खड्गप्रसाद ओली

नेपाली राजनीतिज्ञ एवम् नेकपा एमालेका अध्यक्ष

खड्गप्रसाद शर्मा ओली (राजनैतिक नाम केपी ओली) (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा[३][४][५][६] नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए। [७]

खड्गप्रसाद ओली
खड्गप्रसाद शर्मा ओली
Prime Minister of Nepal, Mr. K.P. Sharma Oli, at Hyderabad House, in New Delhi on April 07, 2018 (1).jpg
वि.सं २०७५ सालमा, ओली नयाँ दिल्ली २०७५
नेपालको प्रधानमन्त्री
कार्यकाल
२०७४ फागुन ३ – २०७८ असार २९
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीशेरबहादुर देउवा
उतराधिकारीशेरबहादुर देउवा
कार्यकाल
२०७२ असोज २५ – २०७३ साउन २०
राष्ट्रपतिरामवरण यादव
विद्यादेवी भण्डारी
सहायकविजयकुमार गच्छदार
पूर्वाधिकारीसुशील कोइराला
उतराधिकारीपुष्पकमल दाहाल
नेपालको उपप्रधानमन्त्री
कार्यकाल
वि.सं २०६२ – वि.सं २०७३
शासकराजा ज्ञानेन्द्र
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
परराष्ट्रमन्त्री
कार्यकाल
वि.सं २०६२ – वि.सं २०६३
शासकराजा ज्ञानेन्द्र
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
पूर्वाधिकारीरमेशनाथ पाण्डे
उतराधिकारीसहाना प्रधान
गृहमन्त्री
कार्यकाल
वि.सं २०५० – वि.सं २०५१
शासकराजा वीरेन्द्र
प्रधानमन्त्रीमनमोहन अधिकारी
पूर्वाधिकारीशेरबहादुर देउवा
उतराधिकारीखुमबहादुर खड्का
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को अध्यक्ष
पद बहाली
२०७७ फागुन २४
पूर्वाधिकारीपद स्थापित ( सर्वोच्च अदालतको फैसला अनुसार पार्टी पुनर्स्थापित)[१]
कार्यकाल
वि.संं २०७१ – वि.सं २०७५
पूर्वाधिकारीझलनाथ खनाल
उतराधिकारीपद खारेज (नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षको रूपमा )[२]
नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष
कार्यकाल
२०७५ जेठ ३ – २०७७ फागुन २४
सहकर्मी पुष्पकमल दाहाल
पूर्वाधिकारीपद स्थापित (नयाँ दल)[२]
उतराधिकारीपद खारेज (सर्वोच्च अदालतको फैसला अनुसार पार्टी विघटित)[१]
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७४ फागुन २०
पूर्वाधिकारीकेशवकुमार बुढाथोकी
(प्रतिनिधि सभा सदस्य)
निर्वाचन क्षेत्रझापा–५
कार्यकाल
वि.सं २०५६ – वि.सं २०६४
पूर्वाधिकारीसिपी मैनाली
उतराधिकारीगौरीशङ्कर खड्का
(पहिलो संविधानसभा सदस्य)
निर्वाचन क्षेत्रझापा २
कार्यकाल
वि.सं २०४७ – वि.सं २०५६
पूर्वाधिकारीनिर्वाचन क्षेत्र स्थापित
उतराधिकारीगोपालप्रसाद कोइराला
निर्वाचन क्षेत्रझापा ६
दोस्रो संविधानसभा सदस्य
कार्यकाल
२०७० माघ ७ – २०७४ असोज २८
पूर्वाधिकारीविश्वदीप लिङ्देन लिम्बू
उतराधिकारीनिर्वाचन क्षेत्र खारेज
निर्वाचन क्षेत्रझापा ७
व्यक्तिगत विवरण
जन्म (१९५२-०२-२२) २२ फेब्रुअरी १९५२ (उमेर ७०)
तेह्रथुम जिल्ला, प्रदेश नं. १, नेपाल)
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले) (२०७५ अगाडि, २०७७–हाल)
अन्य राजनीतिक
संलग्नता
नेपाल कम्युनिष्ट पार्टी (वि.सं २०७५–२०७७)
जीवन साथी(हरू)राधिका शाक्य
अभिभावक(हरू)मोहनप्रसाद ओली (बुबा)
मधुमाया ओली (आमा)
हस्ताक्षर
वेबसाइटkpsharmaoli.com.np

