मधेश प्रदेश सभा
मधेश प्रदेश सभा मधेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक मधेश प्रदेशको प्रादेशिक राजधानी धनुषा जिल्लाको जनकपुरमा रहेको छ[३]। मधेश प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् जसध्ये ६४ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने ४३ जना समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुने गर्छ।[४]
मधेश प्रदेश सभा | |
---|---|
दोस्रो मधेश प्रदेश सभा | |
![]() | |
प्रकार | |
प्रकार | एकसदनात्मक |
इतिहास | |
नयाँ कार्यकालको सुरुवात | २ जनवरी २०२३ |
नेतृत्वकर्ता | |
सभामुख | |
उपसभामुख | |
मुख्यमन्त्री | |
विपक्षी दलका नेता | कृष्ण यादव, नेपाली कांग्रेस पदासीन: वि.सं. २०७९ पुष २७ |
संरचना | |
![]() | |
राजनीतिक दल | सरकार (७४)
प्रतिपक्ष (३३)
|
कार्यकाल अवधि | ५ वर्ष |
निर्वाचन | |
समानान्तर प्रणाली:
| |
पछिल्लो निर्वाचन | मधेश प्रदेश सभा निर्वाचन, २०७९ |
आउने निर्वाचन | मधेश प्रदेश सभा निर्वाचन, २०८४ |
बैठक स्थल | |
जिल्ला शिक्षा कार्यालय, जनकपुर, धनुषा | |
वेबसाइट | |
pga.p2.gov.np | |
संविधान | |
नेपालको संविधान |
इतिहास सम्पादन गर्नुहोस्
नेपालको संविधान बमोजिम वि.सं. २०७४ मा प्रदेश सभाको स्थापना भएको थियो। प्रदेश सभाको पहिलो निर्वाचन वि.सं. २०७४ मा भएको थियो। निर्वाचनमा जनता समाजवादी पार्टीले बहुमत प्राप्त गरेको थियो। मधेश प्रदेश सभाको उद्घाटन वि.सं. २०७४ फागुन १ गते भएको थियो। तत्कालिन राजपाबाट सरोज कुमार यादव[५] पहिलो सभामुख बनेका थिए भने राजपाको समर्थनमा तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालबाट लालबाबु राउत मुख्यमन्त्रीमा निर्वाचित भएका थिए।
यस प्रदेशलाई पहिले प्रदेश नम्बर २ भनेर चिनिन्थ्यो र जनकपुरलाई प्रदेशको अस्थायी राजधानीको रूपमा कायम गरिएको थियो। वि.सं. २०७८ माघ ३ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश र जनकपुरलाई स्थायी राजधानी तोक्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो।[५]
सभाहरूको सूची सम्पादन गर्नुहोस्
निर्वाचन वर्ष | सभा | कार्यकाल सुरुवात | कार्यकाल अन्त्य | सभामुख | मुख्यमन्त्री | राजनीतिक दल | |
---|---|---|---|---|---|---|---|
२०७४ | पहिलो सभा | वि.सं. २०७४ माघ २१ | वि.सं. २०७९ असोज १[६] | सरोज कुमार यादव | लालबाबु राउत (मन्त्रिपरिषद्) |
जनता समाजवादी पार्टी | |
२०७९ | दोस्रो सभा | वि.सं. २०७९ पुस १८ | पदासिन | रामचन्द्र मण्डल | सरोज कुमार यादव (मन्त्रिपरिषद्) |
जनता समाजवादी पार्टी |
राजनीतिक दलहरू सम्पादन गर्नुहोस्
राजनीतिक दल | संसदीय दलको नेता | सिट[७] | |
---|---|---|---|
नेकपा (एमाले) | सरोज कुमार यादव | २४ | |
नेपाली कांग्रेस | कृष्ण प्रसाद यादव | २२ | |
जनता समाजवादी पार्टी, नेपाल | सरोज कुमार यादव | १९ | |
जनमत पार्टी | महेश प्रसाद यादव | १३ | |
लोकतान्त्रिक समाजवादी पार्टी | अभिराम शर्मा | ९ | |
नेकपा (माओवादी केन्द्र) | भरत प्रसाद साह | ९ | |
नेकपा (एकीकृत समाजवादी) | ७ | ||
राष्ट्रिय प्रजातन्त्र पार्टी | १ | ||
नेपाल सङ्घीय समाजवादी पार्टी | १ | ||
नागरिक उन्मुक्ति पार्टी | १ | ||
स्वतन्त्र | १ | ||
जम्मा | १०७ |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "मधेश प्रदेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१५।
- ↑ "मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी निर्वाचित", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१५।
- ↑ "प्रदेश नम्वर २ को पहिलो प्रदेश सभा बैठक जनकपुरमा सम्पन्न" (नेपाली) भाषा)। इनरुवा अनलाइन। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ "भाग–१४ प्रदेश व्यवस्थापिका"। कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१।
- ↑ ५.० ५.१ "प्रदेश नम्बर-२ का सभामुखले लिए हिन्दीमा शपथ" (नेपाली) भाषा)। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति ४ जनवरी २०२२।
- ↑ सुवेदी, ईश्वरी, "असोज १ देखि प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिने", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५।
- ↑ "मधेस प्रदेश : समानुपातिकमा १० दल, प्रदेशसभामा एमाले पहिलो", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०६।