नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

नेपालको एक साम्यवादी दल
(नेकपा एमाले बाट पठाईएको)

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) वा छोट्करीमा नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) बीच एकीकरण भई २०४७ पुस २२ गते स्थापना भएको नेपालको सबैभन्दा ठूलो विपक्षी राजनीतिक दल हो।

नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सभापतिखड्गप्रसाद ओली[१]
महासचिवशङ्कर पोखरेल
सचिवगोकर्ण विष्ट
योगेश भट्टराई
पद्मकुमारी अर्याल
छविलाल विश्वकर्मा
लेखराज भट्ट
टोपबहादुर रायमाझी
रघुवीर महासेठ
वरिष्ठ उपाध्यक्षईश्वर पोखरेल
उपाध्यक्षअष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
विष्णु पौडेल
युवराज ज्ञवाली
रामबहादुर थापा
उपमहासचिवप्रदीप ज्ञवाली
विष्णु रिमाल
पृथ्वीसुब्बा गुरुङ
स्थापना२०४७ पुस २२
विघटन२०७५ जेठ ३ (नेकपा (माके)सँग एकीकरण)
समायोजननेकपा (मार्क्सवादी)
नेकपा (मार्क्सवादी–लेनिनवादी)
अग्रकालीननेकपा[२][३](२०७५–२०७८)
प्रमुख कार्यालयथापाथली, काठमाडौँ
सक्रिय सदस्य (२०७८ भदौ)६,००,०००[४]
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
जनताको बहुदलीय जनवाद
राजनीतिक स्थानमध्य-वाम[५][६]
अन्तर्राष्ट्रिय सम्बद्धताकम्युनिष्ट र मजदुरका दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन
प्रतिनिधि सभा
९६ / २७५
राष्ट्रिय सभा
१८ / ५९
प्रदेश सभा
१७८ / ५५०
स्थानीय सरकार
२७४ / ७५३
नगरप्रमुख/अध्यक्ष
चुनाव चिन्ह
CPN (UML) election symbol 1.png
राजनीतिक दल झन्डा
Flag of the CPN-UML (2021-).svg
वेबसाइट
www.cpnuml.org

नेपालको सङ्घीय संसदमा यो प्रमुख प्रतिपक्षी दल हो।[७] झण्डै ६,००,००० सदस्य रहेको यो नेपालको दोस्रो ठूलो दल हो। यो नेपाली काङ्ग्रेस लगायतका दुई मुख्य दलहरूमध्ये एक रहेको छ।

नेकपा (एमाले)ले पाँच वटा सरकारको नेतृत्व गरेको छ जसमा मनमोहन अधिकारीले एकपटक, केपी शर्मा ओली दुई पटक, माधवकुमार नेपालले एकपटक र झलनाथ खनालले एकपटक नेतृत्व गरेका थिए। २०७८ भदौमा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय समिति सदस्य र झलानाथ खनाल लगायत सांसद्ले, नेकपा (एकीकृत समाजवादी) नामक नयाँ दल गठन गरेसँगै दल विभाजित बन्न पुगेको थियो।[८][९]

यो पार्टीलाई बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता जस्ता लोकरिझाई कार्यक्रम सुरुवात गर्ने श्रेय/ आरोप दिइन्छ।

यद्यपि, संसद तथा सडकमा अवरोध गर्ने, सडकमा रेलिङ भाच्ने तथा टायर बाल्ने संसदीय विकृतिको सुरुवात गरेको दोष पनि यो पार्टीलाई जान्छ। यो पार्टीले लगातार ५७ दिन सम्म संसद अवरुद्ध [१०] गरेर रेकर्ड कायम गरेको थियो। त्यो ५७ दिनको आफ्नै रेकर्ड रेकर्ड नौ महिना संसद अबरुद्ध गरेर २०७८ -२०७९ सालमा भंग गरेको थियो। [११]

