नारायण खड्का

नेपालका राजनीतिज्ञ

डा. नारायण खड्का भूतपूर्व सहरी विकास मन्त्री हुन् । उदयपुर क्षेत्र नं. १ बाट संविधानसभामा निर्वाचित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। उहाँले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सल्लाहकार तथा सहयोगी र राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेदारी सम्हालिसक्नुभएको छ। भोजपुरमा जन्मेका डा.खड्काले विद्यार्थी राजनीति मार्फत २०२३ सालमा राजनीतिक यात्रा शुरु गर्नुभएको हो। यस क्रममा विराटनगरकाठमाडौंमा उहाँ पटक पटक पक्राउ पर्नुभएको छ।

नारायण खड्का
सहरी विकास मन्त्री
कार्यकाल
२५ फेब्रुअरी, २०१४[१] – ???
प्रधानमन्त्रीसुशील कोइराला
व्यक्तिगत विवरण
जन्म२० मार्च, १९४९
भोजपुर जिल्ला, नेपाल
अभिभावक(हरू)पिता:चित्रबहादुर खड्का, माता: धर्मकुमारी खड्का

पुना, भारतबाट अर्थशास्त्रमा पी-एच्. डी. गर्नुभएका डा. खड्काको विशेष रुचि अध्ययन र समाजसेवामा छ। पत्रपत्रिकामा उहाँका राजनीति र अर्थनीति सँग सम्बद्ध विश्लेषणात्मका लेखहरू प्रकाशित हुँदैआएका छन्। जनता सँगको निकट सम्बन्धले आफूलाई संविधानसभामा विजयी बनाएको बताउने डा. खड्का संविधानसभामा देशको आर्थिक विकास, बेरोजगारी उन्मूलन तथा सङ्घिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मुद्दा प्रमुखतासाथ उठाउने बताउनुहुन्छ। [२]

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली काँग्रेसका उमेरद्वर उदयपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३१,२७० मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार [[मन्जु कुमारी चौधरी]ले २८,८९१ मत प्राप्त गरेका थिए।[३]

सन्दर्भ सम्पादन गर्नुहोस्