पदमा रहँदा ओली बारम्बार छुद्रो बोली , रुखो र टर्रो बोली लगाउने टिप्पणी, आलोचक र मिडियाप्रति शत्रुता, सहकर्मी र व्यापारिक सहयोगीहरूको भ्रष्टाचारमा मौनता, आर्थिक वृद्धिमा असफल हुनु र बजेट खर्चको वाचा नगरेको भन्दै विवादमा तानिएका थिए । [८][९][१०][११][१२]

पारिवारिक जीवनी

खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। [१३][१४][१५]झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण भएका थिए। ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।

प्रारम्भिक राजनीतिक जीवन

विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। वि.सं २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए।[१६] ओली तत्कालिन नेकपा (माले)को संस्थापक मध्येका एक थिए। पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। २०४४ मा जेलमुक्त भएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को केन्द्रीय समिति सदस्य र २०५४ सम्म लुम्बिनी अञ्चलको इन्चार्ज बनेका थिए।[१७]

बहुदलीय प्रजातन्त्र (वि.सं २०४६-२०६२)

नेपालको जनआन्दोलन २०४६ पछि उनी सन् आम निर्वाचन २०४८ मा झापा–६ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनी सन् २०४८ मा नेकपा (एमाले)को विदेश सम्बन्ध विभागको प्रमुख नियुक्त भएका थिए।

उनी २०५१ मा पुन: सांसदमा निर्वाचित भएका थिए र मनमोहन अधिकारीको अल्पमतको सरकारमा गृहमन्त्रीको रूपमा कार्यरत थिए। उनी २०५६ मा झापा निर्वाचन क्षेत्र २ र ६ बाट पुन: निर्वाचित भएका थिए जसमा उनले झापा–६ को सिट त्यागेका थिए।

संक्रमणकालीन अवधि

ओली २०६२ सालमा गिरिजाप्रसाद कोइराला सरकारको अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त भएका थिए। [१८][१९]

उनी झापा-७ बाट २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिए। उनले २०६५ मा भएको नेकपा (एमाले)को आठौँ महाधिवेशन हुँदा झलनाथ खनालसँग अध्यक्षको पदका लागि पनि चुनाव हारेका थिए।

उनी झापा-७ बाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। २०७० माघ २१ मा उनी नेकपा (एमाले) संसदीय दलको नेता बनेका थिए।[२०] उनले संसदीय दलको नेताक‍ रूपमा पार्टी अध्यक्ष खनाललाई २३ मतान्तरले पराजित गरेका थिए। पार्टीको नवौँ महाधिवेशनको क्रममा ओली २०७१ सालमा नेकपा (एमाले)को अध्यक्षको रूपमा निर्वाचित भएका थिए।[२१][२२]

प्रधानमन्त्रीकाल

पहिलो प्रधानमन्त्रीकाल

ओली २०७२ असोज २४ मा संसदीय मतदानमा प्रधानमन्त्री निर्वाचित भएका थिए। व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए। ओलीको उम्मेदवारीलाई एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमले अन्य १३ वटा साना दलसँग मिलेर समर्थन गरेका थिए। उनले असोज २५ गते शपथ ग्रहण गरेका थिए। [२३]

नेपालको संविधान २०७२ जारी गर्ने प्रवन्धमा भारतले लगाएको आर्थिक नाकाबन्दीले उनको पहिलो मुद्धा नै हावी भएको थियो।[२४] उनले भारतीय निर्भरताको प्रतिरोध गर्न चीनसँग संविधान संशोधन गर्ने भारतको अडान र चीनसँग व्यापार तथा पारवहन सन्धिहरूमा हस्ताक्षर गर्ने अडान लिएका थिए।[२५]

नेकपा (माओवादी केन्द्र) बाट २०७३ असार २९ मा विद्यमान गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएपछि र २०७३ असार ३० मा पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा (एमाले)–नेतृत्वको सरकार र प्रधानमन्त्री ओली अल्पमतमा खुम्चिएका थिए जसका कारण उनलाई राजीनामा दिन दबाब पैदा भएको थियो। तथापि, नेकपा (एमाले)ले गृहमा दर्ता गरिएको अविश्वास प्रस्तावबारे छलफल गर्ने निर्णय गरेको थियो जसले गर्दा सम्बन्धित पक्षहरूको तीन दिने संसदीय बैठक बसेको थियो। प्रक्रियाको क्रममा अन्य दुई प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरमले पनि गठबन्धनबाट समर्थन फिर्ता लिएको थियो। तेस्रो दिन २०७३ साउन ९ मा संसदमा विपक्षी दलहरूलाई सम्बोधन गरेपछि ओलीले राजीनामाको घोषणा गरेका गरेका थिए। भारतले लगाएको आर्थिक नाकाबन्दी विरुद्ध दृढ अडान राख्दै ओलीलाई तल झार्ने षड्यन्त्र गरेको आरोप भारत सरकारमाथि लागेको थियो। भारतको बाह्य मामिला मन्त्रालयले स्पष्ट रूपमा उक्त आरोपलाई अस्वीकार गरेको थियो।[२६]

