विकिपिडियामा विशेष लेखहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई साप्ताहिक रूपमा समसामयिक स्तरीय लेखहरू परिवर्तन हुने गरी व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०५५ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेका छन्। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएका छन्। कुनै पनि लेख प्रमुख लेखका रूपमा छनौट हुनको लागि स्तरीय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्। यदि तपाईंले प्रमुख लेखमा कुनै समस्या देख्नुभएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनहुनको लागि अनुरोध गर्दछौँ।

लेखको माथि दायाँतिर पहेँलो ताराको चिन्हले () सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागि अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

| colspan="2" style="border: 1px solid #DDDDDD; padding: 0.5em 0.5em 0.5em 1em; background-color: #F9F9F9;" |

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

जनवरी, २०१६ को प्रमुख लेख

दीपिका पादुकोण (हिन्दुस्तानी उच्चारण: [d̪iːpɪkaː pəɖʊkoːɳ]; जन्म ५ जनवरी १९८६) एक भारतीय अभिनेत्री र मोडल हुन । उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक नगद लिने भारतीय महिला अभिनेत्री हुन । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिन र हालसम्म दुई फिल्मफेयर पुरस्कार प्राप्त गरिसकेकी छिन् ।

पादुकोण, ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन । उनको जन्म कोपनहेगनमा भएको हो र हुर्काई बेङ्गलोरमा भएको हो । वाल्यवस्थामा उनी राष्ट्रिय स्तरको ब्याडमिन्टन च्याम्पियनसिप खेलेकी छन् तर फ्यासन मोडल बन्नका लागि उनले ब्याडमिन्टन खेल छाडेकी थिइन । मोडलिङ क्षेत्रबाट प्रवेश गरेकी उनले चाँडै चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन । सन् २००६ मा कन्नड चलचित्र ऐश्वर्यमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन । पादुकोण त्यसपछि दोहोरो भूमिकामा उनको पहिलो बलिउड ब्लकबस्टर सन् २००७ मा प्रदर्शित ओम शान्ति ओम बाट गरिन जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो । पादुकोणद्वारा अभिनित लभ आज कल (२००९) र  लफङ्गे परिन्दे (२०१०) चलचित्रमा गरिएको दमदार अभिनयको लागि उनले निकै चर्चा पाइन । साथै त्यसै समयमा उनीद्वारा अभिनित बच्ना ए हसिनो (२००८) र हाँस्य चलचित्र हाउसफुल (२०१०) चलचित्रले नाकारात्मक समीक्षा पाएको थियो । (पूरा  पढ्नुहोस्...)

फेब्रुअरी, २०१६ को प्रमुख लेख

सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ (  ); जन्म २४ अप्रिल १९७३) भारतका भुतपूर्व क्रिकेट खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् । एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।

सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेटर्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडी अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । (पूरा  पढ्नुहोस्...)

जुन, २०१६ को प्रमुख लेख

क्षेत्रप्रताप अधिकारी (१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको म त लालीगुराँस भएछु..., मलाई छोडी मेरो छाया..., गोपाल योञ्जनले गाएको शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन..., कुन्ती मोक्तानले गाएको गोठालो जाँदा... र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो। पेशागतरुपमा महिनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर आरम्भ गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए। मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायतको उत्तरार्द्धमा शिक्षा सहायकमन्त्रीको पदबाहर समेत समालेका थिए। (पूरा  पढ्नुहोस्...)

जुलाई, २०१६ को प्रमुख लेख

नारायणगोपाल (वि सं १९९६ असोज १८ - २०४७ मङ्सीर १९)(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम नारायणगोपाल गुरुवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वर सम्राटको उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्। नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाई पेशाको रूपमा अङ्गाले। उनले करीव १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् । नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागलमा भएको हो (पूरा  पढ्नुहोस्...)

अगस्त, २०१६ को प्रमुख लेख

लियोनेल एन्ड्रेस मेस्सी (जन्मः २४ जुन, १९८७) अर्जेन्टिनाको फुटबल खेलाडी हुन, जो हाल ला लिगा टिम बार्सिलोनाअर्जेन्टिनाको लागि खेल्छन् । मेस्सी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्, मेस्सीले २१ वर्षको उमेरमा नै बेलोन डी' ओरफिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरे । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना हुन लाग्यो, जसले आफै मेस्सीलाई आफ्नो "उत्तराधिकारी" घोषित गरेका थिए (पूरा  पढ्नुहोस्...)

सेप्टेम्बर, २०१६ को प्रमुख लेख

राजेश हमाल (जन्म: ९ जुन, १९६४ पाल्पा, तानसेन, नेपाल) नेपालका एक चर्चित अभिनेता हुन्। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन्।

उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ । अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ । (पूरा  पढ्नुहोस्...)

अक्टोबर, २०१६ को प्रमुख लेख

गङ्गा नदी (हिन्दुस्तानी: [ˈɡəŋɡaː]), वा गङ्गे (/ˈɡænz/ GAN-jeez) भारतको एउटा महत्वपूर्ण तथा विश्वका सम्पूर्ण हिन्दूहरूको आस्थाको एउटा केन्द्र हो। जसले भारतबङ्गलादेशमा कुल २,५१० किमीको दूरी तय गर्दै उत्तराखण्डमा हिमालयबाट लिएर बङ्गालको खाडीको सुन्दरवनसम्मको विशाल भू -भागलाई सिचाई गर्दछ । यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ किलोमिटरसम्म भारत तथा बङ्गलादेशमा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूसँग मिसेर दश लाख वर्ग किलोमिटर क्षेत्रफलको अति विशाल उब्जाउ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गङ्गाको यो मैदान आफ्नो बाक्लो जनसङ्ख्याको कारण पनि चिनिने गरिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना आमा र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वर्णित गङ्गा नदी प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।

यस नदीमा माछा तथा सर्पका अनेक प्रजातिहरूका साथै गुलियो पानीको दुर्लभ डल्फिन पनि पाइन्छन्। (पूरा  पढ्नुहोस्...)

नोभेम्बर, २०१६ को प्रमुख लेख

भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका अङ्गरक्षक तथा व्यक्तिगत सचिव भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाईद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने ।

भीमसेन थापाको प्रधानमन्त्रीकालमा गोरखा साम्राज्यको निक्कै विस्तार भएको थियो । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । तर, सन् १८१४-१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमीन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो । (पूरा  पढ्नुहोस्...)

डिसेम्बर, २०१६ को प्रमुख लेख

सन् १९८३ मा युक्रेनमा जन्मिएकी मिला कुनिज लस एन्जलसमा हुर्किएकी अमेरिकी अभिनेत्री हुन् । पन्ध्र वर्ष नपुग्दै कुनिजले "ड्याड्स सेभेन्टि सो" बाट अभिनय थालेकी हुन् । 'म्याक्स प्यान', 'बुक्स अफ एली', 'फ्रेन्डस विथ बेनिफिट्स', 'टेड' र 'ओज, द ग्रेट एन्ड पओरफुलमा' जस्ता चलचित्रहरूमा उनको भूमिका प्रशंसायोग्य मानिएको छ । "ब्ल्याक स्वान" (२०१०) ले उनको सहायक भूमिकामा उनले ६७औँ भेनिस अन्तराष्ट्रिय चलचित्र महोत्सवमा 'बेस्ट योङ एयाक्टरेस' जित्न सफल भएकी थिइन् । सन् २०१२ मा उनले एस्टन कुचरसँग विवाह गरिन् । जुन २०१६ मा उनी अभिनति चलचित्र "ब्याड मम्स" रिलिज भएको थियो । (पूरा  पढ्नुहोस्...)

|-