इतिहाससम्पादन

स्थापनाकाल, २०४८–२०५०सम्पादन

 
नेकपा (एमाले)को झण्डा

पञ्चायती व्यवस्थाको विरोध गर्न र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना गर्न २०४६ मा संयुक्त वाम मोर्चा गठन भएको थियो। उनीहरूले नेपाली काङ्ग्रेससँग संयुक्त आन्दोलनको आयोजना गरेका थिए। फलस्वरूप नेपालको जनआन्दोलन २०४६ सफल भएसँगै पञ्चायती व्यवस्था उन्मुलन भएको थियो। संयुक्त वाम मोर्चाका दुई घटक नेकपा (मार्क्सवादी)नेकपा (मार्क्सवादी-लेनिनवादी) मिलेर २०४७ पुष २२ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) गठन गरेका थिए। आम निर्वाचन २०४८ अघि नै संयुक्त वाम मोर्चा निष्क्रिय भएको थियो।[१२]

आम निर्वाचन २०४८मा पार्टीले २०५ मध्ये ६९ सिट जितेको थियो र यो प्रतिनिधि सभाको दोस्रो ठूलो दल बनेको थियो।[१३] मनमोहन अधिकारी संसदीय दलको प्रमुखमा निर्वाचित भएका थिए र पछि प्रतिपक्ष दलको नेता बनेका थिए। २०४८ असार १४, मा नेकपा (एकीकृत) बाट अलग भएपछि आफूलाई पुनर्गठन गरेको नेकपा (बर्मा) पार्टीमा विलय भएको थियो।[१४] पाँचौँ पार्टीको महाधिवेशन सन् १९९३ जनवरीमा काठमाडौँमा सम्पन्न भएको थियो र जनवादी बहुदलीय जनवादलाई यसको मुख्य विचारधाराको रूपमा स्वीकार गरिएको थियो।[१५] मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको एउटै विचारधाराले यसले आउँदो वर्षहरूमा सबैभन्दा प्रमुख राजनीतिक दलहरू मध्ये एक बनाएको थियो।[१६] दलको पाँचौँ महाधिवेशनमा आधिकारीलाई अध्यक्षमा निर्वाचित गरिएको थियो भने महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए। भण्डारीको त्यस वर्षको उत्तरार्धमा चितवनमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो भने माधवकुमार नेपाल पार्टीका महासचिव बनेका थिए।[१२] २०४९ मा, तुलसीलाल अमात्य नेतृत्वको नेकपा (अमात्य) नेकपा (एकीकृत)बाट टुक्रिएर एमालेसँग गाभिएको थियो।[१६]

प्रथम सरकार र विभाजन, २०५१–२०५४सम्पादन

२०५१ को मध्यावधि निर्वाचनपछि पार्टीले २०५ मध्ये ८८ सिट जितेको थियो र मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गरेको थियो।[१७] भारतसँग पानी बाँड्ने सम्झौताबारे मतभेद भएपछि २०५४ मा पार्टीले पहिलो पटक विभाजनको सामना गर्नुपरेको थियो।[१३] वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का रूपमा मातृदलबाट ४६ जना सदस्य सहित नयाँ दल गठन भएको थियो।[१२][१३]

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, २०६१-२०६३सम्पादन

 
माधवकुमार नेपाल, पार्टीको पूर्व अध्यक्ष र पूर्वप्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)का अधिकांश सदस्यहरू २०५८ फागुन ३ गते पुनः मूल पार्टीमा आबद्ध भएको थियो। अरूले पनि विद्यमान पार्टीको पुनर्संरचना गर्ने निर्णय गरेका थिए। पार्टीको सातौँ महाधिवेशन २०५९ माघ १८ देखि २३ गते सम्म जनकपुरमा सम्पन्न भएको थियो । महाधिवेशनले पार्टी अध्यक्ष पद खारेज गर्ने निर्णय गरेको थियो। पार्टीको महासचिवमा मनमोहन अधिकारीको निधन पश्चात् माधवकुमार नेपाल सर्वसम्मत महासचिवमा नियुक्त भएका थिए।[१२]