दोस्रो प्रधानमन्त्रीकाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा (एमाले) प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेपछि ओली २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए।[२७] उनले २०७४ फागुन २७ मा २७५ सदस्यीय प्रतिनिधि सभामा २६८ मतमध्ये २०८ मतसहित विश्वासको प्रस्ताव पारित गरेका थिए।[२८] नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन ले २०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरी ओलीको गठबन्धन सरकारलाई बहुमतमा परिणत गर्दै सदनमा दुई तिहाई बहुमत दिलाएको थियो।[२९]

जेठ २०७७ मा, ओली सरकारले भारत सरकारद्वारा लिपुलेक पारिको सडकको उद्घाटनको जवाफमा कालापानी, लिपुलेक र लिम्पियाधुराका विवादित इलाकाहरू सहित देशका नयाँ नक्साहरू अनावरण गरेको थियो,[३०] जसले गर्दा दुई देशबीच "मनमुटाव" भएको थियो। [३१]सरकारले संसदमा मुलुकको आधिकारिक नक्सा र चिह्नलाई संशोधन गर्न संविधान संशोधन विधेयक तत्काल ल्याएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुअघि दुवै सदनमा सर्वसम्मतिले विधेयक पारित भएको थियो। [३२][३३][३४][३५]

५ पुस २०७७ मा ओली सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो र २०७८ वैशाख १७ र वैशाख २७ मा, निर्वाचनको आह्वान गरेको थियो।[३६] यसलाई राष्ट्रपतिले सजिलै समर्थन गरेको एउटा कदमको रूपमा लिने गरिन्छ। ओलीले सत्तारुढ नेकपामा एकपछि अर्को सङ्घर्ष गरेपछि यो कदम चालेको बताइएको थियो। यो कदम पार्टीको गुटसँग टुङ्गिएको थियो। त्यसको नेतृत्व पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालमाधवकुमार नेपालले गरेका थिए।[३७] उनले सदनमा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना लिएका थिए। विवादास्पद संवैधानिक परिषद् ऐन फिर्ता लिन ओलीको अधैर्यताले सत्तारुढ दलमा थप तनाव उत्पन्न भएको थियो। ओलीको यो निर्णय २०७७ फागुन ११ मा सर्वोच्च अदालतले बदर गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै सदनलाई पुनर्बहाली गर्न र संसदको बैठक १३ दिनभित्र गर्न आह्वान गरेको थियो। ओलीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै २०७७ फागुन २३ मा, संसद्को बैठक आह्वान गरेका थिए।[३८][३९]

२३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई ऋषिराम कट्टेललाई प्रदान गर्ने ऐतिहासिक फैसला सुनाएको थियो।[४०] उनले नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र) विलय भएपछि गठन भएको नेकपालाई आफ्नो दलको नाम उपलब्ध गराउने निर्वाचन आयोगको फैसलालाई चुनौती दिएको थिए। अदालतको फैसलाले ओली र दाहालको नेतृत्वमा संयुक्त रूपमा सत्तारुढ दललाई अमान्य बनाएको थियो। यो फैसलाले पूर्व नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र) दलहरूलाई प्रभावकारी ढङ्गले पुनर्बहाली गरेको थियो। यसले ओली सरकारलाई फेरि गठबन्धनमा परिणत गरेको थियो। नेकपा (माओवादी केन्द्र) ले २०७७ फागुन २९ मा आफ्ना मन्त्रीहरूलाई सम्झाएर २०७८ वैशाख २२ मा ओली सरकारबाट दिएको समर्थन फिर्ता लिएको थियो। त्यसलाई प्रभावकारी ढङ्गले अल्पमतको सरकारमा परिणत गरेको थियो।[४१][४२]

