प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०६४ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७९ फागुन पहिलो सम्पादन गर्नुहोस्

काल भैरव वा सामान्यतः भैरव हिन्दु धर्मलम्वीहरूद्वारा पूजा गरिने एक देवता हुन्। हिन्दु धर्म ग्रन्थ अनुसार उनी विनाशसँग सम्बन्धित शिवको एक शक्तिशाली अवतार हुन्। त्रिका पद्धतिमा भैरवले परम सत्यको प्रतिनिधित्व गर्दछ, जुन परम ब्रह्मको पर्यायवाची हो। सामान्यतया हिन्दू धर्ममा भैरवलाई दण्डपाणि पनि भनिन्छ ("जसले हातमा डण्डा समातेको हुन्छ")। भैरवले पापीहरूलाई सजाय दिन डण्डा समातेको हुन्छ भने भैरवको वाहान कुकुर हो। वज्रयान बौद्ध धर्ममा उनलाई बोधिसत्त्व मञ्जुश्रीको उग्र उत्पति मानिन्छ र यसलाई हेरुका, वज्रभैरव र यमान्तक पनि भनिन्छ।(पूरा  पढ्नुहोस्...)

२०७९ फागुन दोस्रो सम्पादन गर्नुहोस्

झारखण्ड पूर्वी भारतको एक राज्य हो। पूर्वमा पश्चिम बङ्गाल, पश्चिममा छत्तीसगढ, उत्तरपश्चिममा उत्तर प्रदेश, उत्तरमा बिहार र दक्षिणमा उडिसा लगायतका राज्यहरूसँग यसको सिमाना जोडिएको छ। यसको क्षेत्रफल ७९,७१६ वर्ग किलोमिटर (३०,७७९ वर्ग माइल) रहेको छ। यो क्षेत्रफलको आधारमा भारतको १५औँ ठूलो राज्य हो र जनसङ्ख्याको आधारमा १४औँ ठूलो राज्य हो। हिन्दी राज्यको आधिकारिक भाषा हो। राँची सहर यसको राजधानी हो र दुम्का यसको उप-राजधानी हो। राज्य यसको झरना, पहाड र पवित्र स्थानहरूको लागि परिचित छ। वैद्यनाथ धाम, पारसनाथ, देउरी र राजरप्पा प्रमुख धार्मिक स्थलहरू हुन्। यस राज्यको गठन १५ नोभेम्बर २००० मा गरिएको थियो, जुन पहिले बिहारको दक्षिणी आधा भाग थियो।(पूरा  पढ्नुहोस्...)