नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टी नेपालको एक राजनीतिक दल हो।[३] यो दलको मुख्य प्रभाव कैलाली जिल्लाको थरुहट क्षेत्रमा रहेको छ।[४][५] यस राजनीतिक दलको वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ हुन्।
नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्ति पार्टी | |
---|---|
छोटो रूप | नाउपा |
अध्यक्ष | रञ्जिता श्रेष्ठ[१] |
संस्थापक | रेशम चौधरी |
स्थापना | २०७८ पुस १९[२] |
टुक्रिएको | जनता समाजवादी पार्टी, नेपाल |
प्रमुख कार्यालय | काठमाडौँ, नेपाल |
विचारधारा | सामाजिक लोकतन्त्र थारू अधिकार |
राजनीतिक स्थान | वामपन्थी |
रङहरू | |
प्रतिनिधि सभा | ४ / २७५ |
सुदूरपश्चिम प्रदेश सभा | १ / ५३ |
स्थानीय सरकार | ४ / ७५३ नगरप्रमुख/अध्यक्ष |
निर्वाचन चिह्न | |
वेबसाइट | |
www |
इतिहास
सम्पादन गर्नुहोस्स्थापना र दर्ता
सम्पादन गर्नुहोस्प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीको संयोजकत्वमा यो पार्टी गठन भएको थियो। केही कानुनका कारण उनले पार्टीको अध्यक्षता गर्न सकेनन्, त्यसैले उनकी पत्नीलाई अध्यक्षको रूपमा चयन गरिएको थियो। नेताले भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने नागरिकले दिएको जनादेशलाई बिर्सेर सत्ताकेन्द्रित भएको दाबी गर्दै उनले आफ्नो पूर्वपार्टी जनता समाजवादी पार्टी, नेपाल परित्याग गरि नयाँ दलको स्थापना गरेका थिए।[३]
दलको विस्तार र प्रथम निर्वाचन
सम्पादन गर्नुहोस्थरुहट क्षेत्रमा केही महिनामै पार्टी तीव्र गतिमा विस्तार भएको थियो। स्थानीय तह निर्वाचन, २०७९मा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहमा विजय हासिल गर्दै यो राजनीतिक दल कैलालीको सबैभन्दा ठूलो दल बनेको थियो।[६] यस पार्टीले थरुहट क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टी, नेपाललाई आफ्नो परम्परागत मत अवरोध कायम राख्दै पराजित गरेको थियो।[७]
संसदमा उपस्थिति
सम्पादन गर्नुहोस्सङ्घीय संसद
सम्पादन गर्नुहोस्संसद | संसदीय दलको नेता | स्थान | प्रतिनिधि सभा | राष्ट्रिय सभा |
---|---|---|---|---|
नेपालको पहिलो सङ्घीय संसद | रेशम चौधरी | नवौँ | ४ / २७५
|
० / ५९
|
प्रदेश सभा
सम्पादन गर्नुहोस्संसद | संसदीय दलको नेता | स्थान | सिट | वर्तमान |
---|---|---|---|---|
सुदूरपश्चिम प्रदेश सभा | कृष्ण चौधरी | पाँचौँ | २ / ५३
|
प्रतिपक्षमा |
प्रतिनिधि सभा सदस्य
सम्पादन गर्नुहोस्दलबाट निर्वाचन सांसदहरू
सम्पादन गर्नुहोस्क्र.सं | नाम | निर्वाचन क्षेत्र | प्रदेश | बाट निर्वाचित |
---|---|---|---|---|
१. | अरुणकुमार चौधरी | कैलाली २ | सुदूरपश्चिम | २०७९ |
२. | गङ्गाराम चौधरी | कैलाली ३ | सुदूरपश्चिम | |
३. | लालवीर चौधरी | बर्दिया २ | लुम्बिनी | |
४. | रञ्जिता श्रेष्ठ | कैलाली १ | सुदूरपश्चिम |
चुनावी प्रदर्शन
सम्पादन गर्नुहोस्स्थानीय तह
सम्पादन गर्नुहोस्निर्वाचन | नेता(हरू) | सिट | विजयी स्थानीय तह | |
---|---|---|---|---|
नगरप्रमुख/अध्यक्ष | +/- | |||
२०७९ | रञ्जिता श्रेष्ठ | ४ / ७५३
|
४ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "कैलालीमा रेशम चौधरीको पार्टीले टुंग्यायो उम्मेदवार", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ "नागरिक उन्मुक्ति पार्टी दर्ता गराउन रेशम चौधरीका समर्थक निर्वाचन आयोगमा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९।
- ↑ ३.० ३.१ सेतोपाटी, सेतोपाटी संवाददाता, "रेशम चौधरीको नयाँ दलको नाम 'नागरिक उन्मुक्ति पार्टी', अध्यक्षमा श्रीमती श्रेष्ठ रञ्जिता"।
- ↑ "'नागरिक उन्मुक्ति पार्टी' दर्ताका लागि रेशम चौधरीकी श्रीमतीद्वारा आवेदन", गोरखापत्र, अन्तिम पहुँच २०२२-०२-०३।
- ↑ Republica, "Murder convict Chaudhary set to announce new political party on January 3", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-०३। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०४ मिति
- ↑ "कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०५-२२।
- ↑ "कैलालीमा नागरिक उन्मुक्ति पार्टीको उदय", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०५-२२।