२०७८ वैशाख २७ मा, प्रतिनिधि सभामा खसेको कुल २३२ मतमध्ये ९३ मत मात्र प्राप्त गर्दै ओलीले विश्वासको मत प्राप्त गर्न असमर्थ रहेका थिए। विश्वासको मत प्राप्त गर्न आवश्यक १३६ मतको बहुमत पुग्न नसक्दा ओली ४३ मतले कम भएको थियो।[४३] राष्ट्रपतिद्वारा अर्को प्रधानमन्त्री नियुक्त नभएसम्म उनको हैसियत पछि सरोकारवाला प्रधानमन्त्रीको दर्जामा परिणत भएको थियो।[४४]

तेस्रो प्रधानमन्त्रीकाल

ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।[४५] अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दावी उपलब्ध समय सीमाभित्र राख्न असमर्थ रहेका थिए। २०७८ जेठ ८ मा मध्यरातमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटनपछि ओली सरकार नयाँ निर्वाचन सम्पन्न नभएसम्म अन्तरिम सरकारमा परिणत भएको थियो। मध्यावधि निर्वाचन कात्तिक २६ र २०७८ मङ्सिर ३ का लागि तय गरिएको थियो।[४६]

२०७८ असार २८ मा विपक्षी गठवन्धनले दायर गरेको प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाइ गर्न गठित सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भङ्ग गर्ने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।[४७]

प्रधानमन्त्रीबाट हटेपछि, २०७८ मङ्सिर १० मा, चितवनमा भएको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा उनी अध्यक्षमा पुन:निर्वाचित भएका थिए।[४८]

निर्वाचनको इतिहास

उनी नेकपा (एमाले)को तर्फबाट टिकट प्राप्त गर्दै प्रतिनिधि सभामा २०४८, २०५१, २०५६, र २०७४मा निर्वाचित भएका थिए। [४९] उनले आम निर्वाचन २०५६मा दुईवटा निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। संविधानसभा निर्वाचन, २०६४मा उनले पराजय बेहोरेका थिए। यस तालिकामा शीर्ष प्रतिस्पर्धीहरू मात्र समेटिएको छ।

आम निर्वाचन २०४८

झापा ६
दल उम्मेदवार मत स्थिति
नेकपा (एमाले) खड्गप्रसाद ओली निर्वाचित

आम निर्वाचन २०५१

झापा ६
दल उम्मेदवार मत स्थिति
नेकपा (एमाले) खड्गप्रसाद ओली १८,८६१ निर्वाचित
नेपाली काङ्ग्रेस केशवकुमार बुढाथोकी १४,२०२ पराजित

आम निर्वाचन २०५६

झापा २
दफ उम्मेदवार मत स्थिति
नेकपा (एमाले) खड्गप्रसाद ओली १८,९०९ निर्वाचित
नेपाली काङ्ग्रेस गिरिराजकुमारी प्रसाईँ १८,८९२ पराजित
झापा ६
दल उम्मेदवार मत स्थिति
नेकपा (एमाले) खड्गप्रसाद ओली २३,७४९ निर्वाचित
नेपाली काङ्ग्रेस कासीलाला ताजपुरिया १९,७१३ पराजित

संविधानसभा निर्वाचन, २०६४

झापा ७
दल उम्मेदवार मत स्थिति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विश्वदीप लिङ्देन लिम्बू १६,०९९ निर्वाचित
नेकपा (एमाले) खड्गप्रसाद ओली १४,९५९ पराजित

संविधानसभा निर्वाचन २०७०

झापा ७
दल उम्मेदवार मत स्थिति
नेकपा (एमाले) खड्गप्रसाद ओली १९,२८७ निर्वाचित
नेपाली काङ्ग्रेस सुरेशकुमार योङ्या ११,०४१ पराजित

२०७२ को संसदीय प्रधानमन्त्री पदको निर्वाचन

दल उम्मेदवार मत स्थिति
नेकपा (एमाले) खड्गप्रसाद ओली ३३८ निर्वाचित
नेपाली काङ्ग्रेस सुशील कोइराला २४९ पराजित

प्रतिनिधिसभा निर्वाचन, २०७४

झापा ५[५०]
दल उम्मेदवार मत स्थिति
नेकपा (एमाले) खड्गप्रसाद ओली ५७,१३९ निर्वाचित
नेपाली काङ्ग्रेस खगेन्द्र अधिकारी २८,२९७ पराजित

व्यक्तिगत जीवन

जेलबाट छुटेपछि ओलीको राधिका शाक्यसँग विवाह गरेका थिए। उनीहरूको पहिलो भेट पार्टीका एक कार्यक्रममा भएको थियो।[५१]