राजा ज्ञानेन्द्रले संसद् विघटन गरेर २०६० सालमा नेपाली काङ्ग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेका थिए। अन्य पाँच दलले उनको निर्णयको विरोध गरेका थिए। तर, देउवालाई बहालमा लिएपछि नेकपा (एमाले)ले अस्थायी सरकारमा सहभागी भएर भरतमोहन अधिकारीलाई उपप्रधानमन्त्री बनाएका थिए। यस सरकारलाई राजाले २०६१ माघ १९ मा भङ्ग गरेका थिए। उनको निर्णयको विरोध गर्न सात दलीय गठबन्धन गठन गरिएको थियो र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सँग भएको सहमतिपछि राजाको प्रत्यक्ष शासनविरुद्ध संयुक्त सङ्घर्ष सुरु भएको थियो। २०६३ को जनआन्दोलन सफल भएपश्चात्, राजतन्त्रको अन्त्य भएको थियो र नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बनेका थिए।[१२]

संविधान सभा, २०६४-२०६८सम्पादन

 
नेकपा (एमाले) नेता तथा प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय प्रधानमन्त्री मनमोहन सिंह

संविधान सभा निर्वाचन, २०६४ पार्टीले ६०५ मध्ये १०८ सिट जितेर तेस्रो स्थान हात पारेको थियो। पछि, माधवकुमार नेपालले महासचिव पदबाट राजीनामा दिएका थिए। उनको ठाउँमा झलनाथ खनालले पद बहाली गरेका थिए। पार्टीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार पुष्पकमल दाहाललाई समर्थन गरेर उनको सरकारमा सहभागी भएको थियो। आठौँ महाधिवेशनमा पार्टी अध्यक्षमा झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए।[१८]

 
झलनाथ खनाल, पार्टीको पूर्व अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

२०६५ मा, पुष्पकमल दाहाल नेतृत्वको माओवादी सरकारले सेना प्रमुख रुक्माङगद कटवाललाई निष्कासन गरेपछि नेकपा (एमाले) गठबन्धन सरकार छाड्न बाध्य भएको थियो।[१९] सरकारबाट हटेपछि, पार्टी माधवकुमार नेपाल नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेसमधेसी जनअधिकार फोरमसँग नयाँ गठबन्धन सरकार बनाएको थियो।[२०] नयाँ संविधानको मस्यौदा तयार गर्न नसकेपछि २०६६ मा, माधवकुमार नेपालले राजिनामा दिएको थिए। सात महिनाभन्दा बढी राजनीतिक गतिरोधपछि खनाल २०६७ माघ २३ गते, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को समर्थनमा नेपालको प्रधानमन्त्री निर्वाचित भएका थिए।[२१] नयाँ संविधान र शान्ति प्रक्रियाको मस्यौदा तयार गर्ने विषयमा अन्य दलहरुसँग सहमति जुट्न नसकेपछि उनले असोज मै राजीनामा दिएका थिए। २०६८ भदौ ११ गते बाबुराम भट्टराई नेतृत्वको सरकारमा दल सहभागी भएको थियो। [२२]

दोस्रो संविधान सभा, २०७०-२०७२सम्पादन

तोकिएको समयभन्दा अघि नै नयाँ संविधानको मस्यौदा तयार गर्न नसक्दा संविधान सभा विघटन पछि २०७० को निर्वाचनमा ५७५ मध्ये १७५ जना निर्वाचित सिटमा विजयी भएपछि दोस्रो ठूलो दल बनेको थियो।[२३] पार्टीले सुशील कोइरालाको नेतृत्वमा सत्तारुढ नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन सरकारमा सहभागी भएको थियो।[२४] पार्टीको नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेपछि २०७१ मा, खड्गप्रसाद ओली पार्टी अध्यक्ष बनेका थिए।[२५] यो सरकारले ३ असोज २०७२ मा नयाँ संविधान दिएको थियो। [२६]

