प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०६७ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७८ पुस पहिलो सम्पादन गर्नुहोस्

सुनौलो लङ्गुर, भारतको पश्चिमी आसामको सानो क्षेत्रमा र भुटानको कालो हिमालको छिमेकी पहाडहरूमा पाइने पुरानो जगतको बाँदर एक प्रजाति हो अथवा अर्को शब्दमा भन्नुपर्दा यो पूर्व जगतको बाँदर प्रजातिको एक सदस्य हो जुन भारतको पश्चिमी आसाम तथा भुटानका केही भूभागहरूमा पाइन्छन्। यस प्रजातिको लङ्गुर भारतमा बाँदर प्रजातिको सबैभन्दा सङ्कटापन्न जीवको रूपमा रहेको छ। धेरै हिमालयका मानिसहरूले लामो समयदेखि पवित्र मानेका यस सुनौलो लङ्गुरलाई सर्वप्रथम सन् १९५० मा, बेलायती भारतीय प्रकृतिविद् एड्डर्व पिटचर्ड गिले यसको खोज तथा अनुसन्धान गरेका थिए। सुनौलो लङ्गुरको वयस्क भालेहरूको शरीरमा गाढा पहेँलो वा सुनौलो रङ हुन्छ भने पोथीहरूको शरीरमा हल्का खाले रङ हुन्छ।यसको अनुहार सामान्यतया कालो हुन्छ जसलाई सुनौलो केशले घेरेको हुन्छ। यस प्रजातिको लङ्गुरको पुच्छर लामो हुन्छ भने यसक‍ लम्बाइ ५० सेन्टिमिटर (१९.६९ इन्च) लामो हुन्छ। यो उच्च रूखमा बस्दछ। पाकेको र नपाक्ने फलफूल, परिपक्व तथा साना पातहरू, बीउ, फल र फूलहरूको जडीबुटीयुक्त बनस्पतिहरू यसका प्रमुख आहार हुन्। समूहको औसत आकारमा आठ जना हुन्छन् र प्रत्येक वयस्क भालेको अनुपातमा पोथीको अनुपात भन्दा ठूलो हुन्छ। यो भारतभुटानको सबैभन्दा खतरामा परेको बाँदरको प्रजातिहरू मध्ये एक हो।(पूरा  पढ्नुहोस्...)

२०७८ पुस दोस्रो सम्पादन गर्नुहोस्

पोखरा नेपालको गण्डकी प्रदेश स्थित कास्की जिल्लामा रहेको महानगरपालिका हो । विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विसं २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा गरेको हो। यस महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसङ्ख्या ४,१४,१४१ रहेको छ। महानगरपालिकाको केन्द्र साबिक पोखरा उपमहानगरपालिका कार्यालय नै रहेको छ। पोखरा लेखनाथ महानगरपालिका, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमागीको (३,९) वडाहरू, कास्कीकोट, माझठानाको (१,४,९) वडाहरू कालिकाको (१,५) वडाहरू र पुरन्चौर गाउँ विकास समिति मिलि कुल ३३ वटा वडामा विभाजित छ। पोखरा लेखनाथ महानगरपालिकाको पूर्वी सिमानामा मादी गाउँपालिकारूपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, पर्वतस्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे गाउँपालिकामादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जातनहुँ जिल्ला रहेको छ।

पोखरा महानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ। पोखरा सहर नेपालको ठूलो सहर हो। त्यसैले पोखरालाई नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ । यहाँका महत्पूर्ण स्थानहरूमा फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट आदि पर्दछन्। यो सहर कास्की जिल्लाको जिल्ला सदरमुकामका साथै गण्डकी प्रदेशको पनि सदरमुकाम हो। पोखरा सहर नेपालको प्रमुख सहरमध्ये एक हो। पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये पर्दछ। देश अनि विदेशबाट हजारौँ पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन्।(पूरा  पढ्नुहोस्...)