स्वास्थ समस्य

ओलीले दुई पटक मिर्गौला प्रत्यारोपण गरेका छन्। पहिलो पटक २०६३ मा नयाँ दिल्लीको अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो।[५२] २०७६ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौँमा दोस्रो पटक उनको मृगौला प्रत्यारोपण गरिएको थियो। दोस्रो प्रत्यारोपणका लागि उनले ३२ वर्षीया समिक्षा सङ्ग्रौलाबाट मिर्गौला पाएका थिए[५३] । समिक्षा सङ्गौला ओलीको भान्जी रहेको जनाइएको थियो। २०६३ मा मृगौला प्रत्यारोपण गरेका नयाँ दिल्लीका एक वरिष्ठ प्रत्यारोपण चिकित्सक पनि काठमाडौँमा यस प्रक्रियालाई सहयोग गर्न उपस्थित भएका थिए।

विवादास्पद दावीहरू

केपी शर्मा ओलीले विभिन्न कार्यक्रमहरूमा विवादास्पद दावी तथा टीकाटिप्पणी गरेका छन्। उनले आफ्ना भनाइहरूमा विभिन्न किसिमका उखान टुक्काको पनि प्रयोग गर्ने गरेका छन्। यस्ता केही दावीहरूले दोहोर अर्थ दिनुका साथै आलोचना पनि भएको थियो। उनका केही विवादास्पद दाबीहरू यस प्रकार छन्:[५४][५५]

१) सुपर कम्प्युटर, माघ २०७५: ओलीले नेपालले निर्माण गरिरहेको सुपरकम्प्युटर देखेर संसार नै चकित भएको दावी गरेका थिए। उनले बनेपा आइटी पार्कमा निर्माण भइरहेको कम्प्युटरलाई सङ्केत गर्दै आएका थिए। कम्पुटिङ पावरको कमी भए पनि निर्माताहरुले सुपर कम्प्युटर भएको दावी गरेका छन्।[५६]

२) गैँडा र सगरमाथा, भदौ २०७६: ओलीले गैँडाको लागि प्रयोग गरिने अङ्ग्रेजी शब्द राइनो र सगरमाथालाई जनाउने माउन्ट एभरेस्टलाई नेपाली शब्द गैँडा र सगरमाथा प्रयोग गर्नुपर्ने बताएका थिए।[५७]

३) भारतीय कोरोनाभाइरस, २०७७ बैशाख : नेपालमा कोभिड–१९ महामारीका बेला ओलीले 'चिनियाँ वा इटालेेेली भाइरस' भन्दा पनि 'भारतीय भाइरस' बढी खतरनाक भएको भन्दै आक्रोश पोखेका थिए। उनले यो कुरा संसदलाई सम्बोधन गर्दै गर्दा भनेका थिए जहाँ उनले राष्ट्रव्यापी बन्दाबन्दी उल्लङ्घन गर्ने व्यक्तिहरूमा कोरोनाभाइरसको बढ्दो सङ्ख्यालाई दोषी ठहर्‍याएका थिए।[५८] उनले विशेष गरी भारतबाट नेपालमा सुटुक्क छिर्नेहरूलाई निशाना बनाएका थिए। भारतबाट अवैध माध्यमबाट आउने मानिसहरूले देशमा भाइरस फैलाउँदैछन् भनेर दावी गरेका थिए जसले गर्दा भारतका सञ्चार माध्यमहरूको ध्यानाकर्षण गरेको थियो।[५९][६०]

३) हाच्छ्युँ सम्बन्धित भनाइ, २०७७ असार : राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले कोरोना ज्वरोजस्तै हो, यदि यो रोग लाग्यो भने, कसैले हाच्छ्युँ गर्ने र तातोपानी र बेसार सेवन गरेर भाइरसलाई धपाउनुपर्ने दावी गरेका थिए जसले राष्ट्रिय सञ्चार माध्यम र सामाजिक सञ्जालमा बहस उत्पन्न गरेको थियो। उनले लसुन र बेसारले कोरोनाभाइरस विरुद्ध लड्न रोग प्रतिरोधात्मक प्रणालीलाई बढाउन मदत गर्ने बताएका थिए।[६१]