सङ्घीय नेपालसम्पादन

नयाँ संविधानको मस्यौदा तयार भएपछि सुशील कोइरालाले राजीनामा दिएर खड्गप्रसाद ओली एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलको समर्थनमा प्रधानमन्त्री निर्वाचित भए।[२७] नेपाली काङ्ग्रेसनेकपा (माओवादी केन्द्र)ले समर्थन गरेको अविश्वासको प्रस्ताव अघि ओलीले २०७३ साउन २० गते राजीनामा दिएका थिए। [२८]

 
प्रधानमन्त्री ओली, नरेन्द्र मोदीवामदेव गौतमको साथ

स्थानीय तह निर्वाचन, २०७४मा, पार्टीले १४,०९९ सिट (२९४ मेयर वा अध्यक्ष पद सहित) जितेको थियो र सबैभन्दा ठूलो स्थानीय-सरकार पार्टी बनेको थियो। पार्टीले काठमाडौँ[२९]पोखरा[३०] लगायतका प्रमुख सहरमा मेयरमा विजयी हासिल गरेको थियो। प्रतिनिधि सभा निर्वाचन, २०७४प्रदेश सभा निर्वाचन, २०७४ अघि दलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग गठबन्धनको घोषणा गरेको थियो। पार्टीले प्रतिनिधि सभा निर्वाचन, २०७४मा, १२१ सिट जित्दै प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी बनेको थियो र नेपालका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा सबैभन्दा ठूलो पार्टी बन्न पुगेको थियो।[३१] निर्वाचनपछि पार्टीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग आफ्नो गठबन्धन कायम गरेको थियो र नेपालको केन्द्र र सात प्रदेशमध्ये ६ वटामा गठबन्धन सरकार गठन गरेको थियो । सत्ता बाँडफाँड सम्झौता अनुसार नेकपा (एमाले)ले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशलुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गरेको थियो।[३२]

२०७४ माघ २३ मा भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) ले ५६ मध्ये २७ सिटमा जित हासिल गरी फेरि देशकै सबैभन्दा ठूलो दल बनेको थियो।[३३] पार्टी अध्यक्ष ओली प्रतिनिधि सभामा दलको संसदीय दलको नेता निर्वाचित भएका थिए र २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।[३४] विद्यादेवी भण्डारी फागुन २९ गते पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।[३५]

विघटन र पुनर्सथापना, २०७५-२०७७सम्पादन

 
नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद ओलीसँग नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)

आठ महिनाको योजनापछि नेपालका दुई प्रमुख वामपन्थी दललाई गाभ्ने योजनालाई अन्तिम रुप दिन एकीकरण संयोजन समितिको भेला बसेको थियो। २०७५ जेठ ३ मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बीच एकीकरण भएको थियो र यो दल लगभग दुई तिहाइ बहुमत सहित नेपालको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो।[३६]

२०७७ फागुन २४ गते, सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को विलयबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता वा आधिकारिक नाम ऋषि कट्टेलले यस भन्दा अगाडि नै निर्वाचन आयोगमा दर्ता गरेको भन्दै पूर्ववर्ती दलहरूलाई छुट्टाभिन्न गर्ने गरि आदेश जारी गरेको थियो।[३७] विघटन पश्चात्, विभिन्न प्रदेश तथा सङ्घीय सरकारबाट यो सत्ताबाट बाहिरिएको थियो।

विभाजित दलहरूको सूचीसम्पादन

प्रथम सरकार र विभाजन, २०५१–२०५४सम्पादन

२०५१ को मध्यावधि निर्वाचनपछि पार्टीले २०५ मध्ये ८८ सिट जितेको थियो र मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गरेको थियो। २०५४ अविश्वासको प्रस्ताव गुमाउँदा आधिकारी राजीनामा दिन बाध्य भएपछि सरकार नौ महिनासम्म चलेको थियो। सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारलाई समर्थन गरेपछि सन् २०५४ दल पुनः सरकारमा फर्किएको थियो। राप्रपामा भएको मतभेदपछि लोकेन्द्रबहादुर चन्दले राजीनामा दिएका थिए र नेकपा (एमाले) फेरि विपक्षमा पुगेको थियो।

