विकिपिडिया:प्रमुख लेख/माघ, २०७९
|
विशेष सामग्रीहरू प्रमुख लेख औजारहरू |
२०७९ माघ पहिलो
सम्पादन गर्नुहोस्बङ्गाली जाति (बङ्गाली: বাঙালি জাতি) दक्षिण एसियाको एक विशेष हिन्द-आर्य जातीय समूहको नाम हो। बङ्गाली जातिको स्थानीय जनसङ्ख्या बङ्गलादेश र भारतको पश्चिम बङ्गाल, त्रिपुरा, बाराक उपत्यका, तल्लो आसाम र मणिपुरका केही भागहरूमा विभाजित छन्। तिनीहरूमध्ये अधिकांशले बङ्गाली भाषा बोल्दछन् जुन हिन्द-इरानी भाषाहरूको एक विशेष भाषा हो।
चिनियाँ र अरबी जाति बाहेक बङ्गालीहरू विश्वको तेस्रो ठूलो जातीय समूह हो र तिनीहरू हिन्द-युरोपेलीहरूमध्ये सबैभन्दा ठूलो जातीय समूह हुन्। अण्डमान र निकोबार द्वीपको जिन्जिरामा आफ्नो पैतृक क्षेत्रबाहेक बङ्गालीहरूको बाहुल्यता भारतको केही क्षेत्रहरूमा रहेको छ। नेपालको कोशी प्रदेश, भारतको अरुणाचल प्रदेश, दिल्ली, उडिसा, छत्तीसगढ, झारखण्ड, मेघालय, मिजोरम, नागाल्यान्ड, उत्तराखण्डमा बङ्गालीहरूको ठूलो जनसङ्ख्या रहेको छ। मध्यपूर्व, पाकिस्तान, बर्मा, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, मलेसिया, इटाली, सिङ्गापुर, माल्दिभ्स, क्यानडा, अस्ट्रेलिया, जापान र दक्षिण कोरियामा बङ्गालीको सुस्थापित समाजहरू रहेका छन्। (पूरा पढ्नुहोस्...)
२०७९ माघ दोस्रो
सम्पादन गर्नुहोस्नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। २०१५ सालमा शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा निगमले नियमित उडान सञ्चालन गर्दछ। डगलस डिसी-३ 'डकोटा' विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्ममा निगमद्वारा कुल ७ विमान सेवामा प्रयोग गरिएको छ। वि.सं २०६९ देखि निगम लगायत नेपालका सबै वायुसेवा प्रदायक युरोपेली सङ्घद्वारा प्रतिबन्धित वायुसेवाका सूचीमा समावेश छन्।(पूरा पढ्नुहोस्...)