माधवकुमार नेपाल

नेपालका राजनीतिज्ञ

माधवकुमार नेपाल (जन्म वि.सं. २००९-११-२३)[१] नेपालको एक राजनीतिज्ञ र नेपालको पूर्वप्रधानमन्त्री हुन्। यसभन्दा अघि पन्ध्र वर्षसम्म उनी नेकपा (एमाले)का महासचिव थिए।

माधवकुमार नेपाल
सन् २००८मा बोल्दै माधवकुमार
३४ औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
वि.सं. २०६६ जेठ ११ – २०६७।१०।२२
राष्ट्रपतिरामवरण यादव
पूर्वाधिकारीपुष्पकमल दाहाल
उतराधिकारीझलनाथ खनाल
उपप्रधानमन्त्री
कार्यकाल
२०५१ मंसिर १४ – २०५२ भदौ २७
प्रधानमन्त्रीमनमोहन अधिकारी
पूर्वाधिकारीगिरिजा प्रसाद कोइराला
उतराधिकारीप्रकाशचन्द्र लोहनी
परराष्ट्रमन्त्री
कार्यकाल
२०५१ मंसिर १४ – २०५२ भदौ २७
प्रधानमन्त्रीमनमोहन अधिकारी
पूर्वाधिकारीगिरिजा प्रसाद कोइराला
उतराधिकारीप्रकाशचन्द्र लोहनी
व्यक्तिगत विवरण
जन्म(१९५३-०३-०६)६ मार्च १९५३
२००९ फागुन २३ [१]
गौर नगरपालिका- ३, रौतहट जिल्ला[१]
राजनीतिक दलनेकपा एमाले (समाजवादी)
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
वेबसाइटwww.madhavnepal.com
माधवकुमार नेपाल

प्रारम्भिक जीवनकाल सम्पादन गर्नुहोस्

चित्र:Madhav Kumar Nepal.JPG
प्रजातन्त्र दिवसको समारोहमा सैनिक-मञ्च टुडिखेलमा सम्बोधन गर्दै भू.पू.प्र.म. माधब कुमार नेपाल

माधवकुमार नेपालको जन्म वि.सं. २००९ फागुन २६ गते रौतहट जिल्लाको गौरमा एक उच्च ब्राह्मण कुलमा भएको हो। उनको पिताको नाम मंगलकुमार उपाध्याय र आमाको नाम दुर्गादेवी उपाध्याय हो। उनी तीन दाजुभाइमध्ये जेठो हुन्। उनले गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गरे। वि.सं. २०२२ सालमा वीरगञ्ज को ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भए। राजनीतिमा आउनु अघि उनले बैँकमा जागिर पनि खाएका थिए।

तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले वि.सं. २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाए। वि.सं. २०२८ सालमा सङ्गठन विस्तारका लागि काठमाडौँ आए। नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव भए। उनमा माथिल्लो सदन राष्ट्रिय सभाको प्रतिपक्षी दलको नेताको अनुभव पनि छ। उनी त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यमा स्नातक हुन्। उनलाई नेपाली, हिन्दी मैथिलीअङ्ग्रेजी भाषाको राम्रो ज्ञान छ।

सन् १९९१-९३ अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी वा सम्मेलनमा नेपालले भाग लिएका थिए। सन् १९९० मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य थिए भने त्यसपछिका २-३ वर्षमा राष्ट्रिय विकास परिषद्राष्ट्रिय जलस्रोत विकास परिषद्को पदेन सदस्य भए। नेपाल सन् १९९३ मा नेकपा (एमाले)को विदेश मामिला विभागका प्रमुख थिए। त्यस्तै, केही वर्षअघि नेकपा (एमाले)ले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि भए। नेपाल सन् १९९० मा संयुक्त वाम मोर्चाको सदस्य र सन् १९९१ मा नेकपा (एमाले)को केन्द्रीय सङ्गठन समितिका पोलिटब्यूरो सदस्य थिए। सन् १९७८ मा उनी नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य थिए। नेपाल सन् १९७६ मा राजनीतिक अभियोग-राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष कारावासमा परेका थिए। उनी सन् १९७५ मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१-७४ अवधिमा नेपाल क्रान्तिकारी सङ्गठन (माले) मोरङको जिल्ला सदस्य र १९७० मा वीरगञ्ज एस.टी.आर. कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य थिए।

भ्रमण सम्पादन गर्नुहोस्

देशभित्र पचहत्तरै जिल्ला भ्रमण गरिसकेका नेपालले भारत, चीन, फिलिपिन्स, अमेरिका, बङ्गलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलङ्का, माल्दिभ्स, स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्टि्रया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान लगायतका मुलुकहरूको समेत भ्रमण गरेका छन्।[१]

 
Mkn at India-Nepal Folk Crafts Festival Chhaya center
 
Mkn at India-Nepal Folk Crafts Festival Chhaya center

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार माधवकुमार नेपाल रौतहट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३३५२२मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । [२]उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अजयकुमार गुप्‍ताले २६९२२मत प्राप्त गरेका थिए।[३]

पूर्वाधिकारी
पुष्पकमल दाहाल
नेपालको प्रधानमन्त्री
२००९ देखि २०११
उत्तराधिकारी 
झलनाथ खनाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ "व्यक्तिगत विवरण", www.madhavnepal.com।  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०१ मिति
  2. "रौतहट : प्रदेश २ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२४ 
  3. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२४