बख्तावरसिंह बस्न्यात

नेपाली मूलकाजी

बख्तावर सिँह बस्न्यात नेपालका मूलकाजी हुन् ।[१] उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका दाजु काजी कीर्तिमान् सिँह बस्न्यातको सन १७९९ मा मूलकाजीकै पदमा मृत्यु हुँदा उनी मूलकाजी भएका थिए । उनीपछि मामा दामोदर पाण्डेले मूलकाजी पदभार ग्रहण गरेका थिए ।[१] उनी सन् १८१० मा गढवालमा खटिएका थिए । उनले निश्पक्ष इतिहास लेखक मौलारामलाई पुरस्कृत गरेका थिए । उनको सम्मानमा मौलारामले बख्तावर यश चन्द्रिका लेखेका थिए ।[२]

श्री मूलकाजी जर्नेल
बख्तावर सिँह बस्न्यात
नेपालको मूलकाजी
पूर्वाधिकारीकीर्तिमान् सिँह बस्न्यात
उतराधिकारीदामोदर पाण्डे
व्यक्तिगत विवरण
नाताहजुरबुवा शिवराम सिंह बस्न्यात, काका अभिमान सिंह बस्नेत

स्रोत सम्पादन गर्नुहोस्