४) भगवान राम एक नेपाली हुन् भन्ने भनाइ: असार २०७७: कवि भानुभक्त आचार्यको २०७औँ जन्म जयन्ती मनाउने कार्यलाई सम्बोधन गर्दै ओलीले भगवान रामको जन्म नेपालमा भएको दावी गरेका थिए[६२] भने उनले भारतले नक्कली अयोध्या सिर्जना गरेको बताएका थिए।[६३][६४][६५] उनले दक्षिण नेपालको ठोरीलाई रामको जन्मस्थल भएको दावी गरेका थिए भने भारतको अयोध्याबाट सीतासँग विवाह गर्न पूर्वी नेपालको जनकपुर पुग्नु रामका लागि असम्भव रहेको बताएका थिए। पछि उनले यस विषयमा छानबिन गर्न आदेश दिएका थिए।[६६] उनले त्यस क्षेत्रका अधिकारीहरुलाई अयोध्यापुरी कहाँ छ भन्ने विषयमा अध्ययन गर्न आग्रह गरेका थिए। उनले वास्तविक अयोध्याको बलियो प्रमाण पनि भेट्टाएको दावी गरेका थिए। यसमा सोमेश्वर गढी र वाल्मीकि आश्रमका भग्नावशेषहरू पनि समावेश भएको र यी दुवै भगवान रामसँग सम्बन्धित रहेको उनले बताएका थिए।[६६]

