ता पढ्न गएका बेला मार्क्सिस्ट स्टडी सर्कल निर्माण गरे। यो सन् १९४७ को कुरा हो। पछि त्यसैलाई प्रोग्रेसिभ स्टडी सर्कलमा बदलेर सचिव चुनिए। सिपिआइका नेता रत्नलाल ब्राह्मन उनका प्रेरक थिए।
राजनीती
सम्पादन गर्नुहोस्नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा उनी केन्द्रीय सदस्य चुनिए। चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा भाग लिन महासचिव मनमोहन अधिकारी चीन गएका बेला उनको भूमिका अग्रभागमा देखा पर्यो। त्यो बेला कम्युनिस्ट पार्टीमा गुटबन्दी मौलाएको थियो।
दोस्रो सम्मेलनबाट उनी महासचिव बने। संवैधानिक राजतन्त्रको वकालत गरेकाले दरभंगा प्लेनमबाट हटाइए। २०१७ सालको कदमपछि राजालाई साथ दिनुपर्ने उनको विचार विवादित थियो। यद्यपि कम्युनिस्ट पार्टीको बहुमत उनकै पक्षमा थियो। अचम्म त के छ भने उनी महासचिवबाट हटाइँदा पनि बहुमतचाहिँ उनैसँग थियो। पुष्पलाल र तुलसीलाल अमात्यहरूको अल्पमत धारले बहुमतसहितका रायमाझीलाई हटाएको थियो।
पञ्चायतकालमा कम्युनिस्ट पार्टी पटक-पटक फुटे। २०३७ सालको जनमत सङ्ग्रहसम्म पनि रायमाझी नेता रहे। सैद्धान्तिक आदर्शबाट विचलित भएको भनेर विष्णुबहादुर मानन्धरलगायतले उनलाई हटाए। त्यसपछि उनका निष्त्रि्कयताका दिन सुरु भए।
२०४६ सालको आन्दोलनपछि कृष्णप्रसाद भटराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा उनी शिक्षामन्त्री भए। २०४८ को चुनावमा जनता दल समाजवादी प्रजातान्त्रिकबाट काठमाडौँ तीनमा चुनाव लडे।
राजसभा स्थायी समिति सभापति
सम्पादन गर्नुहोस्२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड हुँदा उनी राजसभा स्थायी समिति सभापति थिए। उक्त हत्याकाण्ड पछि यिनकै कार्यकालमा युवराज दीपेन्द्र र अधिराजकुमार ज्ञानेन्द्र राजा बनाइएका थिए।[४][५][६]
उनैले राजालाई आफूहरूविरुद्ध उक्साएको भनेर उनको घरमा माओवादीले दुईपटकसम्म आक्रमण गर्यो।[७]
निधन
सम्पादन गर्नुहोस्रायमाझीको २०६९ पुष २ गते बेलुकी हृदयाघातबाट कपुरधारास्थित आफ्नै घरमा निधन भयो। [८]
सन्तान
सम्पादन गर्नुहोस्प्रसिद्ध नेपाली चलचित्र निर्देशक दीपक रायमाझी यिनका छोरा थिए जसको १९ अक्टोबर २०११ मा काठमाडौँमा नै निधन भएको थियो।[९]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ २०५४ मङ्सिर ११ प्रकाशित नेपाल राजपत्र
- ↑ रहेनन् केशरजङ्ग रायमाझी
- ↑ बर्मा, कृष्णराज (१५ असार २०७१), "रायमाझीको उदय", नेपाल, अन्तिम पहुँच २२ जेष्ठ २०७९।
- ↑ BBC NEWS | South Asia | Nepal's royal proclamation
- ↑ 4 DAYS, 3 KINGS - Nepali Times
- ↑ Headline News The Kathmandu Post (Nepal) वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-१५ मिति
- ↑ http://nagariknews.com/society/nation/50608-2012-12-18-03-35-06.html
- ↑ केशरजङ्ग रायमाझी रहेनन्[स्थायी मृत कडी]
- ↑ http://samudrapari.com/201110191941.html#.UNAMbeSTyf4