भारतसँग पानी बाँड्ने सम्झौताबारे मतभेद भएपछि २०५४ मा पार्टीले पहिलो पटक विभाजनको सामना गर्नुपरेको थियो। वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का रूपमा मातृदलबाट ४६ जना सदस्य सहित नयाँ दल गठन भएको हो। गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली काङ्ग्रेसनेपाल सद्भावना पार्टीको गठबन्धन सरकारलाई समर्थन गर्दै २०५५ मा, पुन: पार्टी सरकारमा सहभागी भएको थियो। आम निर्वाचन २०५६ पार्टीले २०५ मध्ये ७० सिट जितेको थियो र यो प्रतिनिधि सभाको दोस्रो ठूलो दल बनेको थियो।

समानान्तर विभाजनसम्पादन

३ साउन २०७८, मा पार्टीबाट २२ जना प्रतिनिधि सभा सदस्यले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा मतदान गरेका थिए।[३८] उनले पार्टीको ह्विपको अवज्ञा गरेका थिए। पार्टी विपक्षमा भए पनि माधवको गुटले सरकारलाई समर्थन गरेको कारण पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपालकेपी शर्मा ओलीबीच विवाद उत्पन्न भएको थियो। २ भदौ २०२१ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामक नयाँ पार्टी गठन भएको थियो।[३९] पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी उपाध्यक्षहरू र २३ जना सांसद नयाँ पार्टीमा सहभागी भएका थिए। यसले गर्दा पार्टीको तल्लो तहका कमिटीमा विभाजन भएको थियो।[४०]

२०७८ को सुक्ष्म विभाजनसम्पादन

वरिष्ठ उपाध्यक्ष वामदेव गौतम नेतृत्वको सानो समूहले २०७८ भदौ १९ मा पार्टी परित्याग गरेको थियो। हाल उनीहरू नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा छन्।[४१]

सांसद बृजेशकुमार गुप्ता र ईश्वर दयाल मिश्रसँगै हृदयेश त्रिपाठीनेतृत्वको अर्को सानो समूह पनि २० भदौ २०७८ मा विभाजित भएर जनता प्रगतिशील पार्टी गठन भएको थियो।[४२]

विभाजित दलहरूको सूचीसम्पादन

वर्ष दल नेता स्थिति
२०५४ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) वामदेव गौतमसिपी मैनाली सक्रिय
२०६४ नागरिक उन्मुक्ति पार्टी[४३] राजकुमार लेखी नेपाल सद्भावना पार्टीसँग गाभिएको
२०६४ तराई मधेस सद्भावना पार्टी महेन्द्र राय यादव मधेसी जनअधिकार फोरम, नेपालसँग गाभिएर जनता समाजवादी पार्टी, नेपाल बनेको
२०६८ सङ्घीय समाजवादी पार्टी नेपाल[४४] अशोक राई मधेसी जनअधिकार फोरम, नेपालसँग गाभिएर जनता समाजवादी पार्टी, नेपाल बनेको
२०७८ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)[४५] माधवकुमार नेपाल सक्रिय
२०७८ जनता प्रगतिशील पार्टी[४६] हृदयेश त्रिपाठी सक्रिय

महाधिवेशनसम्पादन

महाधिवेशन स्थान मिति नतिजा
पहिलो पाटन २०१० माघ १७-२५ महासचिवमा मनमोहन अधिकारी चयन
दोस्रो २०१४ जेठ १५-२५ फोहोरा दरबार महासचिवमा केशरजङ्ग रायमाझी
तेस्रो २०१९ साल, बैशाख ४–१५
चौथो २०४६ भाद्र ९–१४ सगरमाथा अञ्चलको सिराहा महासचिवमा मदन भण्डारी निर्वाचित
पाँचौ २०४९ साल माघ १४–२० काठमाडौं जनताको बहुदलीय जनवाद पारित
छैटौं २०५४ विजयी
सातौँ २०५६
आठौँ २०६५ झलनाथ खनाल अध्यक्ष निर्वाचित
नवौँ २०७० केपी शर्मा ओली अध्यक्ष निर्वाचित
दशौँ २०७८ चितवन केपी शर्मा ओली अध्यक्ष निर्वाचित[४७]