५) योगको उत्पत्ति नेपाल: असार २०७७ मा, ओलीले योगको उत्पत्ति नेपालबाट भएको दावी गरेका थिए।[६७] २०७८ असार ७ मा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ओलीले योगको उत्पत्ति उत्तराखण्ड र विशेष गरी नेपालमा भएको दावी गरेका थिए। उनका अनुसार योग विज्ञानको स्थापना भएको समयमा भारत एक देशको रूपमा अस्तित्वमा थिएन।[६८][६९][७०] यसले गर्दा नेपाली र भारतीय सामाजिक सञ्जालहरूबाट एकपछि अर्को प्रतिक्रिया प्राप्त भएको थियो।[७१]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "Court verdict on Nepal Communist Party (NCP) and possible after-effects", द काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ मार्च २०२१ 
  2. २.० २.१ "Nepal's Maoists, liberal communists unite as biggest left party", रोयटर्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ मार्च २०२१ 
  3. "केपी ओली", प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालय, अन्तिम पहुँच १५ फेब्रुअरी २०१८ 
  4. "एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त...", कान्तिपुर, अन्तिम पहुँच १५ फेब्रुअरी २०१८ 
  5. "ओली प्रधानमन्त्री भएपछि जन्मघरमा खुशीयाली", इकान्तिपुर, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  6. "नयाँ प्रधानमन्त्रीमा केपी ओली निर्वाचित", बिबिसी नेपाल, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  7. "यस्तो छ ओलीको जीवनचित्रः गरिब पृष्ठभूमी र कम पढेका प्रधानमन्त्री", Setopati.com, अन्तिम पहुँच १४ अक्टोबर २०१५ 
  8. "ओली आफैले उखान टुक्काको रहस्य यसरी खोले", pahilopost.com, अन्तिम पहुँच ७ मे २०२१ 
  9. "Oli now has problems with the way the media addresses individuals", Kathmandupost.com (Englishमा), अन्तिम पहुँच ७ मे २०२१ 
  10. "भ्रष्टाचार रोक्ने प्रधानमन्त्री ओलीको दृढता पुरा हुन 'गर्नै पर्ने चार मुख्य काम'", BBC News नेपाली (नेपालीमा), ९ डिसेम्बर २०२०, अन्तिम पहुँच ७ मे २०२१ 
  11. "Rights activists say Oli government heading towards authoritarian rule", Kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २ सेप्टेम्बर २०२० 
  12. "The Rising Nepal: Capital expenditure below 35% in nine months", Therisingnepal.org.np, अन्तिम पहुँच २ सेप्टेम्बर २०२० 
  13. "KP Sharma Oli-why Nepal's new PM isn't the right man for the job", catchnews.com, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  14. "The Original Maoist", Nepali Times, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  15. "Power of Purpose – Prime Minister K P Sharma Oli", kpsharmaoli.com.np, अन्तिम पहुँच २० डिसेम्बर २०२० 
  16. उज्यालो अनलाइन:संविधान सभा चुनाव २०७० "खड्गप्रसाद ओली", अन्तिम पहुँच ९ अक्टोबर २०१५ 
  17. "Read a brief biography on newly elected PM KP Sharma Oli", kathmandupost.com, अन्तिम पहुँच २० डिसेम्बर २०२० 
  18. "Nepal calls ceasefire with rebels", बीबीसी, ३ मे २००६, अन्तिम पहुँच १५ जुलाई २०१२ 
  19. Moriarty, James (२ मे २००६), "Seven Cabinet Members Formed", Wikileaks (US Embassy, Kathmandu), अन्तिम पहुँच २१ सेप्टेम्बर २०१५ 
  20. "Oli elected as UML PP leader", eKantipur, ४ फेब्रुअरी २०१४, मूलबाट ४ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४ 
  21. "The Himalayan Times: Oli elected UML chairman mixed results in other posts – Detail News: Nepal News Portal", The Himalayan Times, १५ जुलाई २०१४, मूलबाट १७ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१४ 
  22. "Nepal congratulates Oli for election victory", Myrepublica.com, १५ जुलाई २०१४, मूलबाट १८ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१४ 
  23. "Nepal's new premier names protest group leaders as deputies", Associated Press, 12 October 2015.
  24. Sharma, Bhadra (२४ जुलाई २०१६), "Nepal's Prime Minister, K. P. Sharma Oli, Resigns Ahead of a No-Confidence Vote", The New York Times, अन्तिम पहुँच १६ फेब्रुअरी २०१८ 
  25. "Oli once more", Nepali Times, Himal Media Pvt Ltd., अन्तिम पहुँच १७ फेब्रुअरी २०१८ 
  26. southasia.com.au (१५ जुलाई २०१६), "India not responsible for no-confidence motion against KP Oli: Vikas Swarup", southasia.com.au (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ फेब्रुअरी २०२१ 
  27. Sharma, Gopal (१५ फेब्रुअरी २०१८), "Moderate Nepali communist Oli to 'balance China, India' as new PM", Reuters, Thomson Reuters, अन्तिम पहुँच १६ फेब्रुअरी २०१८ 
  28. "प्रधानमन्त्री ओलीका पक्षमा ७५ प्रतिशत सांसद", सेतोपाटी, अन्तिम पहुँच १२ नोभेम्बर २०१८ 
  29. "Nepal's two biggest leftist forces merge into Nepal Communist Party", अनलाइन खबर (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१ 
  30. "Government unveils new political map including Kalapani, Lipulekh and Limpiyadhura inside Nepal borders", The Kathmandu Post (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ जुन २०२० 
  31. "With release of new map, Nepal and India enter a state of 'cartographic war', experts say", The Kathmandu Post (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ जुन २०२० 
  32. "Constitution amendment bill to update Nepal map endorsed unanimously at the Lower House", kathmandupost.com (Englishमा), अन्तिम पहुँच १ अप्रिल २०२१ 
  33. Adhikari, Priyanka (१३ जुन २०२०), "Nepal parliament unanimously endorses second amendment, map updated", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१ 
  34. Thapa, Richa (१८ जुन २०२०), "Nepal's Upper House adopts amendment bill, presidential seal of approval to authenticate amendment", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१ 
