मनमोहन अधिकारी
मनमोहन अधिकारी (९ जून १९२०- २६ अप्रिल १९९९) नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए । यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए । वि.सं. २०४६ को जनआन्दोलन ताका नेकपा मार्क्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा माले सँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे ।
मनमोहन अधिकारी | |
---|---|
![]() प्ररधानमन्त्री मनमोहन अधिकारी एक कार्यक्रममा सहभागी हुँदै | |
३१ औँ प्रधानमन्त्री (नेपाल) | |
शासक | राजा बीरेन्द्र |
पूर्वाधिकारी | गिरिजाप्रसाद कोइराला |
उतराधिकारी | शेरबहादुर देउवा |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं १९७७ जेष्ठ २८ ९ जून १९२० लाजिम्पाटमा |
मृत्यु | वि.स. २०५६ वैशाख १३ २६ अप्रिल १९९९ काठमाडौँ |
राजनीतिक पार्टी | नेकपा (एमाले) |
२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए । उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो जुन नेपालको इतिहासमा ‘’’९ महिने सरकार’’’को रूपमा चिनिन्छ ।
काठमाडौँको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताए । उनलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उनको बि. एस्सी. को अध्ययन सकिन लागेका बेला १९४२ मा, मन मोहन भारत छोडो आन्दोलनमा सहभागी भए । उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो । यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन ।
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए । यिनी भारतीय कम्युनिस्ट पार्टीमा शामिल थिए । भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने ।
१९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्ये यिनी पनि एक थिए । बांग्लादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि यिनी पक्राऊ परेका थिए। [१] उनको मृत्यु पछि, माधवकुमार नेपाल उनको पार्टीको नेताको रूपमा आए।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Parajulee, Ramjee P.. The Democratic Transition in Nepal. Rowman & Littlefield, 2000. p. 57
- "Obituary of Man Mohan Adhikari Communist Prime Minister of Nepal", The Daily Telegraph (Telegraph Group Limited), अप्रिल २७, १९९९।
- "COMMUNIST VOTED PM", Herald Sun (News Limited.), मे ६, १९९९।