सिंहदरबार
सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौंको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।[१]
सिंहदरबार | |
---|---|
![]() सिंहदरबारको मुख्य प्रवेशमार्ग | |
![]() | |
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | युरोपेली शैली |
सहर | काठमाण्डौ |
राष्ट्र | नेपाल |
ग्राहक | नेपाल सरकार |
प्राविधिक विवरण | |
बनावट | ईँट र गिलेवा |
योजना तथा निर्माण | |
वास्तुकार | कुमार नरसिंह राणा, किशोर नरसिंह राणा |
इतिहाससम्पादन
सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठूलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।
२००७ सालमा राणा शासनको अन्त्य भए पछि सिंहदरवारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरवारमा प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए।
२०३० सालमा यहाँ ठूलो आगलागी भएको थियो। त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो। त्यस आगलागी पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो। हाल सिंहदरबार परिसरमा थुप्रै नयाँ भवनहरू बनेका छन्।
वास्तुकला तथा श्रृङ्गारसम्पादन
यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य श्रृंगारका वस्तुहरू युरोपबाट मगाईएको थियो।
सिंहदरबार विद्रोहसम्पादन
आगलागीसम्पादन
२५ असार २०३० मा सिंहदरबारमा आगलागी भयो र सबै ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवनमा आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। 'विद्युत् सर्ट' भएर आगलागी भएको बताइएको थियो। यस घटना पछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले "आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको" भनेर राजीनामा दिए।
सरकारी कार्यालयहरूसम्पादन
सिंहदरबारमा रहेका महत्वपूर्ण कार्यालयहरू यस प्रकार छन्।
मन्त्रालयहरूसम्पादन
- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
- गृह मन्त्रालय
- जलस्रोत मन्त्रालय
- उद्योग मन्त्रालय
- अर्थ मन्त्रालय
- कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
- जल तथा शक्ति आयोग
- शान्ति तथा पुन:निर्माण मन्त्रालय
- उद्योग मन्त्रालय
- रक्षा मन्त्रालय
- वन तथा भू-संरक्षण मन्त्रालय
- सुचना तथा सञ्चार मन्त्रालय
- परराष्ट्र मन्त्रालय
- वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय
विभागहरूसम्पादन
अन्य सरकारी कार्यालयहरूसम्पादन
सुरक्षा व्यवस्थासम्पादन
यो नेपालको सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालय भएकाले यसको सुक्षामा नेपाली सेनाको एक गण खटाईएको छ।
सम्बन्धित लेखहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
नेपाली टाइम्समा सिंहदरबारको एक चित्रकारको जीवन कथा
- ↑ दीक्षित, कमल (मंसिर २०, २०७१), "मजलिसको आँखा–३", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९।