  35. Thapa, Richa (१८ जुन २०२०), "President authenticates Constitution amendment bill", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१ 
  36. "राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २९ मार्च २०२२ 
  37. "प्रचण्ड र माकुने गुट फेरि सक्रिय हुँदै, ओलीलाई अफ्ठ्यारो पर्ने संकेत" (नेपाली) भाषा)। क्यानडा नेपाल। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  38. Service, Himalayan News (२ मार्च २०२१), "Reinstated HoR to meet on March 7", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१ 
  39. Online, T. H. T. (७ मार्च २०२१), "First meeting of reinstated House of Representatives begins", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१ 
  40. "सर्वाेच्चकाे फैसला : नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेललाई (पूर्णपाठसहित)"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  41. "Maoist Centre recalls its ministers from government", kathmandupost.com (Englishमा), अन्तिम पहुँच ५ जुन २०२१ 
  42. Online, T. H. T. (५ मे २०२१), "CPN-Maoist Centre withdraws support to PM Oli-led govt", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० जुन २०२१ 
  43. "Nepal Prime Minister K P Oli loses vote of confidence", द इन्डियन एक्सप्रेस (अङ्ग्रेजीमा), १० मे २०२१, अन्तिम पहुँच १० मे २०२१ 
  44. ONLINE, THT (१० मे २०२१), "President Bhandari calls on parties to form majority government, allots three days' time", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ मे २०२१ 
  45. "ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त", नेपाल टेलिभिजन (नेपालीमा), अन्तिम पहुँच १३ मे २०२१ 
  46. "प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव सिफारिस", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच १० जुन २०२१ 
  47. "शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  48. Setopati, सन्जिब बगाले ::, "केपी शर्मा ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३० 
  49. निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २००६ मिति
  50. "Jhapa : Province 1 – Nepal Election Latest Updates and Result for Federal Parliament", The Kathmandu Post, अन्तिम पहुँच १० डिसेम्बर २०१७ 
  51. "Jeevan saathi with Mr & Mrs. K.P. Oli", युट्युब, हिमालय टेलिभिजन, अन्तिम पहुँच ८ डिसेम्बर २०१७ 
  52. "Nepal Prime Minister Oli in hospital for 2nd kidney transplant", The New Indian Express, अन्तिम पहुँच १७ फेब्रुअरी २०२१ 
  53. "प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा भइन् डिस्चार्ज" (नेपाली) भाषा)। विकास न्युज। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  54. "ओलीको उखान नियोजन", अन्तिम पहुँच १४ जुलाई २०२० 
  55. "ओलीको नेतृत्वमा नयाँ सरकार : एमाले", SouryaOnline, अन्तिम पहुँच १४ जुलाई २०२० 
  56. "प्रधानमन्त्रीको सुपर तुक्का", शुक्रबार, अन्तिम पहुँच १४ जुलाई २०२० 
  57. "केपी शर्मा ओली: प्रधानमन्त्रीले गैँडा र सगरमाथाबारे गरेको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा चुनौती र कटाक्ष", BBC (नेपालीमा)। 
  58. "Observers worry Oli's statements about an Indian conspiracy could further damage bilateral ties", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ अगस्ट २०२० 
  59. "Indian coronavirus more lethal than Chinese: Nepal PM K P Sharma Oli", अन्तिम पहुँच १४ जुलाई २०२० 
  60. "85% of people tested positive for coronavirus in Nepal are those who returned from India: PM Oli", The Hindu (Kathmandu), १० जुन २०२०, अन्तिम पहुँच १ अगस्ट २०२० 
  61. "Oli continues to downplay Covid-19 and propagate home remedies, earning ridicule on social media", अन्तिम पहुँच १४ जुलाई २०२० 
  62. "राम भारतीय हुँदै होइनन्, अयोध्या ठोरीमै छ : प्रधानमन्त्री"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  63. "Nepal's PM KP Sharma Oli 'claims' real Ayodhya is in Nepal", The Himalayan Times, १३ जुलाई २०२०, अन्तिम पहुँच १४ जुलाई २०२० 
  64. "Lord Rama is Nepali, not Indian, real Ayodhya in Nepal, claims PM KP Sharma Oli", Zee News, १४ जुलाई २०२०, अन्तिम पहुँच १४ जुलाई २०२० 
  65. "Editorial | Has Oli crossed Laxman Rekha?", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ अगस्ट २०२० 
  66. ६६.० ६६.१ Setopati, सेतोपाटी, "ठोरीको अयोध्यापुरीमा बढ्यो प्रम ओलीको चासो, आउँदो रामनवमीमा पूजा गरी काम सुरू गर्ने", सेतोपाटी, अन्तिम पहुँच ८ अगस्ट २०२० 
  67. "PM KP Sharma Oli claims Yoga originated in Nepal, not in India", The Indian Express, २३ जुन २०२१, अन्तिम पहुँच २९ जुन २०२१ 
  68. "'Yoga originated in Nepal': KP Sharma Oli's latest startling claim", Hindustan Times, २२ जुन २०२१, अन्तिम पहुँच २९ जुन २०२१ 
  69. ""Yoga Originated In Nepal, Not India": Prime Minister KP Sharma Oli", NDTV.com, अन्तिम पहुँच २९ जुन २०२१ 
  70. "Yoga originated in Nepal, not India, claims Nepal PM", The Independent, २२ जुन २०२१, अन्तिम पहुँच २९ जुन २०२१ 
  71. "'Yoga Not Originated in India': Nepal PM Oli Roasted With Memes After Bizarre Claim", News18, २२ जुन २०२१, अन्तिम पहुँच २९ जुन २०२१ 

बाह्य कडीहरू

पार्टी राजनीतिक कार्यालय
अघिल्लो
झलनाथ खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को अध्यक्ष
२०७१–२०७५
पछिल्लो
दल विघटित
अघिल्लो
नयाँ दल स्थापित
नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष
२०७५–२०७७
पछिल्लो
दल विघटित
अघिल्लो
दल स्थापित
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को अध्यक्ष
२०७८–हाल
बहालवाला
राजनीतिक कार्यालय
अघिल्लो
सुशील कोइराला
नेपालको प्रधानमन्त्री
२०७२–२०७३
पछिल्लो
पुष्पकमल दाहाल
अघिल्लो
शेरबहादुर देउवा
नेपालको प्रधानमन्त्री
२०७४–२०७८
पछिल्लो
शेरबहादुर देउवा