पद्मा कुमारी अर्याल एक नेपाली कम्युनिष्ट राजनीतिज्ञ, प्रतिनिधि सभाको सदस्य,[१], पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा कृषि तथा पशुपंक्षी विकास मन्त्री हुन्।[२][३] उनी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पनि थिइन्। [४]

पद्म कुमारी अर्याल
कृषि तथा पशुपंक्षी विकास मन्त्री
कार्यकाल
सन् २०२० डिसेम्बर २५ – सन् २०२१ जुन ४
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री
कार्यकाल
सन् २०१८ अगस्ट ३ – सन् २०२० डिसेम्बर २५
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री
कार्यकाल
सन् २०१८ मार्च १६ – सन् २०१८ अगस्ट ३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
प्रतिनिधि सभाको सदस्य
कार्यकाल
सन् २०१७ – सन् २०२१
निर्वाचन क्षेत्रस्याङ्जा २ (निर्वाचन क्षेत्र)
दोस्रो संविधानसभा सदस्य
कार्यकाल
सन् २०१४ – सन् २०१७
निर्वाचन क्षेत्रसमानुपातिक प्रणाली
व्यक्तिगत विवरण
जन्म (1968-12-21) २१ डिसेम्बर १९६८ (उमेर ५५)
वालिङ नगरपालिका, स्याङ्जा
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)
वेबसाइटpadmaaryal.com

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

वि.सं. २०३९ सालदेखि उनले नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मार्फत राजनीति सुरु गरेकी थिइन्। उनी वि.सं. २०६९ देखि नेकपा एमालेकी केन्द्रीय समिति सदस्य र पार्टीको स्याङ्जा जिल्लाको जिल्ला अध्यक्ष छिन्।[५]

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

वि.सं. २०७४ को सङ्घीय व्यवस्थापिकाको निर्वाचनमा उनी नेकपा एमालेको स्याङ्जा–२ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट उम्मेदवारी दिएकी थिइन्।[६] उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई ३ हजार ५ सयभन्दा बढी मतले पराजित गर्दै विजयी भएकी हुन्। उनले ३५ हजार १४२ मत प्राप्त गरेकी थिइन् भने श्रेष्ठले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए।[७] उनी वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा जनताको प्रत्यक्ष मतदानबाट संसदमा निर्वाचित हुने मात्र आठ जना महिलाहरू मध्ये एक थिइन्।[५]

प्रतिनिधिसभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार प्राप्त मत
नेकपा (एमाले) पद्म कुमारी अर्याल ३५,१४२
नेपाली कांग्रेस गोपालमान श्रेष्ठ ३१,४३६
नतिजा विजयी
स्रोत: पहिलो पोस्ट[८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Padma Kumari Aryal", na.parliament.gov.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९ 
  2. "After widespread condemnation, government backtracks on Guthi Bill", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९ 
  3. "‘New system will help govt find excess land’", The Himalayan Times (अङ्ग्रेजीमा), २०१९-०८-१२, अन्तिम पहुँच ६ नोभेम्बर २०१९ 
  4. "'Act will be developed to protect women's reproductive right'", The Himalayan Times (अङ्ग्रेजीमा), २०१८-०४-१०, अन्तिम पहुँच ६ नोभेम्बर २०१९ 
  5. ५.० ५.१ Republica, "I deliver whatever I promise: Padma Kumari Aryal", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९ 
  6. Republica, "I deliver whatever I promise: Padma Kumari Aryal", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९ 
  7. "Syangja : Province 4 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ६ नोभेम्बर २०१९ 
  8. "१० जायन्टलाई ढाल्ने १० असाधारण", पहिलोपोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१९