जनताको बहुदलीय जनवादसम्पादन

नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो। जननेता कमरेड मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त मार्क्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो। यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो।[४८] कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही सावित हुँदै आएको मानिन्छ।[४९]

 
जनताको बहुदलीय जनवाद

चुनावी प्रदर्शनसम्पादन

प्रतिनिधि सभा निर्वाचनसम्पादन

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
प्राप्त मत % सिट +/-
२०४८ मदन भण्डारी २,०४०,१०२ २७.९८
६९ / २०५
दोस्रो प्रतिपक्षमा
२०५१ मनमोहन अधिकारी २,३५२,६०१ ३०.८५
८८ / २०५
  १९   प्रथम अल्पमतीय सरकार
२०५६ माधवकुमार नेपाल २,७२८,७२५ ३१.६६
७१ / २०५
  १७   दोस्रो प्रतिपक्षमा
२०६४ माधवकुमार नेपाल २,२२८,०६४ २१.६३
१०८ / ६०१
  ३७   तेस्रो नेकपा (माओवादी), मजअफो, सद्भावना, र नेकपा (एकीकृत)को बीच गठबन्धनको सरकार
२०७० झलनाथ खनाल २,४९२,०९० २७.५५
१७५ / ५७५
  ६७   दोस्रो नेपाली काङ्ग्रेसराप्रपा बीच गठबन्धनको सरकार
२०७४ खड्गप्रसाद ओली ३,१७३,४९४ ३३.२५
१२१ / २७५
  ५४   प्रथम माओवादी केन्द्रसँगको गठबन्धनको सरकार

प्रदेश सभा निर्वाचनसम्पादन

प्रदेश सभा निर्वाचन, २०७४मा नेकपा (एमाले)ले ७ प्रदेश मध्ये ६ प्रदेशमा सबैभन्दा ठूलो दल बनेको थियो र यसको नेतृत्वमा चार प्रदेशमा सरकार प्रमुख रहेको थियो।

प्रदेश निर्वाचन मत सिट स्थान गठित सरकार
प्राप्त मत %
प्रदेश नं. १ २०७४ ६७३,७०९ ३८.७९
५१ / ९३
प्रथम प्रतिपक्षमा
मधेस २४९,७३४ १६.२५
२१ / १०७
चौथो प्रतिपक्षमा
बागमती ६७७,३१७ ३५.८१
५८ / ११०
प्रथम प्रतिपक्षमा
गण्डकी ३७३,५०१ ३९.०४
२७ / ६०
प्रथम प्रतिपक्षमा
लुम्बिनी ५३३,६१३ ३३.१०
४१ / ८७
प्रथम प्रतिपक्षमा
कर्णाली १६९,७५५ ३४.३५
२० / ४०
प्रथम प्रतिपक्षमा
सुदूरपश्चिम २६०,९५५ ३१.९९
२५ / ५३
प्रथम प्रतिपक्षमा

नेतृत्वसम्पादन

अध्यक्षसम्पादन

उपमहासचिवसम्पादन

नेपालको प्रधानमन्त्रीसम्पादन

क्र.सं प्रधानमन्त्री तस्वीर कार्यावधि संसद मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
सुरु अन्त्य कार्यकाल
मनमोहन अधिकारी २०५१ मंसिर १४ २०५२ भदौ २७ २८६ दिन तेस्रो प्रतिनिधि सभा मनमोहन अधिकारी मन्त्रिपरिषद् काठमाडौँ ३
माधवकुमार नेपाल   २०६६ जेठ ११ २०६७ माघ २३ १ वर्ष, २५७ दिन पहिलो संविधान सभा माधवकुमार नेपाल मन्त्रिपरिषद् मनोनीत
झलनाथ खनाल   २०६७ माघ २३ २०६८ भदौ १२ २०४ दिन पहिलो संविधान सभा खनाल मन्त्रिपरिषद् इलाम १
खड्गप्रसाद ओली   २०७२ असोज २५ २०७३ साउन २० २९७ दिन व्यवस्थापिका संसद पहिलो ओली मन्त्रिपरिषद् झापा ७
२०७४ फागुन ३ २०७८ असार २९ ४ वर्ष, २९० दिन पहिलो सङ्घीय संसद दोस्रो ओली मन्त्रिपरिषद् झापा ५

