भण्डारखाल पर्व
वि.सं १९०३ कार्तिक शुदी १२ गते हनुमानढोकाको भण्डारखाल बगैचामा भोजको आयोजना गरिएको थियो । सो भोजमा जंगबहादुर र उनका भाइहरूलाई विष मिसिएको खाना खुवाएर हत्या गर्ने योजना बनाइएको थियो । तर पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोले पछि जंगबहादुरले आफ्ना दुस्मनको संहार गरे । भण्डारखाल बगैचामा भएको सो घटनालाई भण्डारखाल पर्व भनिन्छ ।
भण्डारखाल पर्व | |||||||
---|---|---|---|---|---|---|---|
| |||||||
योद्धा | |||||||
जंग बहादुर र भाइहरू | जंगबहादुर बिरोधी भारदार | ||||||
सेनानायक | |||||||
जंग बहादुर कुँवर | वीरध्वज बस्न्यात बद्री सिंह भण्डारी वजीरसिंह भण्डारी | ||||||
मृत्यु एवं हानि | |||||||
० | २३ |
पृष्ठभूमिसम्पादन
कोत पर्वपछि जंगबहादुर रानी लक्ष्मीदेवीको मन जितेर प्रधान सेनापति बन्न सफल भए । रानी लक्ष्मीदेवीले माथवरसिंह थापालाई झैँ जंगबहादुरलाई पनि युबराज सुरेन्द्रको हत्या गरी रणेन्द्रलाई गद्दीमा राख्न आवश्यक प्रबन्ध गर्न दबाब दिईन् । रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुनेविश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् ।
षडयन्त्रसम्पादन
भण्डारखाल बगैचामा आयोजना गरिने भोजमा जंगबहादुरलाई विष मिलाइएको भोजन खान दिएर मार्ने र उक्त भोजन नखाएमा गोलि हानी हत्या गर्ने योजना बनेको थियो । त्यसपछि कान्छी रानीले बस्न्यात खलकका अग्रज वीरध्वज बस्न्यातलाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् । गगन सिंह भण्डारीका २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । उनीहरूले आफ्ना पिता गगन सिंह भण्डारीको हत्यारा पट्ट लगाउन जंगबहादुरलाई निबेदन गरेपनि उनले चासो नदिदा जंगबहादुरले नै पिताको हत्या गरेको शंका उनीहरूको मनमा थियो । रानीले बिरध्वज बस्नेतलाई हातमा लिई भविष्यमा रणेन्द्र राजा र बिरध्वज प्रधानमन्त्री हुनेविश्वास दिलाएर आफ्नो पक्षमा परेकी थिइन्। उक्त षड्यन्त्रको सम्पूर्ण रहस्य पण्डित विजयराज पाण्डे र दरबारको सुसारे पुतली नानीबाट जंगबहादुरले चाल पाए ।
घटनासम्पादन
योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेक दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो । जंगबहादुरलाई तुरुन्त आउन निम्तो गर्न बिरध्वज बस्नेत स्वयम् गए | जंगबहादुर आबस्यक शक्तिका साथ भण्डारखाल तर्फ आउदै गर्दा बाटामा भेट भयो । बिरध्वजले रानीबाट तुरुन्त भेट मागेको जानकारी गराए | जंगबहादुरको इसारामा तुरुन्तै उनको हत्या गरियो । प्रमुख षड्यन्त्रकारी मध्येका अर्का वजीरसिंह भने जंगबहादुर भण्डारखाल पुग्नुअगाबै भाग्न सफल भए । बद्री सिंह भण्डारी भने समातिए।
रानी लक्ष्मीदेवीद्वारा जंगबहादुरको हत्या गर्न रचिएको भण्डारखाल योजना सफल भएन । जंगबहादुर दलबलसहित भण्डारखालमा पुगेर त्यहाँ रहेका सबैलाई आत्मसमर्पण गर्न आदेश दिए । आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेको हत्या गरियो । त्यस घटनामा २३ जनाको हत्या गरियो , १७ जनाले भागेर ज्यान बचाए |
मारिने | भाग्ने |
सुवेदार वीरध्वज बस्नेत | सरदार रणभद्र बस्नेत |
कप्तान मानसिंह बस्नेत | सरदार समराजित बस्नेत |
सरदार दलमर्दन थापा | कुम्भेदान कनकसिंह खत्री |
सरदार वीरकेसर बस्नेत | कुम्भेदान कालु थापा |
कुम्भेदान पुरंदर थापा | कर्नेल गोठु बस्नेत |
जमदार सिंहवीर थापा | सुब्बा नरसेर षत्री |
द्वारे केशरसिंह | जर्नेल बजिरसिंह थापा |
कुम्भेदान शक्ति हमाल | सुवेदार सम्मान थापा |
सुभेदार बागसिंह महत | सरदार बखतसिंह बस्नेत |
कप्तान उमेदसिंह बस्नेत | काजी रणवीर राना मगर |
हवल्दार नरजीत राना | |
कप्तान कोकले |
त्यसपछिसम्पादन
त्यसपछि जंगबहादुरले राजा राजेन्द्र तथा युबराज सुरेन्द्रको उपस्थितिमा भाइ-भारदारहरु भेला गराई रानीबाट रचिएका सबै षड्यन्त्रपूर्ण कार्यहरूको जानकारी गरे । त्यसैदिन रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देश निष्कासन गरियो। उनी आफ्ना दुई छोरा रणेन्द्र र बीरेन्द्रलाई साथमा लिई २१ लाख रूपैयाँ र गरगहना लिई काशी गइन् ।
वि.सं. १९०३ मङ्सिर ४ गते राजपरिवारहरू बनारसतिर लागे।[१] युवराज सुरेन्द्र एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि थापा खलक र पाँडे खलक आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली क्षत्रिय परिवार बस्न्यात खलकलाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।[२]
सो षड्यन्त्रको पोल खोलि दिने पण्डित विजयराजलाई जंगबहादुरले बडागुरुज्यू नियुक्त गरेर सदियौ देखिको अर्याल बाहुनको हक खोसे । उनी कश्यप गोत्रीय पाण्डे थिए । पोखल्डयाङस्थित दामोदर पाण्डेको घर उनले पाए भन्ने सरदार भीमबहादुर पाण्डेको भनाइ थियो ।[१][३]
अलौ पर्वसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २३८
- ↑ https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false
- ↑ प्नचिन नेपाल:नेपालका मूल पुरोहित