भातृ सङ्गठनसम्पादन

  • नेपाल ट्रेड युनियन महासङ्घ
  • नेपाल युवा सङ्घ
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
  • अखिल नेपाल महिला युनियन
  • अखिल नेपाल मजदुर युनियन
  • अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन
  • नेपाल राष्ट्रिय शिक्षक सङ्घ
  • राष्ट्रिय जनसांस्कृतिक मञ्च
  • अपाङ्गता भएका व्यक्तिहरुको लोकतान्त्रिक राष्ट्रिय संगठन–नेपाल

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "एमाले अध्यक्षमा पुन: ओली निर्वाचित", हिमाल खबर, ३० अप्रिल २०२२, अन्तिम पहुँच २०२२-०४-३० 
  2. "नेकपा बन्यो एशियाको तेस्रो ठूलो कम्युनिस्ट पार्टी !", अनलाइन खबर, १६ मे २०१८, अन्तिम पहुँच १४ जुलाई २०२१ 
  3. "शक्तिशाली कम्युनिस्ट पार्टी गठन", नागरिक दैनिक, अन्तिम पहुँच १४ जुलाई २०२१ 
  4. "ईश्वर पोखरेलको प्रतिवेदन : ५ पुसपछि एमालेमा आकर्षण बढ्यो, साढे तीन लाख सदस्य थपिए", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३० 
  5. "Nepal: Key people and parties", Insight on Conflict, Peace Direct, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१७ 
  6. "Healthy turnout, little violence reported in historic poll", RFI (अङ्ग्रेजीमा), Radio France Internationale, अप्रिल २००८, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१७ 
  7. "एमाले नेतृत्वका ५ सरकार गुमे, केन्द्रदेखि प्रदेशसम्मै प्रतिपक्षी कित्तामा"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  8. "नेकपा (एकीकृत समाजवादी)ले पायो दल दर्ताको प्रमाणपत्र, दर्ता नम्बर १६६" (नेपाली) भाषा)। नेपाल खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  9. "यस्तो छ माधव नेपालको पार्टीको घोषणा पत्र (पूर्णपाठसहित)", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-१३ 
  10. हामीले ५७ दिन संसद चल्न नदिएर गरेको गल्ती अब कसैले नगरौँः नेम्वाङ
  11. भण्डारी, प्रकाश, "संसद् अवरोधमा कीर्तिमानै कीर्तिमान बनाएको एमाले एकाएक किन भयो यूटर्न?", PahiloPost.com (नेपालीमा)। 
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ Lansford, Tom (२०१५-०३-२४), Political handbook of the world 2015, आइएसबिएन 9781483371580, ओसिएलसी 912321323 
  13. १३.० १३.१ १३.२ Brass, Paul (६ अगस्ट २०१३), Routledge handbook of South Asian politics : India, Pakistan, Bangladesh, Sri Lanka, and Nepal, आइएसबिएन 978-0415716499, ओसिएलसी 843078091 
  14. "Verma's party merges with CPN-UML", २००५-११-०५, मूलबाट २००५-११-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२९ 
  15. "कम्युनिस्ट आन्दोलनको समीक्षा", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-२९ 
  16. १६.० १६.१ Sapkota, Dhakaram (डिसेम्बर २०१६), "समकालीन नेताहरुसँग मनमोहन आधिकारीको सम्बन्ध", Tribhuvan University Journal, . XXX, NUMBER 2। 
  17. "नौ महिनाको बजेटले शिखरमा पुर्‍यायो"इकागज (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  18. Pokharel, Tilak; Sengupta, Somini (२००८-०८-१५), "Nepal Elects a Maoist to Be the Prime Minister", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०१७-०६-२६ 
  19. "South Asia | Nepal communists quit in protest", BBC News, मे ३, २००९, अन्तिम पहुँच अगस्ट १८, २०१३ 
  20. Marasini, Prerana, "Nepal Prime Minister resigns", The Hindu (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-२६ 
  21. "Nepal: Jhalanath Khanal elected new prime minister", BBC News (अङ्ग्रेजीमा), २०११-०२-०३, अन्तिम पहुँच २०१७-०६-२६ 
  22. "Baburam Bhattarai elected prime minister of Nepal", BBC News (अङ्ग्रेजीमा), २०११-०८-२८, अन्तिम पहुँच २०१७-०६-२६ 
  23. "Nepal parties resign as constitution deadline passes", BBC News (अङ्ग्रेजीमा), २०१२-०५-२८, अन्तिम पहुँच २०१७-०६-२६ 
  24. "Sushil Koirala wins vote to be Nepal's prime minister", BBC News (अङ्ग्रेजीमा), २०१४-०२-१०, अन्तिम पहुँच २०१७-०६-२६ 
  25. "KP Oli elected UML Chairman — Nepali Headlines,Nepal News, Nepali News, News Nepal", nepaliheadlines.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-२६ 
  26. "Nepal's new constitution endorsed through Constituent Assembly — Xinhua | English.news.cn", news.xinhuanet.com, अन्तिम पहुँच २०१७-०६-२६ 
  27. Sharma, Bhadra; Barry, Ellen (२०१५-१०-११), "Nepal Elects K.P. Sharma Oli as New Prime Minister", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०१७-०६-२६ 
  28. Sharma, Bhadra (२०१६-०७-२४), "Nepal's Prime Minister, K. P. Sharma Oli, Resigns Ahead of a No-Confidence Vote", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०१७-०६-२६ 
  29. "विद्यासुन्दर शाक्य : वडाध्यक्षदेखि मेयरसम्म" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  30. "पोखरा महानगरको मेयरमा एमालेका मानबहादुर जिसी निर्वाचित" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  31. "Nepali Communists win landslide, but face big obstacles to win change", Green Left Weekly (अङ्ग्रेजीमा), २०१८-०१-०५, अन्तिम पहुँच २०१८-०४-१८ 
  32. "UML to get 4 chief ministers, Maoist Centre 2" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-१८ 
  33. "राष्ट्रिय सभा निर्वाचन : कुन प्रदेशमा कुन दलको कति मत ?" (नेपाली) भाषा)। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  34. "केपी ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, आजै सपथ ग्रहण हुँदै" (नेपाली) भाषा)। विकास न्युज। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  35. "विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित" (नेपाली) भाषा)। अन्नपूर्ण पोस्ट। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  36. "बन्यो नेपाल कम्युनिष्ट पार्टी"कारोबार दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  37. "नेकपा विघटन: हर्ष कि विस्मात"नयाँ पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  38. "यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद"नयाँ पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  39. "एमाले विभाजित : नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-१८ 
  40. "एमालेको त्यो विभाजन, यो विभाजन" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  41. "वामदेवले किन नयाँ दल गठन गर्दैछन ?" (नेपाली) भाषा)। सङ्कल्प खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  42. "हृदयेश त्रिपाठीले गठन गरे नयाँ पार्टी, यस्तो छ अवधारणा"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  43. "लोसपा नेता राजकुमार लेखी एमालेमा प्रवेश", मधेसवाणी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०९ 
  44. "Three parties merge to become Sanghiya Samajbadi Forum-Nepal", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०१-०९ 
  45. "एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०९ 
  46. "हृदयेश त्रिपाठी नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०९ 
  47. सेतोपाटी, सन्जिब बगाले ::, "केपी शर्मा ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित" (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३० 
  48. "जनताको बहुदलीय जनवाद (जबज) क्रान्तिको कार्यक्रम कि सिद्धान्त" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  49. "के हो जनताको बहुदलीय जनवाद ? जबजका १४ विशेषताहरू"संवाद अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति २० अप्रिल २०२२ 

बाह्य कडीहरूसम्पादन